India

भारत पुरुष हकीको क्वार्टर फाइनलमा

भारत पुरुष हकीको क्वार्टर फाइनलमा

भारतीय पुरुष हकी टोलीले बिहीवार खेलिएको आफ्नो चौथो ग्रुप म्याचमा अन्तिम क्वार्टरमा छिराएको जोड़ी गोलको सहायताले वर्तमान ओलम्पिक च्याम्पियन अर्जेण्टिनालाई ३- १ ले पराजित गयो। चारवटा म्याचमा भारतको यो तेस्रो जीत हो अनि अहिले टोलीसँग ९ अङ्क रहेको छ । यसरी भारत ग्रुप ए मा अष्ट्रेलिया (१२ अङ्क) पछि दोस्रो स्थानमा रहेको छ। यस जीतको साथै भारतले क्वार्टर फाइनलमा स्थान बनाउने पनि सुनिश्चित भयो । भारतको तर्फबाट आजको म्याचमा वरुण कुमारले ४३औं, विवेक सागर प्रसादले ५८औं र हरमनप्रीत सिंहले ५९औं मिनटमा गोल गरे| अर्जेण्टिनाको निम्ति एकमात्र गोल ४८ औं मिनटमा स्कुथ कासेलाले छिराए । म्याचको शुरुवाती दुईवटा क्वार्टर गोलरहित रहेपछि…
Read More
अफगानिस्तानका विषयमा अमेरिका र भारतबीच छलफल

अफगानिस्तानका विषयमा अमेरिका र भारतबीच छलफल

आफगानिस्तानको खस्कँदो सुरक्षा अवस्थाका बारेमा अमेरिका र भारतबीच छलफल भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। अफगानिस्तानको सुरक्षा अवस्था लगायतका विषयमा अमेरिका र भारतका विदेश मन्त्रीबीच राजधानी दिल्लीमा भेटवार्ता एवं छलफल भएको बताइएको छ । अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । त्यस क्रममा उनीहरुबीच कोरोना भाइरस सङ्क्रमण महामारी, अफगानिस्तानको अवस्था तथा दुई देश (अमेरिका र भारत) बीचको हित लगायतका विषयमा कुराकानी भएको बताइएको छ । ब्लिंकेन र जयशंकरबिचको वार्तामा अफगानिस्तानको सुरक्षा अवस्थालाई लिएर विशेष छलफल भएको सञ्चार माध्यमले जनाएका छन्। उनीहरुबीच चीनका विषयमा समेत छलफल भएको बताइएको छ भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा…
Read More
भारतको भूमिकालाई दह्रिलो बनाउने पक्षमा अमेरिका

भारतको भूमिकालाई दह्रिलो बनाउने पक्षमा अमेरिका

अमेरिका भारत प्रशान्त क्षेत्रमा भारतको भूमिका अझ गहिरो बनाउने पक्षमा छ। बिडेन प्रशासन एक महत्वपूर्ण रणनीतिक साझेदारको रूपमा, अफगानिस्तानलगायत सम्पूर्ण क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने सुनिश्चित गर्न यथासक्य गरिरहेको छ । अमेरिकी विदेश सचिव एन्टोनी ब्लिंकेनको भारत भ्रमण यस सन्दर्भमा धेरै महत्वपूर्ण प्रमाणित हुनेछ । विज्ञहरू भन्छन् अमेरिकालाई थाहा छ कि यस क्षेत्रमा बलियो भारत उसको हितमा छ। भारत अमेरिकाका लागि भरपर्दो साझेदार हो । दुई बीचको व्यापार साझेदारी रेकर्ड स्तरमा बढ्दैछ। रणनीतिक र सैन्य स्तरमा सहयोग नयाँ उचाइमा । अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर काम गर्ने साझा प्रतिबद्धता पनि छ।भारत र अमेरिका दुबै क्वाड विस्तार गर्न चाहन्छन् । यसको साथसाथै चीनको बढ्दो…
Read More
अनुभवी बक्सर विकास पहिलो चरणमै हारे

