28
Jul
सिलगढ़ीमा कोरोना भाइरसको डेल्टा भेरियण्ट अनि युके स्ट्रेनको पत्तो लागेको छ। कोरोना भाइरसको डेल्टा भेरियण्ट र युके स्ट्रेनले सातजना संक्रमित रहेको पुष्टि भएको छ । यी दुवै भेरियण्टबाट द्रुत गतिमा कोरोनाको भाइरस फैलिन्छ । केही दिनअघि हिमाली राज्य सिक्किमका ९७ जना कोरोनाको डेल्टा भेरियण्टले संक्रमित भएको पुष्टि भएको थियो । त्यसपछि नै दार्जीलिङ जिल्ला प्रशासनले सिक्किमबाट बंगाल भित्रिने वाहनका चालक, सहचालक र यात्रीहरूको निम्ति आरटीपीआर नेगेटिभ रिपोर्ट अथवा भ्याक्सिनको दुवै डोज़ लगाएको प्रमाणपत्र हुनु अनिवार्य गरेको थियो| उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल सूत्रबाट प्राप्त जानकारीअनुसार सिलगढ़ीमा जुन पाँच व्यक्तिको शरीरमा कोरोनाको डेल्टा भेरियण्टको पुष्टि भयो तिनीहरू सूर्यसेन कलोनी, नौकाघाट,…
