West Bengal

विश्व साइकल दिवसमा, साइकल प्रेमीहरू कोलकाताको सडकमा निस्किए, प्रदूषण कम गर्न साइकल अपनाउन अपील गरे

विश्व साइकल दिवसमा, साइकल प्रेमीहरू कोलकाताको सडकमा निस्किए, प्रदूषण कम गर्न साइकल अपनाउन अपील गरे

विश्व साइकल दिवसमा आज कोलकाताका विभिन्न स्थानहरूमा मैदानमा साइकल प्रेमीहरूको भीड देखियो। आज बिहान साइकल प्रेमीहरूले नयाँ पुस्तालाई अपील गरे। सन्देश दिन, उनले मैदान वरिपरि साइकल यात्रा गरे। उनले भिक्टोरिया नर्थ गेटबाट मैदानका विभिन्न भागहरूको भ्रमण गरे। साइकल प्रेमीहरूको समूहमा दुई सगरमाथा विजेता पर्वतारोही देबाशिष विश्वास र मलय मुखर्जी पनि थिए। यो कुरा ध्यान दिन लायक छ कि उच्च गतिको वर्तमान युगमा, आज यी व्यक्तिहरूले मानिसहरूलाई साइकल चलाउन प्रेरित गरे, यो द्रुत गतिको युगमा साइकल चलाउँदा तनाव कम हुन्छ भन्ने सन्देश दिएर। यसका साथै, साइकल प्रेमीहरूलाई कोलकातालाई प्रदूषणमुक्त राख्न साइकल चलाउन अपील गरिएको थियो।
Read More
बुढ़ी तोर्षा नदीबाट बालुवा-ढुङ्गाको तस्करी

बुढ़ी तोर्षा नदीबाट बालुवा-ढुङ्गाको तस्करी

एक समय थियो जब चराको चिरबिर र वन्यजन्तुको आवाजले कुञ्जनगरका वासिन्दाहरूको निद्रा खुल्थ्यो। तर अहिले गाउँलेहरू ट्र्याक्टरको गर्जनले ब्युझिन्छन्। बिहान उठ्न साथ हेर्दा सड़कभरि बालुवा र ढुङ्गा छरिएको हुन्छ। अहिले कुञ्जनगरको बुढ़ी तोर्षा नदी खनेर बग्रेल्तै बालुवा–ढुङ्गा तस्करी भइरहेको छ। यद्यपि फालाकाटामा कुनै पनि नदीबाट बालुवा वा ढुङ्गा उठाउने रोयल्टी नरहेको भू–विभागले जानकारी दिएको छ। त्यसो भए बुढ़ी तोर्षामा के भइरहेको छ? प्रशासनका अधिकारीहरूसित यसको कुनै जवाब छैन। बुढ़ी तोर्षा नदीबाट बालुवा–ढुङ्गा निकाल्दा पर्यावरणीय सन्तुलनमाथि गम्भीर प्रभाव परेको धारणा पर्यावरणविद्हरूको छ। यहाँसम्म कि वन विभागका धेरै अधिकारीहरूले पनि यसलाई स्वीकार गरेका छन्। अहिले नै ठूलो परिमाणमा बालुवा–ढुङ्गा उठाउँदा नदी कटान…
Read More
खेतीपातीमा रम्दै चित्रे बस्ती

खेतीपातीमा रम्दै चित्रे बस्ती

भारत नेपाल सीमामा रहेको सिमाना बजारदेखि लगभग एक किलोमिटर दूरीमा रहेको नेपालको चित्रे बस्ती खेतीका लागि प्रसिद्ध छ। यहाँका लगभग पैँतालीस परिवार खेतीपाती, पशुपालनमा निर्भर छन् भने यहाँका मुख्य आय स्रोत नै खेतीपाती र पशुपालन हो। भौगोलिक दृष्टिकोणले कृषिका लागि उपयुक्त मानिने चित्रे बस्तीमा सबैभन्दा धेरै मूला, कोपी, धनिया, गाजर, सिमरायो, ,रायो साग, मटर, आलु जस्ता साग-सब्जी उत्पादन गरिन्छ। यहाँ उत्पादित अधिकांश साग-सब्जी भारतीय बजारमा नै बिक्री गरिने स्थानीय कृषक किशोर खड़काले बताए। तिनले भने, चित्रे बस्ती भारत नेपाल सीमामा रहेको एउटा कृषि योग्य भूमि हो। यहाँका मानिसहरूको मूख्य आयको स्रोत नै खेतीपाती हो। गाईको मलमा रोपिने यहाँको साग सब्जीको…
Read More
डम्पर मालिकहरूद्वारा क्षमा याचना

डम्पर मालिकहरूद्वारा क्षमा याचना

शनिवार राति मालबजारमा सर्वसाधारणदेखि पत्रकारमाथि भएको आक्रमणको घटनापछि दबाउमा परेर डम्पर मालिकहरूले माफी मागेका छन्। सोमवार मटेलीस्थित एक रेस्टुरेण्टमा पत्रकार सम्मेलन गर्दै उक्त घटनाका लागि डम्पर मालिकहरूले क्षमायाचना गरेका छन्। भविष्यमा पत्रकारहरूमाथि यस्तो दुर्व्यवहार नहुने तिनीहरूले आश्वासन पनि दिएका छन्। उत्तरबङ्ग संवादका पत्रकार अभिषेक घोष अनि अर्का पत्रकार अनिल छेत्रीको नाममा गरिएको प्राथमिकी फिर्ता लिन पुलिससित तिनीहरूले छलफल गरेका छन्। शनिवार रातिको घटनामा डम्पर मालिकहरूको तर्फबाट दर्ता गरिएको प्राथमिकीको आधारमा जसलाई पक्राउ गरिएको छ तिनीहरूको मामिला पनि आपसी समझदारीबाट मिलाउने सङ्केत दिइएको छ। शनिवार रातिको आक्रमणको घटनामा दर्ता प्राथमिकीको आधारमा डम्पर मालिक मोहम्मद रसुल सरकारलाई पक्राउ गरिए पनि आइतवार जलपाइगढ़ी…
Read More
103 अमृत भारत स्टेशनमध्ये उत्तर बङ्गालको एउटै परेन

103 अमृत भारत स्टेशनमध्ये उत्तर बङ्गालको एउटै परेन

बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न स्थानका 103 वटा अमृत भारत रेल परियोजनाअन्तर्गत स्टेशनहरूको उद्घाटन गरे। तीमध्ये दक्षिण बङ्गालका तीनवटा र आसामको एउटा स्टेशन परे पनि उत्तर बङ्गालको कुनै पनि स्टेशन परेका छैन। उद्घाटन भएका ती स्टेशनहरूसितै लगभग एकै समयमा अलिपुरद्वार डिभिजनका 15 स्टेशनमा पनि कार्य आरम्भ भएको थियो। प्राप्त जानकारीअनुसार, उत्तरबङ्गका ती स्टेशनहरूमा कार्यको गति निकै सुस्त छ। विभिन्न कारणले यी स्टेशनहरूको आधुनिकीकरणको कार्य सुस्त गतिमा भइरहेको आरोप छ।त्यसैले बिहीवार उद्घाटन गरिएका सूचीमा उत्तर बङ्गालको कुनै पनि स्टेशन परेन। अर्को हप्ता प्रधानमन्त्री नरेन्द्र मोदी अलिपुरद्वार आउने छन्। तर यति धेरै स्टेशनहरूको उद्घाटन गरिँदा अलिपुरद्वार डिभिजनको एउटै स्टेशन नपर्दा विवाद…
Read More
हात्तीको आक्रमणमा दुई युवकको मृत्यु

हात्तीको आक्रमणमा दुई युवकको मृत्यु

राजगञ्ज ब्लकको मानतादरी ग्राम पञ्चायतअन्तर्गत टाकीमारी गाउँको धाड़िया नदी किनारमा हात्तीको आक्रमणमा दुई युवकको मृत्यु भएको छ। बिहीवार बिहान स्थानीय कार्यक्रमबाट घर फर्किरहेका छजना व्यक्तिहरूको जङ्गली हात्तीसित जम्काभेट हुँदा यस्तो घटना भएको हो। घटनामा चारजना भाग्न सफल भए पनि दुई युवक तुषार दास र नारायण दास त्यति भाग्यमानी थिएनन्। हात्तीको आक्रमणमा यी दुईको घटनास्थलमै मृत्यु भयो। यस घटनाले जनआक्रोश बढ़ाएको छ। स्थानीयहरूले वन विभागले समयमै सावधानी अपनाउन नसकेको आरोप लगाएका छन्। उतिहरूले केही दिनअघि मात्र त्यही क्षेत्रमा हात्तीको आक्रमणमा राजेश उराँव नामक एक व्यक्तिको पनि ज्यान गएको बताए।जानकारी पाएपछि भोरेर आलो पुलिस चौकी र गजलडोबा चौकीका पुलिस घटनास्थल पुग्यो। त्यसपछि…
Read More
१४ किलो अवैध पटाकासहित दुई जना पक्राउ

