भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।

भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ । 

कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । स्वास्थ्य गम्भिर बनेपछि उनलाई आइसीयुमा राखी उपचार गरिएको हो ।  उपचारमा संलग्न चिकित्सकका अनुसार लता मंगेशकरलाई कोरोना संक्रमणको साथसाथै निमोनिया पनि भएको छ । अझै उनलाई १०–१२ दिन निगरानीमा राखी उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।  ९२ वर्षीय लता मंगेशकर गत साता कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *