नाटो प्रमुख र बोरिस जोनसनबीच युक्रेन समस्याबारे चर्चा

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नाटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा हालै भेटवार्ता भएको छ। हाल बेल्जियमको भ्रमणमा रहेका बृटिश प्रधानमन्त्री जोनसन र नाटो प्रमुख जेन्सबीचमा बिहीबार ब्रसेल्समा चर्चा भएको बताइएको छ । उनीहरुका भेटका क्रममा खासगरी पछिल्लो समयमा रुस र युक्रेनमा देखिएको समस्याका बारेमा कुराकानी भएको बताइएको छ।

भेटका क्रममा नाटोका प्रमुख जेन्सले भने, भनेरुसका कारण युक्रेनमा उत्पन्न हुन लागेको भनिएको अवस्था युरोपको सुरक्षाका लागि पनि चासोको विषय हो । उनीहरुको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नाटो प्रमुख जेन्सले भने रुसका कारणले हाल देखिएको अवस्था निकै नै खतरनाक रहेको छ । नाटोले अहिले पनि रुस – युक्रेन समस्याको समाधान वार्ताको माध्यमबाट नै खोज्नुपर्छ भनेको बताएका छन्।

उनले नाटोले यो समस्याको राजनीतिक समाधान आवश्यक रहेको बताएको पनि जानकारी सो अवसरमा दिएका थिए । युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा रुसी सेना राखेको छ। रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको अमेरिकासहित पश्चिमा देशहरुको दाबी छ तर रुसले भने यस आरोपको खण्डन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *