West Bengal

माध्यमिक परीक्षामा राज्यमै प्रथम अभिरूप

माध्यमिक परीक्षामा राज्यमै प्रथम अभिरूप

माध्यमिक परीक्षामा उत्तर दिनाजपुरका अभिरूप भद्रले राज्यमा पहिलो स्थान प्राप्त गरेका छन्। अभिरूप रायगञ्ज शारदा विद्यामन्दिरका विद्यार्थी हुन्। माध्यमिक परीक्षामा तिनले 698 अङ्क प्राप्त गरेका छन्। शुक्रवार परिणाम सार्वजनिक भएसितै अभिरूपको परिवारमा खुशीको लहर छाएको छ। छिमेकीदेखि आफन्तसम्म सबैजना तिनलाई भेट्न घरमा पुगेका छन्। शिक्षा विभागसहित जिल्ला प्रशासन र पुलिसले तिनलाई बधाई सन्देश दिएको छ। रायगञ्जका विजयी भाजपा उम्मेद्वार कौशिक चौधुरीले पनि तिनलाई शुभकामना दिएका छन्। यसका साथै विभिन्न व्यापारी सङ्गठनबाट पनि बधाई सन्देश आएको छ।तिनी पाँचौँ कक्षामा पढ्दा सन् 2020 मा तिनका पिताको निधन भएको थियो। त्यसपछि आमाको सहयोगमै तिनको पढ़ाई र लालन-पोषण भएको हो। नियमित र अनुशासित रूपमा…
Read More
जीएनएलएफको विरोधपछि रोहिणी टोल प्लाजा बन्द

जीएनएलएफको विरोधपछि रोहिणी टोल प्लाजा बन्द

राज्यको बदलिँदो राजनीतिक परिस्थितिमा जीएनएलएफ कार्यकर्ताहरूको विरोध गरेपछि बिहीवार रोहिणी टोल प्लाजा बन्द गरिएको छ। बिहीवार बिहान जीएनएलएफका नेता तथा समर्थकहरू टोल प्लाजामा भेला भई टोल वसुलीको विरोधमा नाराबाजी गरे। छोटो समयको विरोधपछि टोल प्लाजाका कर्मचारीहरू स्थान छोड़ेर गएका बताइएको छ जसका कारण टोल सञ्चालन स्थगित भएको हो।रोहिणी हुँदै खरसाङ र दार्जीलिङतर्फ जाने वाहनहरूले अब टोल शुल्क तिर्नु नपर्ने जीएनएलएफ कार्यकर्ताहरूले दाबी गरेका छन्। पर्यटक वाहन, ट्रक, साना कार र मोटरसाइकलहरू अहिले टोल शुल्क नतिरी आवागमन गरिरहेका छन्।उल्लेखनीय छ, रोहिणी टोल प्लाजा जीटीएद्वारा आरम्भ गरिएको थियो। यो मार्ग हुँदै पहाड़ प्रवेश गर्ने वाहनहरूबाट लामो समयदेखि टोल कर वसुल गरिँदै आएको…
Read More
दिनहाटामा तृणमूल समर्थकको कुटेर हत्याको आरोप

