उत्तर-पूर्वी अन्तरिक्ष उपयोग केन्द्रको बैठकमा मुख्यमन्त्री पीएस गोलेको सहभागिता

मेघालयको राजधानी सिलङ्गमा आज भारत सरकारका गृह तथा सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा बसेको उत्तर पूर्वी अन्तरिक्ष उपयोग केन्द्र (नेसाक) को बैठकमा मुख्यमन्त्री पीएस गोलेले पनि सहभागिता जनाए । नेसाकको मुख्यालयमा आयोजित बैठकमा डोनर, पर्यटन तथा संस्कृति मन्त्री जी किसन रेड्डी साथै पूर्वोत्तर राज्यहरूका मुख्यमन्त्रीहरूको विशेष सहभागिता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले भौगोलिक विशेषताको विशेष उल्लेख गर्दै सिक्किम राज्यको संक्षिप्त पृष्ठभूमि राखे। पूर्वी हिमालयको युवा पर्वतीय क्षेत्रमा अवस्थित सिक्किम राज्य भुकम्पीय क्षेत्र ४ भित्र पर्ने र यहाँ घरि घरि भूस्खलन हुने गरेको उनले बताए । यसरी नै

जलवायु परिवर्तनको बारेमा बोल्दै उनले भने, जलवायु परिवर्तनको प्रभाव सिक्किम हिमालय क्षेत्रमा प्रष्ट हुँदै गइरहेको छ र यसको प्रभाव देखिन पनि थालेको छ । यसको फलस्वरुप राज्यमा अत्याधिक वर्षा हुनथालेको उनले बताए । यसरी असामान्य वर्षाको कारण विशेष गरेर नदिका किनारमा बसेका गाउँ र मानिसहरूलाई खतरा उत्पन्न भएको उनले थप बताए ।

मुख्यमन्त्री गोलेले सिक्किम हिमालय क्षेत्रमा माटोको क्षति न्यूनीकरण गरेर त्यसबाट हुने दुस्परिणामलाई रोक्न तत्काल आवश्यक योजनाहरू लागु गरिनुपर्ने कुरामा जोर दिए। यस सन्दर्भमा रिमोट सेन्सिङ र जीआइएस अनुप्रयोग महत्वपूर्ण रहने उनले बताए । भारत सरकारको अन्तरिक्ष विभाग अधिनस्थ रहेको नेसाक सिलङ्गले सिक्किमका विभिन्न क्षेत्रलाई प्राद्योगिकी

अनुप्रयोगको निम्ति चिन्हित गरेको पनि मुख्यमन्त्रीले गोलेले आजको बैठकलाई जानकारी गराए । यसको साथै उनले केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाह र डोनर, पर्यटन तथा संस्कृति मन्त्री किशन रेड्डी प्रति कृतज्ञता र निरन्तर उदारताको निम्ति आभार व्यक्त गरे ।

यसरी नै सम्बोधनको क्रममा मुख्यमन्त्री पीएस गोलेले हस्तक्षेपका केही प्रमुख क्षेत्रमाथि प्रकाश पारे जसमा अधिक जल भएको क्षेत्र र कम जल भएको क्षेत्रलाई जोड्नु, सुकेका झिलहरूलाई चिन्हित गरेर पुनरुत्थान गरिनु, भूस्खलन तथा बाड़को रोकथाम गर्नु, रिमोट सेन्सिङ एवं भौगोलिक सूचना प्रणालीको प्रयोग गरेर वन जङ्गल साथै मानव-वन्यजीव सङ्घर्षमाथि निगरानी प्रमुख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *