02
Jul
माल खण्डअन्तर्गत बाग्राकोट चियाबारी आजदेखि खोलिएको छ । धेरै सङ्घर्ष अनि बैठकहरू गरेर ६ वर्षपछि बाग्राकोट चियाबारी खोलिएको हो आदिवासी कल्याण विकास एवं अन्य पछौटे वर्गका मन्त्री बुलु चिकबराइक फिता काटेर चियाबारी खोले यस कार्यक्रममा मन्त्रीसँगै अलिपुरद्वार सांसद जोन बारला, चियाबारीका मालिक सुरजीत बक्सीसहित अन्य महानुभावहरू मञ्चमा उपस्थित थिए । बिहानैदेखि चियाबारी खोलिने खबरले श्रमिकहरू अत्यन्तै उत्साहित बनेका थिए । मुसलधारे पानीको पनि पर्वाह नगरी श्रमिकहरू नयाँ मालिकको एक झलक पाउन बिहानदेखि कुरेर बसेका थिए । मन्त्री बुलु चिकबराइकले भने, बाग्राकोट चियाबारीका श्रमिकहरूको सपना आज पूरा भएको छ । लामो समयदेखि यहाँका मानिसहरूले चियाबारी खोलिनुपर्ने माग गरिरहेका थिए । बन्द…
