सायन सेनले ४५ वटा लोपोन्मुख पारम्परिक वाद्य वादनहरू सङ्कलन गरेर सङ्गीतलाई दिए नयाँ आयाम

संगीतको औपचारिक शिक्षा कहिल्यै लिएनन । तर, संगीत उनको जन्मजात प्रतिभा हो। जलपाईगुडी शहरका एक किशोर कलाकार सायन सेन आफ्नो बेजोड़ प्रतिभालाई स्थापित गर्न एक असम्भव खोजीमा छन्। राहुलदेव बर्मनको संगीतमा प्रयोग भएका करिब ४५ वटा लोपोन्मुख वाद्य वादन सङ्कलन गरी यो किशोर कलाकार सांगीतिको नौलो अभ्यासमा लागेका छन्।
उनीसँग बंगालमा लोपोन्मुख अन्य विभिन्न संगीत वाद्य वादनहरू छन्। सायन जलपाईगुडी शहरको सेनपाडा क्षेत्रका बासिन्दा हुन्। अहिले उनले जलपाईगुडी जिल्ला विद्यालयबाट उच्च माध्यमिक परीक्षा दिएका छन्। उनको संग्रहमा धेरै संगीत वाद्य वादनहरू समावेश छन्, जसमा लगभग लोप भइसकेका पुराना जमानाका वाद्ययन्त्रहरू पनि समावेश छन्। उनी नियमितरूपमा यी उपकरणहरूको अभ्यास गर्छन्। आजको डिजिटल युगमा, यी वाद्य वादनहरू कहिँ पनि प्रचलनमा छैनन्। कुनै पनि संगीत निर्देशक वा कलाकारले यस्ता वाद्य वादनहरू प्रयोग गरेको देखिँदैन। सायन भन्छन् कि यी वाद्य वादनहरूलाई सामूहिकरूपमा तबला वाद्य वादन भनिन्छ। उनीसँग मुखशंकु, घटम, खन्जिरा, द्रुप्की, गायरो, गाउने पाइप लगायतका थुप्रै वाद्य वादन छन्। यी वाद्य वादनहरु राजस्थान, कर्नाटक लगायतका विभिन्न राज्यबाट सङ्कलन गरिएको उनले बताए। बाल्यकालदेखि नै वाद्य संगीत प्रतिको लगाव रहेको किशोरले बताए। त्यही लगावकै कारण मोवाइल र टिभी हेरेर खोजी -खोजी यो संकलन गरिरहेका छन्। उनले आफ्नो घरमैं यसको अभ्यास गर्ने गर्छन। पुरानो समयको सांगीतिक परम्परालाई कायम राख्न यी वाद्य वादनहरू सङ्कलन गरेको र बजाउने गरेको उनको धारणा छ ।उनका बुबा शेखर सेन र आमा कनिका सेन सधैं उनको साथमा छन् र उनलाई उत्प्रेरित गरिरहन्छन्।

By Priyanka Bhowmick

Leave a Reply

Your email address will not be published. Required fields are marked *