19
Sep
ओकेटी चियाबारी श्रमिक सङ्गठनका प्रतिनिधि अनि चियाबारी प्रबन्धकहरूमाझ सभा सम्पन्न भएको युनियन नेता अर्पण राईले जानकारी गराएका छन्। सभामा श्रमिक सङ्गठनहरूले चियाबारीका श्रमिकहरूलाई यो वर्ष पूजा बोनस 20 प्रतिशतको दरले प्रदान गरिएकोमा चियाबारी मालिक राजु वैध अनि प्रबन्धकहरूलाई आभार प्रकट गरे अनि आउने वर्षहरूमा पनि यसै गरी कुनै झमेला र समस्या उत्पन्न नगराई श्रमिकहरूलाई 20 प्रतिशत दरले पूजा बोनस प्रदान गरिदिने माग गरे। सभा अवधि श्रमिकहरूले सही बोनस प्राप्त गरे वा गरेनन् भनेर 2024 को अप्रेल महीनादेखि 2025 को मार्च महीनासम्म दैनिक हाजिरा रजिस्टर अनि वर्षभरिको ईएलपी बिगाको पूर्ण विवरण रजिस्टर जाँच गरे। यस विषयमा बोल्दै युनियन नेता अर्पण राईले…
