पाक प्रधानमन्त्रीको सपना साकार होला जस्तो छाँट देख्दिन

देशको टाउकोमा थुप्रिएको अत्यधिक ऋण, मुद्रास्फीति र अनियन्त्रित महँगाईका कारण आफूलाई अचेल निद्रा नलाग्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् । एक नयाँ मिडिया रिपोर्टले पनि यो तथ्य पुष्टि गरेको छ । तथापि, महँगाईबारे कोरोना महामारी अधिक जिम्मेवार रहेको पनि इमरानले स्पष्टीकरण दिएका छन् । पाकिस्तानी पत्रिका ‘डन’ का अनुसार, आकाश हुँदै गएको महँगाईले आफूलाई राति निदाउन नदिएको इमरानको स्वीकारोक्ति छ। उनले मुद्रास्फीति विश्वव्यापी समस्या भएको पनि भन्न भ्याएका थिए । सन् २०१८ मा प्रधानमन्त्री हुँदा पाकिस्तानी जनता निकै खुशी थिए। क्रिकेटमा खुबै जमेका र देशको प्रतिनिधित्व गरेका खेलाडी इमरान जब पाकिस्तानको सत्तामा आए तब त्यहाँका जनतामा आशा पलाएको थियो । तर परिस्थिति सोचेजस्तो भएन इमरानले आफ्नो नेतृत्वको पाकिस्तान तहरिक-एइन्सान पार्टी सत्तामा जाँदा देशले ठूलो व्यापारघाटा बेहोरिरहेको बताएका छन् । यसले गर्दा आयात मूल्य बढ्न गएको र परिणामतः महँगाई बढेको उनको भनाइ छ पाकिस्तानले महामारी नियन्त्रणका लागि आठ हजार बिलियन डलर खर्च गरेको छ । तर पनि कोरोना महामारी पूर्ण नियन्त्रणमा आएको छैन ।

सबै नागरिकसम्म भ्याक्सिन पुगेको छैन। पाकिस्तानमा महँगाईको मार सबैभन्दा अधिक आवधिक वेतनमा काम गर्ने वर्ग परेको देखिएको छ पाकिस्तानकोबाह्य ऋणको अंक भयावह छ। ‘टेडिङ इकोनोमिक्स ग्लोबल माइक्रो मोडल्स एन्ड एनालिस्ट’ का अनुसार २०२२ सम्ममा पाकिस्तानको बाह्य ऋण एक लाख १८ हजार पाँच सय मिलियन अमेरिकी डलर पुग्ने अनुमान छ। यो ठूलो ऋण तिर्ने उपाय पाकिस्तानले अहिलेसम्म खोज्न सकेको छैन । गत महिनामात्रै पाकिस्तानले सौदी अरबसँग एक वर्षे ऋण लियो । कतिपय विश्लेषकहरू पाकिस्तान अहिले चिनियाँ ऋणको पासोमा परिसकेको बताउँछन् । केही महिनाअघि उक्त दक्षिण एशियाली देशहरूले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि ऋण लिएको थियो उक्त ऋण निकै विवादमा परेको थियो धनी तथा शुभेच्छुक देश र अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूसँगको ऋणले सबैभन्दा अधिक त्यहाँका नागरिकमाथि भार पर्न गएको छ । अहिले प्रत्येक पाकिस्तानी नागरिकको टाउकोमा ११ सय एक अमेरिकी डलर ऋण रहेको छ । कुनै समय पाकिस्तान दक्षिण एशियाको धनी देशहरूमध्ये एक थियो । कतिपय अर्थशास्त्रीहरू २०१० देखि उक्त देश ओरालो लाग्न थालेको बताउँछन्।

अहिले अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपियाँको मूल्य पनि निकै तल रहेको छ । अधिकारकर्मीहरू पाकिस्तानमा सबैभन्दा कमजोर मानवअधिकार रहेको बताउँछन् । सोही कारण पाकिस्तानी नागरिकको व्यक्तिगत उन्नति हुन नसकेको उनीहरूको धारणा छ । त्यहाँ उत्पादकत्व पनि निकै खस्केको छ । पाकिस्तानमा पछिल्लो समय सडकमा बसेर माग्नेहरूको संख्या पनि उत्तिकै बढेको छ । कलाकार, खेलाडी तथा राजनीतिकर्मी इमरानलाई निद्रा नलाग्नु स्वाभाविक छ । उनले जेजस्तो सपना बोकेर राजनीतिमा प्रवेश गरेका थिए, त्यो साकार हुन सकिरहेको छैन । भन्न सकिँदैन, त्यो सार्क देशले कहिले आफ्नो मुहार फेर्ला र प्रधानमन्त्री इमरानले कुन दिनदेखि मज्जाले निदाउन सक्लान् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *