कोरोनाकालमा बन्द प्राथमिक पाठशालाहरू जीर्ण अवस्थामा

अन्ततिर चीनबाट शुरू भएको विश्वव्यापी महामारी कोरोनाले विश्वकै आर्थिक, शैक्षिक, सामाजिक आदि सबै क्षेत्रलाई नराम्रो गरी प्रभाव पायो । अझ कोरोनाबाट बाँच्नको निम्ति जब लकडाउन गरियो, त्यसले कोरोनाबाट त मानिसहरूलाई केही हदसम्म बचाउन सक्षम बन्यो तर तिनीहरूको आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रलाई भने धेरै क्षति पुऱ्यायो । विश्वका विभिन्न देशहरूसरह भारत देशलाई पनि कोरोनाले त्यस्तै हानि पुऱ्यायो । भारतका विभिन्न राज्यहरूमा पटक-पटक लकडाउन गरियो । सबै शैक्षिक, व्यपारिक, सामाजिक प्रतिष्ठानहरू, सरकारी, गैर सरकारी तथा निजी कार्यालयहरू, गाड़ी – मोटर, रेल अनि हवाई सेवा आदि जम्मै अचल गरियो मानव चेनलाई तोड्नको निम्ति गरिएको लकडाउनले कोरोना संक्रमणबाट त मानिसहरूलाई बचाउन सकियो तर तिनीहरूको बचाइको क्रमलाई भने निकै प्रभाव पायो यसबाट प्रभावित पर्ने क्रममा प्राथमिक पाठशालाहरू पनि परेका छन् ।

जब कोरोनाले भारतमा पाइला टेक्यो तबदेखि देशले यसको रोकथाम गर्ने औ देशवासीलाई यो संक्रमणबाट बचाउन भरमग्दुर प्रयासहरू गरियो । यसै अवधि साल २०२० देखि प्राथमिक पाठशालाहरूदेखि लिएर अन्य सबै शैक्षिक प्रतिष्ठान तथा स्कूल-कलेजहरू बन्द गरियो तर यस अवधि उच्च शिक्षा आर्जन गर्ने स्कूल तथा कलेजस्तरका विद्यार्थीहरूको निम्ति सरकारद्वारा अनलाइन पढ़ाई गर्ने शिक्षक-शिक्षिकाहरूलाई निर्देश दिइए पनि प्राथमिक पाठशालाका विद्यार्थीहरूको निम्ति यो सुविधा उपलब्ध भएन । ती प्राथमिक पाठशालाका विद्यार्थीहरू शिक्षा आर्जन गर्नबाट वञ्चित बने । अहिले प्राथमिक पाठशालाका विद्यार्थीहरू अधिकांश समय खेलेर अथवा घरैमा बसेर दिनहरू बिताइरहेका छन्। निजी अंग्रेजी माध्यमका विद्यार्थीहरूलाई यद्यपि विद्यालयबाट अनलाइन पढ़ाइ गराइँदैछ तर यता सरकारी प्राथमिक पाठशालाका विद्यार्थीहरूको निम्ति भने त्यो सुविधा उपलब्ध नभएकोले तिनीहरूको पढ़ाई भएको छैन्।

यस्तो अवस्थामा आफ्ना नानीहरूको भविष्य देखेर अभिभावकहरू अचेल धेरै चिन्तित बन्न थालेका छन् ।प्राथमिक पाठशाला बन्दले विद्यार्थीहरूको पढ़ाईमा त ब्रेक लाग्यो नै तर विद्यालय भवनहरूको अवस्था पनि धेरै दयनीय बन्दै गइरहेछन् विद्यालयमा विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरूको उपस्थिति नभएपछि विद्यालयलाई स्याहार सुसार गर्ने कसले ? यस्तो स्थितिमा विद्यालय भवनको अवस्था दिन-प्रतिदिन जीर्ण हुँदै गइरहेको छ । विद्यालय वरिपरि झारहरू उम्रिने तथा परिसरहरू मैला – कुचैला देखिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *