West Bengal

प्राकृतिक अर्किडको संरक्षणमा जेएस साङपाङ राई

प्राकृतिक अर्किडको संरक्षणमा जेएस साङपाङ राई

मिरिक महकुमाअन्तर्गत थर्बु नन्दलाल गाउँ निवासी उद्यमी फूल कृषक जेएस साङपाङ राईले प्राकृतिक अर्किडलाई संरक्षण गर्दै आइरहेका छन्। लामो समयदेखि फूल र सागसब्जी खेतीलाई व्यावसायिक रूपमा अँगालेका राईको नर्सरीमा अहिले लगभग एक हजार प्राकृतिक अर्किडहरूले ढकमक्क फुलेका छन्। यी प्राकृतिक अर्किडहरूलाई हालसम्म बिक्री नगरे पनि यदि कोही ग्राहक आए बिक्रीबारे विचार गर्ने राईले बताएका छन्। राईले बताएअनुसार एक समय सबैले प्राकृतिक अर्किड नै रोप्ने गर्थे। तर क्लोन र हाइब्रिड अर्किडको उत्पादन हुन थालेपछि धेरैले प्राकृतिक अर्किड रोप्न छोड़िसकेका छन्। यसकारण आफूले यसको महत्त्व बुझेर आजसम्म प्राकृतिक अर्किडको संरक्षण गरिरहेको तिनी थप बताउँछन्।अहिले धेरै मानिसहरूले प्राकृतिक अर्किड खोज्न थालेका जानकारी गराउँदै…
Read More
दिघी वैशाखी मेलामा भक्तजनको भीड लागेको छ

दिघी वैशाखी मेलामा भक्तजनको भीड लागेको छ

उत्तर दिनाजपुर जिल्लाको बाबुगाछ गाउँमा लाग्ने हुसेन दिघी वैशाखी मेला हेर्न लायक छ। मेलामा ठूलो संख्यामा मानिसहरू आउँदैछन्। यो मेला भारत-बंगलादेश सीमामा रहेको दसपाडा क्षेत्रको बाबुगाच गाउँमा लाग्छ।  यो बाबुगाछ गाउँमा नयाँ वर्षको पहिलो दिन आयोजना गरिन्छ। चिया बगान वरिपरि यो क्षेत्र "काँटेदार तारको बार" ले घेरिएको छ। यो मेला शताब्दीयौंदेखि प्राचीन रीतिरिवाज अनुसार आयोजना हुँदै आएको छ! यो एउटा पोखरी (दिघी) हो, यो पोखरी लगभग चार एकड जमिनमा फैलिएको छ। यो पोखरीको गहिराई अझै पनि स्थानीय मानिसहरूलाई थाहा छैन। प्रत्येक वर्ष वैशाखको पहिलो दिन यस पोखरीको किनारमा मेला लाग्छ। टाढा-टाढाबाट धेरै तीर्थयात्रीहरू आफ्नो मनोकांक्षा पूरा गर्न पोखरी वरपर रहेको…
Read More
विधाननगर ग्राम पञ्चायतको माथाचुल्का क्षेत्रमा मृगको शव फेला परेको छ

विधाननगर ग्राम पञ्चायतको माथाचुल्का क्षेत्रमा मृगको शव फेला परेको छ

डुवर्स क्षेत्रमा एउटा मृगको शव बरामद भएको छ। बुधबार बिहान मेटली ब्लकको विधाननगर ग्राम पञ्चायतको माथाचुल्का क्षेत्रमा स्थानीयहरूले खाली खेतमा मृगको शव देखे। खबर फैलिने बित्तिकै ठूलो संख्यामा मानिसहरू त्यस क्षेत्रमा जम्मा भए। यसपछि वन विभागलाई जानकारी गराइयो। वनकर्मीहरू घटनास्थलमा पुगेर मृगको शव निकालेका छन्। स्थानीय बासिन्दाले आज बिहान मृग उक्त क्षेत्रमा प्रवेश गरेको बताएका छन्। यसपछि, क्षेत्रका धेरै कुकुरहरूले मृगलाई लखेट्न थाले। खबर फैलिने बित्तिकै ठूलो संख्यामा मानिसहरू त्यस क्षेत्रमा जम्मा भए। यसपछि वन विभागलाई जानकारी गराइयो। वनकर्मीहरू घटनास्थलमा पुगेर मृगको शव निकालेका छन्। स्थानीय बासिन्दाले आज बिहान मृग उक्त क्षेत्रमा प्रवेश गरेको बताएका छन्। यसपछि, क्षेत्रका धेरै कुकुरहरूले…
Read More
बालुरघाटमा पिउने पानी मेसिनको उद्घाटन, स्थानीयवासी खुसी