अनुभवी बक्सर विकास पहिलो चरणमै हारे

भारतका अनुभवी बक्सर विकास कृष्ण (६९ किग्रा) ले शनिवार यहाँ ओलम्पिक खेलहरूमा आफ्नो पहिलो बाउटमै स्थानीय दावेदार सेवोनरेट्स क्विन्सी मेनसाह ओकाजावा विरुद्ध ०५ ले एकतर्फी हारको सामना गर्नु पन्यो यसरी टोक्यो ओलम्पिको बक्सिङ्ग खेलमा नौ सदस्यीय भारतीय टोलीको शुरुवात निराशाजनक रह्यो । बाउटको अवधि २९ वर्षीय विकासको आँखा मुनि कट् लाग्यो । टोली सूत्रबाट थाहालागे अनुसार, काँधमा हल्का चोट भए पनि विकास रिङ्गमा ओर्लिएका थिए । शनिवार चुनौती पेश गर्ने विकास एकमात्र भारतीय बक्सर थिए । जापानका ओकाजावाले पूरा लड़ाइँमा धलिमलि कायम राखे अनि दुईपल्टका ओलम्पियन भारतीय बक्सर विरुद्ध जीत हासिल गर्न उनलाई कुनै असुविधा भएन। घाना मूलका २५ वर्षीय…
Read More
उत्तर-पूर्वी अन्तरिक्ष उपयोग केन्द्रको बैठकमा मुख्यमन्त्री पीएस गोलेको सहभागिता

उत्तर-पूर्वी अन्तरिक्ष उपयोग केन्द्रको बैठकमा मुख्यमन्त्री पीएस गोलेको सहभागिता

मेघालयको राजधानी सिलङ्गमा आज भारत सरकारका गृह तथा सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा बसेको उत्तर पूर्वी अन्तरिक्ष उपयोग केन्द्र (नेसाक) को बैठकमा मुख्यमन्त्री पीएस गोलेले पनि सहभागिता जनाए । नेसाकको मुख्यालयमा आयोजित बैठकमा डोनर, पर्यटन तथा संस्कृति मन्त्री जी किसन रेड्डी साथै पूर्वोत्तर राज्यहरूका मुख्यमन्त्रीहरूको विशेष सहभागिता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले भौगोलिक विशेषताको विशेष उल्लेख गर्दै सिक्किम राज्यको संक्षिप्त पृष्ठभूमि राखे। पूर्वी हिमालयको युवा पर्वतीय क्षेत्रमा अवस्थित सिक्किम राज्य भुकम्पीय क्षेत्र ४ भित्र पर्ने र यहाँ घरि घरि भूस्खलन हुने गरेको उनले बताए । यसरी नै जलवायु परिवर्तनको बारेमा बोल्दै उनले भने, जलवायु परिवर्तनको प्रभाव…
Read More
अनिल अम्बानीको फोन नम्बर पेगासस जासुसीको सूचीमा

अनिल अम्बानीको फोन नम्बर पेगासस जासुसीको सूचीमा

भारतीय उद्योगपति अनिल अम्बानी पनि पेगासस जासुसीको सूचीमा रहेको खुलासा भएको छ । उनीसँगै सिबिआईका पूर्व निर्देशक आलोक बर्मा पनि जासुसको निशानामा रहेको द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको एक रिपोर्टमा उल्लेख छ द वायर नामक समाचार पोर्टलमा प्रकाशित समाचारका आधारमा तयार पारिएको सो रिपोर्टमा सिबिआईका अर्को पूर्व विशेष निर्देशक राकेश अस्थाना र एके बर्माको फोन पनि जासुसी भइरहेको उल्लेख गरिएको छ । उद्योगपछि अनिल अम्बानीका कर्मचारी टोनी जेसुडान र फ्रान्सको कम्पनी दासोएडिएसनका भारत स्थित प्रतिनिधि ब्यांकट रावको नम्बर पनि सो सूचीमा छ । अनिल अम्बानी र उनका कर्मचारीको नम्बर सन् २०१८ मा नै जासुसीमा परेको छ । त्यो बेला भारतमा…
Read More
काँवर यात्रामा सर्वोच्च फेरि कठोर

