17
Oct
केन्द्र सरकारले दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रको दीर्घकालीन राजनैतिक तथा प्रशासनिक आकाङ्क्षासित सम्बन्धित संवादलाई सहज बनाउन आईपीएस (अवकाशप्राप्त) तथा पूर्व उप राष्ट्रिय सुरक्षा सल्लाहकार पङ्कज कुमार सिंहलाई इण्टरलोक्युटर नियुक्त गरेको छ। यस विषयमा प्रतिक्रिया दिँदै जीटीए सभासद विनय तामाङले विज्ञप्ति जारी गरेर यस निर्णयलाई स्वागत जनाएका छन्।विनय तामाङले भनेका छन्, म भारत सरकारले हालै दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रका दीर्घकालीन राजनीतिक तथा प्रशासनिक सरोकारहरूमा संरचित संवादलाई सहज बनाउन र अघि बढ़ाउनका लागि पङ्कज कुमार सिंहलाई इण्टरलोक्युटर नियुक्त गरेको निर्णयलाई गहिरो प्रशंसा र संस्थागत आदरका साथ स्वीकार गर्दछु। राष्ट्रिय सत्ताको सर्वोच्च स्तरबाट आएको यो निर्णय देशको संवैधानिक ढाँचाभित्र रहेर…