बालुरघाटमा पिउने पानी मेसिनको उद्घाटन, स्थानीयवासी खुसी

दक्षिण दिनाजपुर जिल्लाको बालुरघाट शहरको वार्ड नम्बर १ मा बिहीबार नयाँ पिउने पानी मेसिनको उद्घाटन गरिएको छ। बालुरघाट नगरपालिकाका अध्यक्ष अशोक मित्रले एक सानो समारोहको माध्यमबाट कार्यक्रमको उद्घाटन गरे। मेसिनको औपचारिक उद्घाटन गरिएको छ। कार्यक्रममा अन्य नगर पार्षदहरू र स्थानीय प्रतिष्ठित व्यक्तिहरूको पनि उपस्थिति थियो। करिब ३ लाख रुपैयाँको लागतमा निर्मित यो पिउने पानी मेसिन स्थानीय जनताको लामो समयदेखिको मागको परिणाम हो। यो क्षेत्रमा लामो समयदेखि सफा पिउने पानीको अभाव छ। अभाव कायमै छ। यो मेसिन जडानले यस क्षेत्रका जनतालाई मात्र नभई स्थानीय विद्यालय र बजारमा आउने जनतालाई पनि फाइदा पुग्ने सबैको विश्वास छ। अध्यक्ष अशोक मित्रले भने, "हामीले स्थानीय…
Read More
नयाँ वर्षलाई स्वागत जनाउँदै मिरिक

नयाँ वर्षलाई स्वागत जनाउँदै मिरिक

विक्रम संवत् 2082 को पहिलो दिन नयाँ वर्षको आगमनसितै भारत-नेपाल सीमामा अवस्थित रमणीय पर्यटन केन्द्र मिरिकमा उत्साह र उमङ्ग छाएको छ। नयाँ वर्षको अवसरमा मिरिक पर्यटन केन्द्रमा विशेष गरी नेपाल देशका धेरै पर्यटकहरू घुम्न आएका थिए भने देशी पर्यटकहरूको चहल पहल पनि अधिक थियो। नयाँ वर्षको अवसरमा मिरिक पर्यटन केन्द्रमा भेला भएकाहरूले एकार्कामा शुभकामना आदानप्रदान गर्दै खुशीयाली मनाए। बिहानैदेखि मिरिक बजार र वरिपरिका पर्यटन स्थलहरूमा मानिसहरूको बाक्लो उपस्थिति देखियो भने नेपालका पशुपतिनगर, श्री अन्तु, कन्याम, गुफापातल आदि ठाँउमा पनि मानिसहरूको चहल पहल देखियो।मिरिक पर्यटन केन्द्रमा घुम्न आउनेहरू विशेष गरी मिरिक झीलमा नौका, घोड़ा सवारी गरेर नयाँ वर्षलाई स्वागत गरिरहेका देखियो।…
Read More
कमिश्नरेटले रोबिन थापालाई मुर्शिदाबाद नपठाउने

कमिश्नरेटले रोबिन थापालाई मुर्शिदाबाद नपठाउने

वक्फ संशोधन कानूनको विरोधमा केही दिनदेखि मुर्शिदाबाद जिल्लाको केही क्षेत्र तनाउग्रस्त छन्। स्थिति नियन्त्रणमा ल्याउन केन्द्रीय सुरक्षा बल तैनाथ गरिएको छ। पछिल्ला घटनामा तीनजनाको मृत्यु भएको थियो। मुर्शिदाबादको स्थिति अहिले नियन्त्रणमा रहेको पश्चिम बङ्गाल पुलिसका डीजी राजीव कुमारले जानकारी दिएका छन्। मुर्शिदाबादको स्थिति सम्हाल्न राज्य सरकारले 23 जना दक्ष पुलिस अधिकारीहरूलाई आपतकालीन रूपमा डाकेको थियो। यसै क्रममा सिलगढ़ीको 4 नम्बर वार्डको ज्योतिनगरमा पनि स्थिति तनाउग्रस्त बनेको छ। यस्तो स्थितिमा राज्यको सूचीमा रहेका सिलगढ़ीका एकजना पुलिस अधिकारीलाई मुर्शिदाबाद नपठाउने सिलगढ़ी पुलिस कमिश्नरेटले निर्णय गरेको छ।प्राप्त जानकारीअनुसार मुर्शिदाबादको स्थितिको सम्हाल्न राज्यका विभिन्न जिल्लाबाट 23 दक्ष पुलिस अधिकारीहरूलाई बोलाइएको छ। उक्त सूचीमा उत्तर…
Read More
प्राचार्य पाठशाला आउँदा शोकजको सम्मुखीन प्राथमिकका प्रधान शिक्षक

