जलपाईगुडीमा ‘नो पानी, नो भोट’नारा, जनताले सडक अवरुद्ध, चुनाव बहिष्कारको घोषणा

पानी छैन, भोट छैन। पहिले पानी अनि भोट । पानीको माग गर्दै जलपाईगुडीका जनताले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । जलपाईगुडीको वार्ड नम्बर २२ मास्कलबारी होली नगर कालोनीमा विरोधका कारण निकै तनाव देखिएको छ ।सडक जामका कारण डिएसपी प्रहरीको गाडीले पनि रुट परिवर्तन गर्नुपरेको थियो । लामो समयदेखि नगरपालिकाबाट पानी नपाएको स्थानीयको गुनासो छ । जसका कारण उनीहरुले विभिन्न समस्याको सामना गर्नु परेको छ ।