22
Jan
सशस्त्र सीमा बल (एसएसबी)की महानिर्देशक रेखा लोहानी (आईपीएस) ले आठौँ वाहिनीअन्तर्गत सीमा चौकी पशुपति फाटकको भ्रमण गरेकी छन्। तिनलाई पशुपति फाटक आइपुग्दा वाहिनीका कमाण्डेण्ट मितुल कुमारले भव्य स्वागत गरे। भ्रमणका क्रममा कम्पनी कमाण्डर तथा सहायक कमाण्डेण्ट सिकन्दर कुमारले वाहिनीको कार्यक्षेत्र र सीमा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराए। महानिर्देशकले सीमा चौकीबाट सञ्चालित सुरक्षा गतिविधिहरूको गहन निरीक्षण गरिन्।क्षेत्रमा हालै प्राप्त गरिएका विभिन्न परिचालन सफलताहरूबारे जानकारी लिँदै महानिर्देशक लोहानीले टोलीको कार्यकुशलताको प्रशंसा गरिन्। तिनले पशुपति फाटकमा तैनाथ महिला तथा पुरुष सुरक्षाकर्मीहरूको ड्युटी अवस्थाको पनि निरीक्षण गरिन्। कठिन परिस्थितिमा पनि जवानहरूले देखाएका कर्तव्यनिष्ठा र समर्पणको सम्मान गर्दै तिनले आगामी दिन पनि यसरी नै हौसलासहित…
