भवानीपुरमा ममता ब्यानर्जीको ह्याट्रिक रेकर्ड व्यवधानले उपचुनाउमा विजयी

मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जीले भवानीपुर विधानसभा आसनको उपचुनाउ रेकर्ड मतको व्यवधानले जितिन् । यो आसनबाट •लगातार तीनपल्ट चुनाउ जितेर ममता ब्यानर्जीले जीतको ह्याट्रिक पनि बनाइन् अनि यसका साथै आफ्नो मुख्यमन्त्रीको पद पनि सुरक्षित गरिन्। भवानीपुरलगायत राज्यका जुन तीन विधानसभा आसनमा गत ३० सेप्टेम्बर उपचुनाउ भएको थियो ती तीनैवटा राज्यमा सत्तारुढ दलले जित्यो। तृणमूल कंग्रेसले भवानीपुर विधानसभा आसन ५८.८३२ मतको व्यवधानले अनि जंगीपुर र शमशेरगञ्ज आसन क्रमैले ९२,६१३ र २६,३८४ म तको व्यवधानले जितेको छ। शमशेरगञ्ज र जंगीपुर विधानसभा आसनबाट तृणमूल कंग्रेसका क्रमैले अमिरूल इस्लाम अनि जाकिर हुसेनले चुनाउ जितेका छन् । गत अप्रेल-मईमा सम्पन्न विधानसभा चुनाउको अवधि नन्दीग्राम आसनबाट पराजित भएपछि ममता ब्यानर्जीलाई जुन आघात लागेको थियो त्यो आघात भवानीपुरमा रेकर्ड मतको व्यवधानले जितेर बिर्सिइन् ।

ममता ब्यानर्जीले भवानीपुर विधानसभा आसनमा भारतीय जनता पार्टीकी उम्मेदवार प्रियंका टिबरेवाललाई रेकर्ड ५८.८३२ मतको व्यवधानले पराजित गरिन्। यस जीतको साथै ममता ब्यानर्जीले मुख्यमन्त्रीको कुर्सीमा रहेको खतरालाई पनि समाप्त गरि नन्दीग्राम आसनमा पराजित भएपछि मुख्यमन्त्री पदको शपथ लिएकी मम ता व्यानर्जीको निम्ति ५ नोभेम्बरभन्दा अगाडि विधानसभाको निम्ति निर्वाचित हुनु आवश्यक भएको थियो। ममता व्यानर्जी यसभन्दा अगाड़ि पनि भवानीपुर आसनबाट दुइपल्ट निर्वाचित भएकी थिइन् तर मतको अन्तरको दृष्टिकोणले यसपालि ममता ब्यानर्जीको सबैभन्दा ठूलो जीत हो भवानीपुर आसनमा ममता ब्यानर्जीलाई मोठ ८४,७०९ मत प्राप्त भयो भने भाजपा उम्मेदवार प्रियंका टिबरेवाललाई २६,३२० अनि माकपाका श्रीजीव विश्वासलाई मात्र ४,२०१ मत प्राप्त भयो ।

भवानीपुर आसनबाट रेकर्ड म तको व्यवधानले जितेपछि मीडियासँगको कुराकानीमा ममता ब्यानर्जीले भवानीपुर अनि पश्चिम बंगालका मानिसहरूप्रति आभार व्यक्त गरिन् । यसै अवधि तिनले नन्दीग्रामबाट पराजय भएको कुराको उल्लेख गर्दै त्यहाँ रचिएको कथित षड्यन्त्रको भवानीपुरका मतदाताहरूले उचित उत्तर दिएको बताइन्। ममता ब्यानर्जीले भनिन्, जब बंगालको विधानसभा चुनाउ कार्यक्रम शुरू भयो तब हाम्रो दलविरुद्ध धेरै षड्यन्त्र भएको थियो, केन्द्र सरकारले षड्यन्त्र गरेर हामीलाई हटाउने बन्दोबस्त गरेको थियो तर म जनताको आभारी छु, जसले हामीलाई जिताए। ममता व्यानर्जीले पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूसँग विजय जुलूस|

Leave a Reply

Your email address will not be published. Required fields are marked *