विशाल कछुवा हेर्न भीड जम्मा भयो

कुचबिहारको ब्लक नम्बर २ को उत्तरी खगराबारी इलाकाबाट एउटा मध्यम उमेरको विशाल कछुवा फेला परेको छ। कछुवा हेर्नका लागि जिल्लाभरका मानिसहरुको भीड लागेको थियो । आज पोखरीमा माछा मार्न गएका केही स्थानीय युवाहरुको नजर कछुवामा परेको थियो ।कुचबिहारको बानेश्वर इलाकाबाट कछुवा तस्करीको गुनासो पटक पटक आएको छ । उक्त स्थानबाट कछुवा बचाउन स्थानीयवासीले वन विभागलाई खबर गरेपछि कछुवालाई वन विभागलाई बुझाइएको थियो । उद्धार गरिएको कछुवालाई बानेश्वरको शिवदिघीमा छाड्ने बताइएको छ ।