दिनहाटामा तृणमूल समर्थकको कुटेर हत्याको आरोप

चुनाउपछिको हिंसामा दिनहाटाको सिताई क्षेत्रमा एक व्यक्तिको मृत्यु भएको छ। यस घटनाले गाउँभरि त्रास फैलिएको छ। मृतक प्रौढ़ तृणमूल समर्थकको रूपमा चिनिन्थे। मृतकको नाम मुन्नाफ मियाँ (55) हो। तिनी सिताई विधानसभाको 537 सिङ्गीमारीका वासिन्दा थिए। उता तूफानगञ्जमा एक भाजपा नेता आक्रमणमा परेका छन्। कोचबिहारका पुलिस सुपर यशप्रीत सिंहले भने, विभिन्न घटनामा अहिलेसम्म 200 जनालाई पक्राउ गरिएको छ। जसले कानून–व्यवस्था भङ्ग गर्नेछ तिनीहरूविरुद्ध कठोर कारवाही गरिनेछ। मङ्गलवार साँझ 537 सिङ्गीमारी क्षेत्रमा एक समूह सशस्त्र दुष्कृतिहरूले आक्रमण गरे। घरहरूमा तोड़फोड़ गर्नुका साथै केही घरमा आगजनी समेत गरियो। त्यसपछि क्षेत्रका मानिसहरू विरोध गर्न अघि आए। तीमध्ये मुन्नाफ पनि थिए। दुष्कृतिहरूले तिनको टाउकोमा धारिलो…
Read More
सिलगढ़ीको नम्बर प्लेट प्रयोग गरेरै चन्द्रनाथको हत्या?

सिलगढ़ीको नम्बर प्लेट प्रयोग गरेरै चन्द्रनाथको हत्या?

शुभेन्दु अधिकारीका निकट सहयोगी चन्द्रनाथ रथको हत्यामा प्रयोग गरिएको गाड़ीको नम्बर प्लेट र च्यासिस नम्बरबारे प्रश्न उठेको छ। प्रारम्भिक रूपमा थाहा भएअनुसार, गाड़ीमा प्रयोग गरिएको नम्बर प्लेट नक्कली थियो। अब त्यसै नम्बरको वास्तविक गाड़ी सिलगढ़ीमा फेला परेको छ। गाड़ीका मालिक पनि पहिचान भएका छन्। विलियम जोसेफ नामक उक्त व्यक्तिलाई पुलिसले सोधपुछ गरिसकेको छ। बुधवार राति मध्यमग्रामको दोहारिया क्षेत्रमा अघिल्तिरबाट गोली हानी चन्द्रनाथ रथ (42) को हत्या गरिएको हो। चन्द्रनाथ रथका गाड़ी चालक बुद्धदेव बेरा अस्पतालमा भर्ना छन्। अस्पताल सूत्रअनुसार तिनको अवस्था पनि अहिले राम्रो छैन।बुधवार राति दोहारियामा चन्द्रनाथ रथको फ्ल्याटतर्फ जाने गल्लीको मुखमै तिनलाई गोली हानिएको थियो। एउटा सानो गाड़ीले…
Read More
चन्द्रनाथको मृत्युले शोकमा शङ्कर

चन्द्रनाथको मृत्युले शोकमा शङ्कर

गृहमन्त्री अमित शाहको भ्रमण र शनिवार ब्रिगेड ग्राउण्डमा नरेन्द्र मोदीको उपस्थितिमा हुने शपथग्रहणको विषयमा फोनमा छलफल भइरहेको थियो। फोनको एकतर्फ भाजपाका विजयी उम्मेद्वार शङ्कर घोष तर अर्कातर्फ नन्दीग्राम र भवानीपुरका विजयी उम्मेद्वार शुभेन्दु अधिकारीका निकट सहयोगी चन्द्रनाथ रथ थिए। यसबीच अचानक कराएको आवाज र अस्पष्ट ध्वनि सुनियो। त्यो गोलीको आवाज हो भन्ने विषय शङ्करले त्यस समयमा सायद बुझ्न सकेनन्। त्यसपछि केही क्षणको निस्तब्धता।बुधवार राति लगभग 10 बजी उल्टाडाङ्गाबाट फर्कने क्रममा तिनी फोनमा शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथसित कुराकानी गरिरहेका थिए। कुराकानी गर्दागर्दै अचानक उता चन्द्रनाथको स्वर परिवर्तन भयो र गोलीको आवाज सुनियो। शङ्कर घोषले पटक–पटक चिच्याएर बोलाए पनि उताबाट कुनै…
Read More
मृतदेहको दुर्गन्धले बिरामीहरू हैरान