१४ किलो अवैध पटाकासहित दुई जना पक्राउ

नादियाको गंगनापुर प्रहरी चौकीको प्रहरीले अवैध पटाका विरुद्ध निरन्तर अभियान चलाइरहको छ। नादियाको गंगनापुर प्रहरी चौकीको प्रहरीले हिजो राति विशेष छापा मारेर लगभग १४ किलोग्राम पटाका बरामद गरेको छ।  अवैध पटाका सहित दुई जना पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुई जनाको नाम ज्योत्स्ना शील र क्षितिश दास हो। पक्राउ परेकाहरू गंगानापुर प्रहरी चौकी क्षेत्र अन्तर्गत विवेकानन्द पल्ली क्षेत्रका बासिन्दा हुन्। पक्राउ परेका ज्योत्स्ना शीलबाट करिब ९ किलोग्राम बरामद र क्षितिज दासबाट लगभग ५ किलो अवैध पटाका बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई आज नादियाको गंगनापुर प्रहरी चौकीको प्रहरीले अदालतमा पेश गरेको छ। प्रहरीले अवैध पटाका विरुद्धको अभियान जारी…
Read More
हटेन पानीघट्टाबाट मैलाको थुप्रो

हटेन पानीघट्टाबाट मैलाको थुप्रो

कहिले सफा हुने पानीघट्टा बजारनजिक मैलाको थुप्रो। पानीघट्टा बजार गोलाई छेउमा रहेको सार्वजनिक शौचालयको मुनि वर्षौदेखि मैला थुप्रिएको छ। यस स्थानमा धेरै मैला थुप्रिएकाले घाम लागेको समय दुर्गन्ध फैलिने गर्दछ। विशेष गरेर मैलाको थुप्रो छेउबाट नै पानीघट्टा फरेष्ट र जेएफएमसीले निर्माण गरेको बालासन खोला छेउमा रहेको पिकनिक स्पट जाने बाटो छ। उक्त बाटो भएर धेरै मानिसहरू टाढ़ा टाढ़ाबाट पिकनिक स्पट जाने गर्दछन्। यद्यपि कसैले पनि मैलाको थुप्रोमाथि ध्यान लगाएको छैन। धेरै मैला थुप्रिएको कारण शौचालय जान पनि मानिसहरू हिचकिचाउँछन्। अहिले प्रत्येक गाउँ बस्ती बजारमा ग्राम पञ्चायत सदस्यहरू छन् साथै पञ्चायत प्रधानहरू पनि छन्। धेरै पञ्चायत सदस्यहरूले आफ्नो क्षेत्रमा सरसफाई अभियान…
Read More
निःशुल्क स्वास्थ्य जाँच शिविर गरिने

निःशुल्क स्वास्थ्य जाँच शिविर गरिने

सौरेनी जनकल्याण फाउण्डेशनले आगामी आइतवार सौरेनी बस्ती घुमाउने टारमा एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गर्ने भएको छ। फाउण्डेशनका अध्यक्ष सम्झना राईले जानकारी गराएअनुसार त्यस शिविरमा नसा रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, जनरल फिजिसियन र दन्त चिकित्सक लगायत विभिन्न विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन्।यस क्षेत्रका सम्पूर्ण गाउँवासीहरूलाई त्यस निःशुल्क स्वास्थ्य शिविरबाट अधिकतम लाभ उठाउन संस्थाले हार्दिक अनुरोध गरेको छ। आफ्नो घरनजिक सम्पन्न हुने शिविरबाट स्वास्थ्य सेवाको लाभ लिन सबैलाई आग्रह गरिएको छ।
Read More
पानी ट्याङ्की सीमाबाट बङ्गलादेशी पक्राउ

पानी ट्याङ्की सीमाबाट बङ्गलादेशी पक्राउ

पानी ट्याङ्कीबाट एकजना बङ्गलादेशी युवकलाई खोरीबारी पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम मोहम्मद रेडोय खान हो। तिनी बङ्गलादेशको नाटोर जिल्लाको लालपुर थाना क्षेत्रका वासिन्दा हुन्। प्राप्त जानकारीअनुसार, गुप्त सूचनाको आधारमा एसएसबीको 41औँ नम्बर ब्याटालियनका जवानहरूले बुधवार बेलुकी भारत-नेपाल सीमास्थित पानी ट्याङ्की बस स्ट्याण्डबाट उक्त बङ्गलादेशी युवकलाई नियन्त्रणमा लिएका हुन्। त्यसपछि युवकलाई पानी ट्याङ्की बीओपीमा लगेर एसएसबी अधिकारीहरू र गुप्तचरहरूले सोधपुछ शुरु गरे।एसएसबी सूत्रअनुसार पक्राउ परेका युवकसित कुनै पनि पासपोर्ट वा भारतको भिसा फेला परेको छैन। तर सोधपुछमा तिनले 12 नोभेम्बर वैध बङ्गलादेशी पासपोर्ट र भिसा लिएर हवाईजहाजमार्फत नेपाल प्रवेश गरेका थिए। त्यसपछि तिनी काठमाडौँको एउटा होटलमा केही दिन…
Read More