प्राचार्य पाठशाला आउँदा शोकजको सम्मुखीन प्राथमिकका प्रधान शिक्षक

नेताजी इण्डोर स्टेडियमबाट मुख्यमन्त्री स्वयंले रोजगार गुमाएका शिक्षकहरूलाई स्कूल-स्कूलमा स्वयंसेवकका रूपमा योगदान गर्न आह्वान गरेकी थिइन्। तर अर्कातिर धूपगुड़ीको गादों 2 जुनियर बेसिक स्कूलका प्रधान शिक्षक अब्दुल सत्तार भने विद्यार्थीहरूलाई कक्षा लिनका लागि एकजना कलेज प्रिन्सिपललाई बोलाएको आरोपमा शो–कजको सम्मुखीन बनेका छन्। स्कूल शिक्षा विभाग र जिल्ला प्राथमिक विद्यालय संसदको ध्यानाकर्षण भएपछि उक्त प्राइमरी स्कूलका प्रधान शिक्षकलाई लिखित उत्तर दिन बताइएको छ। प्रधान शिक्षक सत्तारले भने, "उच्च अधिकारीहरूले मलाई जे-जे सोधेका छन् सबै कुराको विस्तृत रूपमा लिखित उत्तर दिएको छु। म यसबारे सार्वजनिक रूपमा केही भन्न चाहन्नँ।"यो घटना गत 4 अप्रेलदेखि आरम्भ भएको हो। धूपगुड़ी गर्ल्स कलेजका प्राचार्य डा. विजय…
Read More
बालुरघाटमा फाइलेरियासिस रोकथामको लागि जागरूकता शिविर आयोजना गरियो

बालुरघाटमा फाइलेरियासिस रोकथामको लागि जागरूकता शिविर आयोजना गरियो

दक्षिण दिनाजपुर जिल्ला स्वास्थ्य विभाग र जिल्ला कानूनी सेवा प्राधिकरणको संयुक्त पहलमा फाइलेरियासिस रोकथामको लागि बालुरघाटमा एक जागरूकता शिविर आयोजना गरियो। शुक्रबारजिल्ला कानूनी सेवा प्राधिकरणको भवनमा आयोजना गरिएको शिविरको उद्देश्य सर्वसाधारणलाई फाइलेरियासिसको बारेमा सचेत गराउनु थियो। कार्यक्रममा जिल्ला कानूनी सेवा प्राधिकरणका सचिव केया बाला, अधिकृत निखलेश कर्माकर लगायतको उपस्थिति थियो। यस शिविरमा फाइलेरियासिसको उपचार गरिएको थियो।साथै नि:शुल्क औषधि पनि वितरण गरिएको थियो। सर्वसाधारणमा स्वास्थ्य जागरूकता जगाउन यो पहल गरिएको अधिकारीहरूले बताएका छन्। स्थानीय मानिसहरूलाई रोगको प्रारम्भिक लक्षण र रोकथामका उपायहरूको बारेमा जानकारी दिएर औषधि सेवन गर्न प्रोत्साहित गरिएको छ।
Read More
वर्षापछि राङभाङ सड़कको बेहाल आवस्था

वर्षापछि राङभाङ सड़कको बेहाल आवस्था

बिहीवार दिनभरि परेको वर्षाले मिरिक थर्बु चियाबारी कारखानामुनि चेक पोष्टबाट राङभाङ विष्णुधाम पर्यटन केन्द्रसम्म जाने सड़कको अवस्था बेहाल बनेको छ। यो सड़क प्रधानमन्त्री ग्राम सड़क योजनामार्फत निर्माण गरिएको हो। मरम्मतीको अभावमा यो सड़क जीर्ण रहेको थियो भने वर्षापछि जताततै पानी जमेर हिलाम्मे बनेको सड़कमा गाड़ी कुदाउन सकिने स्थिति छैन। यस्तो स्थितिमा चालकहरूलाई समस्या भइरहेको छ। सड़कमा जतासुकै ढुङ्गाको सोलिङ उप्किएको अनि खाल्डाहरू भएको कारण पानी परेपछि सड़क बेहाल बनेको हो। अहिले यातायातमा समस्या देखा परेको छ भने कुनै पनि समय वाहन दुर्घटनाको सम्भावना बढ़ेको छ। उक्त सडक भएर राङभाङ विष्णुधाम पर्यटन केन्द्र हुँदै नागरी, धजे,पोख्रेबुङ आदि ठाउँ जाने वाहनहरूलाई धेरै…
Read More
अस्पताल भवनसितै सुरक्षा देवाललाई प्राथमिकता दिनुपर्ने माग

अस्पताल भवनसितै सुरक्षा देवाललाई प्राथमिकता दिनुपर्ने माग

मिरिकमा निर्माणाधीन महकुमा अस्पताल भवनको निर्माण कार्य युद्ध स्तरमा चलिरहेको छ। सम्बन्धित निकायले दिएको जानकारीअनुसार हालसम्म भवनको लगभग 30 प्रतिशत कार्य सम्पन्न भइसकेको छ। छत ढलाईको कार्य पनि सकिएको छ।मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रले महकुमा अस्पतालको दर्जा पाएपछि यस क्षेत्रका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यमा भवन निर्माण कार्य आरम्भ गरिएको हो। अस्पताल सञ्चालनमा आएपछि मिरिकवासीलाई सामान्य रोगको उपचारका लागि पनि टाढ़ा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। यता भवन निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि केही गम्भीर समस्याहरू भने देखा परेका छन्। अस्पताल निर्माणका लागि गरिएको खनन कार्यमा सुरक्षा पर्खाल निर्माण नगरिए भविष्यमा ठूलो पैह्रोको जोखिम बढ्ने सम्भावना…
Read More