काँवर यात्रामा सर्वोच्च फेरि कठोर

उत्तर प्रदेशमा कुँवर यात्राको लागि अनुमतिसम्बन्धी सुप्रीम कोर्टमा आज सुनुवाइ भयो । सुनुवाईपछि सुप्रीम कोर्टले यूपी सरकारलाई भन्यो कि या त उनले 'कंवर यात्रा' को प्रतीकात्मक रुपमा आयोजना गर्ने कुरामा पुनर्विचार गर्नुपर्दछ वा हामी आदेश पारित गर्नेछौं । शीर्ष अदालतले यूपी सरकारलाई सोमबार जवाफ दिन निर्देशन दिएको छ । न्यायमूर्ति रोहिंग्टन एफ नरिमनको पीठले भने, महामारीले देशका सबै नागरिकहरूलाई असर गर्ने भएकोले शारीरिक यात्रा गर्न मिल्दैन । हामी सबैको विचारमा यो छ कि यो प्रत्येक नागरिकसँग सम्बन्धित छ र धार्मिक लगायत सबैभावनाहरू नागरिकको जीवनको अधिकारको अधीनमा छन् । सर्वोच्च अदालतले यूपी सरकारलाई सोमबारसम्म आफ्नो विचार प्रस्तुत गर्न समय दिएको छ…
Read More
कर विवादमा यूकेको तेल कम्पनीलाई भारतको सम्पत्ति जफत गर्ने अधिकार

कर विवादमा यूकेको तेल कम्पनीलाई भारतको सम्पत्ति जफत गर्ने अधिकार

यूकेको तेल कम्पनी केअर्न एनर्जीले करसम्बन्धी एक लामो विवादमा फ्रान्समा रहेका भारतीय सरकारको दुई करोड अमेरिकी डलर बराबरको सम्पत्ति जफत गर्ने अधिकार प्राप्त गरेको छ। फ्रान्सको एक न्यायाधिकरणले प्यारिसमा रहेका भारतका २० वटा अचल सम्पति रोक्का गर्ने आदेश दिएको हो। केअर्नले एक अर्ब २० करोड अमेरिकी डलरको विवादमा भारतसँग आपसी सहमतिको समाधान चाहेको बताएको छ। भारतीय सरकार स्रोतले फ्रान्सेली अदालतको आदेश प्राप्त भएपछि त्यसको कानुनी उपचार खोज्ने बताएको छ। त्यतिबेला पुरानो करको विषयलाई लिएर भारतको कर कार्यालयले केअर्नले बेच्न चाहेको भारतस्थित व्यवसायको १० प्रतिशत शेयर कब्जा गरेको थियो। केअर्नले यो विवादलाई अन्तर्राष्ट्रिय न्यायाधिकरणमा लिएर गएको थियो। सन् २०२० डिसेम्बरमा भारत…
Read More
वार्षिक रू. २५ अर्बको निर्यात सम्भव

वार्षिक रू. २५ अर्बको निर्यात सम्भव

भारतले नेपालबाट हुने पाम आयलको पैठारी ६ महीनाका लागि खुला गरेको छ । तर, नेपाली उद्योगहरूले भारत निकासी गर्न कम्तीमा १५ दिनको समय लाग्ने बताएका छन् । पाम निर्यातले व्यापारघाटा कम गर्न सहयोग मिल्ने उनीहरूको भनाइ छ । गतवर्ष स्टकमा रहेकाहरूले तत्काल पठाए पनि स्टक नभएका उद्योगले मलेशिया र इन्डोनेशियाबाट क्रुड पाम आयात गरी प्रशोधन गरेर भारत पठाउने र त्यसका लागि १५ दिन समय लाग्ने कावराले खुलाए । उनका अनुसार पामको निकासी खुला भएपछि यसले उद्योगीहरूमा नयाँ सञ्चार गएको छ भने व्यापारघाटा कम गराउन वार्षिक २५ अर्बको योगदान दिनेछ । नेपालबाट वार्षिक २५ अर्ब रुपैयाँ बराबरको प्रशोधित पाम आयल निकासी…
Read More
एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको छ । भारतमा खाने तेलको मूल्य वृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाललगायत अन्य मुलुकलाई समेत अनुमति दिएको हो । व्यवसायीले बाहिरी मुलुकबाट पाम आयलको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गर्छन् । गत वर्ष नेपालबाट निर्यात हुनेमा पाम आयल सबैभन्दा धेरै थियो…
Read More