मृतदेहको दुर्गन्धले बिरामीहरू हैरान

मैनागुड़ी ग्रामीण अस्पतालमा दुर्गन्धयुक्त मृतदेह अव्यवस्थित तरिकाले राखिएको छ। यस घटनाले उपचारका लागि अस्पताल आएका बिरामीका आफन्तहरूमा आक्रोश उत्पन्न भएको छ। आरोप अनुसार, मैनागुड़ी ग्रामीण अस्पतालको आउटडोर कक्षमै एउटा दुर्गन्धयुक्त मृतदेह राखिएको छ। आउटडोरको टिकट काट्न आउँदा बिहानैदेखि यस्तो दुर्गन्धले उपचारका लागि आएका बिरामीहरू तथा तिनका आफन्तहरू अस्वस्थ भइरहेका छन्। धेरैले वान्ता समेत गरिरहेका छन्। वृद्धदेखि लिएर बालक-बालिकासम्म गम्भीर समस्यामा परिरहेका छन्। अस्पताल आएका बिरामीहरूले तत्काल उक्त शव हटाउन माग गरिरहेका छन्।आज उपचारका लागि अस्पताल आएका बिरामीहरू तथा तिनका आफन्तहरूले भने, डाक्टर देखाउनका लागि बिहानदेखि हामी टिकट काट्न लाइनमा उभिएका छौँ। तर त्यसअघि नै हामी अझ अस्वस्थ भइरहेका छौँ। यो…
Read More
स्कुलको वर्दी तस्करीको आरोपः  भाजपाका कार्यकर्ताहरूले टोटो रोके

स्कुलको वर्दी तस्करीको आरोपः  भाजपाका कार्यकर्ताहरूले टोटो रोके

पश्चिम बर्धमान जिल्लाको कङ्सा ब्लकमा बिहीबार बिहान भाजपाका कार्यकर्ताहरूले सरकारी प्राथमिक विद्यालयका वर्दीले भरिएको टोटो समातेर गर्दा तनाव व्याप्त भएको छ।  टीएमसी कार्यकर्ताहरूले यी सरकारी लुगाहरू तस्करी गर्न खोजिरहेका थिए भनी भाजपाले आरोप लगाएको छ। घटनाको विवरणअनुसार कङ्कसा बिडीओ कार्यालय नजिकै रहेको 'वरुण ड्रामा एथलेटिक क्लब' बाट प्राथमिक विद्यालयको वर्दी बोरेमा निकालिँदै थियो र टोटोमा लोड गरिँदै थियो।  त्यहाँ उपस्थित भाजपाका कार्यकर्ताहरूले यो देखेर टोटोलाई रोके।  टोटो बोकेका मानिसहरूलाई गन्तव्यको बारेमा सोध्दा उनीहरूले कुनै सन्तोषजनक जवाफ दिन सकेनन्। भाजपामाथि भ्रष्टाचारको आरोप लगाउँदै भाजपाका कार्यकर्ताहरूले घटनास्थलमा विरोध प्रदर्शन गरे र फोनमार्फत कङ्कसाका बिडीओलाई घटनाबारे जानकारी दिए।  बिजेपीको तर्क छ, बीडीओ कार्यालय…
Read More
9 मई भाजपा सरकारको शपथ ग्रहण

