06
Jan
विवाहित महिला भगवती पाललाई सिलगढ़ी नगरनिगमको वार्ड नं. 36, शान्ति नगरमा झुण्डिएको अवस्थामा फेला पारिएको छ। यस घटनाले शङ्का र आक्रोश उत्पन्न गराएको छ। प्राप्त रिपोर्टअनुसार, परिवारका सदस्यहरूले सोमवार बिहान तिनको शव फेला पारेका थिए अनि त्यसबारे पुलिसलाई जानकारी दिए। आसीघर पुलिस चौकीका अधिकारीहरू घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिए र पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाए।मृत महिलाको परिवारले भगवतीलाई दहेजका लागि हत्या गरिएको आरोप लगाएको छ। तिनीहरूले तिनका श्रीमानले दहेजको मागमा भगवतीलाई शारीरिक रूपमा दुर्व्यवहार गर्ने गरेको र तिनले यसभन्दा पहिले पनि दुईपटक आत्महत्या गर्न प्रयास गरेकी परिवारले बताएको छ। परिवारले ससुराल पक्षले बारम्बार पैसाका लागि दबाउ…