9 मई भाजपा सरकारको शपथ ग्रहण

9 मई अर्थात शनिवार ब्रिगेड परेड ग्राउण्डमा नयाँ भाजपा सरकारको शपथ ग्रहण समारोह सम्पन्न हुनेछ। बिहान 10 बजी राज्यका नयाँ मुख्यमन्त्रीले शपथ लिनेछन्। मन्त्री परिषदका सदस्यहरूले पनि त्यो दिन शपथ लिनेछन्। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह सहभागी हुनेछन्। साथै भाजपका सर्वभारतीय अध्यक्ष नीतिन नवीनसहित अन्य शीर्ष नेतृत्व पनि उपस्थित रहनेछन्।भाजपका राज्य अध्यक्ष शमीक भट्टाचार्य ले बुधवार भने, 9 तारिख बिहान 10 बजी ब्रिगेड परेड ग्राउण्डमा शपथ ग्रहण कार्यक्रम हुनेछ। यो एक अभिनव पहल हो। जनताबीच उभिएर राज्यको नयाँ सरकारले शपथ लिनेछ।चुनाउ प्रचारका क्रममा बारम्बार नरेन्द्र मोदी र अमित शाहले जनताको सरकार गठन गर्ने बताएका थिए। अब त्यही…
Read More
मतुवाहरूद्वारा हरिचाँद ठाकुरको नाममा कलेजको माग

मतुवाहरूद्वारा हरिचाँद ठाकुरको नाममा कलेजको माग

हरिचाँद गुरुचाँद ठाकुरको नाममा उत्तर बङ्गालमा कलेज स्थापना गर्न मतुवाहरूले माग उठाएका छन्। साथै गोँसाई भत्ता आरम्भ गर्न पनि तिनीहरूले माग गरेका छन्। मङ्गलवार जलपाइगढ़ीमा भाजपा राज्य महासचिव बापी गोस्वामीको घरमा पुगेर मतुवाहरूले तिनलाई सम्मान गरे। त्यहाँ अखिल भारतीय मतुवा महासङ्घका सचिव नन्दलाल विश्वास उपस्थित थिए। तिनले भने, राज्यमा भाजपा सरकार आएकोमा हामी खुशी छौँ। नयाँ सरकारले मतुवाहरूका मागहरू पूरा गर्न पहल गर्ने हाम्रो आशा छ। मतुवा समुदायका तर्फबाट विजयी भएका भाजपा उम्मेद्वारहरूलाई मन्त्री परिषदमा समावेश गर्नुपर्ने सन्देश पनि बापी गोस्वामीमार्फत भाजपा शीर्ष नेतृत्वलाई पठाइएको छ। साथै हाम्रो माग छ कि उत्तर बङ्गालमा हरिचाँद गुरुचाँद ठाकुरको नाममा कलेज वा विश्वविद्यालय…
Read More
डा. ग्राहम्स होममा बङ्गला नाटक मञ्चनको तयारी

डा. ग्राहम्स होममा बङ्गला नाटक मञ्चनको तयारी

125 वर्षको गौरवपूर्ण यात्रा। कालेबुङस्थित डा. ग्राहम्स होम्स विद्यालयको ख्याति अत्यन्तै राम्रो छ। यहाँका विद्यार्थीहरू अध्ययनसितै नियमित रूपमा नृत्य–सङ्गीत, नाटक लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने गर्छन्। विद्यालयमा नाट्य अभ्यासको इतिहास निकै पुरानो छ। तर अहिलेसम्म यस शैक्षिक संस्थामा अङ्ग्रेजीका साथै हिन्दी र नेपालीमा नाटक मञ्चन भए पनि बङ्गाली भाषामा कहिल्यै मञ्चन गरिएको थिएन। यसपल्ट त्यो अभाव पूरा हुँदैछ। रवीन्द्र जयन्तीको पूर्वसन्ध्यामा 8 मई दिउँसो, नाट्य कलाकार रत्ना घोषालको निर्देशनमा विद्यालयको अडिटोरियममा बङ्गाली भाषामा तीनवटा नाटक मञ्चन गरिनेछ। नाटकका रूपमा कविगुरुको लेखन रोगेर चिकित्सा, रोगीर बन्धु र अभ्यर्थना चयन गरिएको छ। हाल तीव्र रूपमा रिहर्सल चलिरहेको छ। विद्यार्थीहरूसितै शिक्षक–शिक्षिकाहरू पनि…
Read More