Tea

हजारौँ आदिवासी चिया श्रमिकहरूको नाम विचाराधीन सूचीमा

हजारौँ आदिवासी चिया श्रमिकहरूको नाम विचाराधीन सूचीमा

अन्तिम मतदाता सूचीमा उत्तर बङ्गालमा हजारौँ आदिवासी चिया मजदुरहरूको नाम विचाराधीन अवस्थामा राखिएको छ। उत्तरी क्षेत्रका मूल निवासी राजवंशी समुदायका ठूलो हिस्सा पनि यसबाट मुक्त हुन सकेनन्। हटाइएका वा विचाराधीन सूचीमा परेका व्यक्तिहरूमा अल्पसङ्ख्यक समुदायका मानिसहरू पनि छन्। यस विषयले धेरै जिल्लामा व्यापक असन्तोष फैलिएको छ। यसका विरोधमा राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस मुखर भएको छ। तृणमूलको अग्रता भएका क्षेत्रमा लक्षित रूपमा नाम हटाइएको वा ठूलो सङ्ख्यामा नामलाई विचाराधीन सूचीमा राखिएको आरोप राज्यका आदिवासी विकास मन्त्री बुलुचिक बराइकले लगाएका छन्। जलपाइगढ़ी जिल्लामा 1 लाख 8 हजारभन्दा बढ़ी मतदाताको नाम विचाराधीन सूचीमा राखिएको छ। यीमध्ये चियाबारी क्षेत्र प्रमुख रहेको माल विधानसभा…
Read More
वर्षमा 8.5 हजार करोड़को चिया निर्यात

वर्षमा 8.5 हजार करोड़को चिया निर्यात

गत एक वर्ष भारतबाट विश्वका विभिन्न देशहरूमा लगभग 8.5 हजार करोड़ रुपियाँ बराबरको चिया निर्यात भएको छ। यो पछिल्ला केही वर्षको रेकर्ड हो। सन् 2025 को जनवरीदेखि दिसम्बरसम्म मोठ 280.4 मिलियन किलोग्राम अर्थात् 28 करोड़ किलोग्राम चिया निर्यात गरिएको छ। निर्यात गरिएको उक्त चियाको मूल्य 8 हजार 488 करोड़ 43 लाख रुपियाँ रहेको छ। सन् 2024 मा भारतबाट चिया निर्यातको परिमाण 256.17 मिलियन किलोग्राम अर्थात् 25 करोड़ किलोग्राम थियो। त्यसको आर्थिक मूल्य 7 हजार 167 करोड़ 41 लाख रुपियाँ थियो। अर्थात् 2024 को तुलनामा चिया निर्यातको परिमाण उल्लेखनीय रूपमा बढ़ेको छ।यसकारण भविष्यमा राम्रो दिन फर्कने आशामा उत्तर बङ्गालको चिया उद्योग…
Read More
दार्जीलिङ चियाप्रति उदासीन बजेट

दार्जीलिङ चियाप्रति उदासीन बजेट

बजेटमा उत्तर बङ्गालको अर्थतन्त्रको मेरुदण्ड मानिने चिया उद्योगका लागि केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले एक शब्द पनि खर्चिनन्। यसले चिया उद्योग क्षेत्रलाई निराश बनाएको छ। आइतवार लगातार नवौँपटक वित्त मन्त्रीले बजेट प्रस्तुत गरिन्। अन्य उद्योगहरूसितै राज्यको चिया क्षेत्र पनि आइतवारको बजेटतर्फ आशा गरेको थियो। सङ्कटग्रस्त चिया उद्योगका लागि कुनै विशेष प्याकेज, अनुदान वा कर छुटको घोषणा हुने अपेक्षा थियो। तर सबै आशामाथि पानी हालेर चिया भण्डारमा प्राप्ति शून्य नै रह्यो।हाल उत्तर बङ्गालमा 334 वटा चियाबारी सञ्चालनमा छन् जहाँ लगभग साढ़े चार लाख श्रमिक कार्यरत छन्। वार्षिक लगभग 30 करोड़ किलो चिया उत्पादन हुन्छ। चिया उद्योगपतिहरूले चियाको न्यूनतम मूल्य निर्धारण, कर…
Read More
न्यूनतम मजदुरीको मागमा टिङलिङ चियाबारीमा पोष्टरिङ

न्यूनतम मजदुरीको मागमा टिङलिङ चियाबारीमा पोष्टरिङ

मिरिक महकुमाअन्तर्गत पर्ने टिङलिङ चियाबारीमा हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घ मिरिक महकुमा समितिको अगुवाइमा पोष्टरिङ कार्यक्रम सम्पन्न भएको छ। लामो समयदेखि चिया श्रमिकहरूले गरिरहेका न्यूनतम मजदुरी माग लागू गर्नुपर्ने विषयलाई मुख्य मुद्दा बनाउँदै यो कार्यक्रम आयोजना गरिएको थियो।चिया श्रमिकहरूको अधिकार र न्यूनतम मजदुरीको मागलाई सशक्त रूपमा उठाउन यो कार्यक्रम गरिएको युनियनका अनिल राणाले जानकारी गराए। त्यसैले चियाबारीका विभिन्न क्षेत्रहरूमा मागपत्रसहित पोष्टरहरू टाँसिएको पनि तिनले बताए। यस अवसरमा युनियनका केन्द्रीय प्रतिनिधिहरू अनिल राना, तिलक लुङ्गेली, पञ्चायत सदस्यहरू रोशन लामा, रोजेस थापा, रोजेस थापा, चियाबारीका अन्य श्रमिक सङ्गठनका प्रतिनिधिहरू सामेल थिए।
Read More
बन्द पानीघट्टा चियाबारीमा पत्ती टिप्ने कार्य

बन्द पानीघट्टा चियाबारीमा पत्ती टिप्ने कार्य

आजदेखि बन्द पानीघट्टा चियाबारीमा पत्ती टिप्ने कार्य आरम्भ भएको छ। बन्द पानीघट्टा चियाबारीमा आजदेखि लगभग चार सय श्रमिकहरू काम गर्न आरम्भ गरे। बन्द भएपछि पानीघट्टा चियाबारीलाई कमिटीमार्फत सञ्चालन गरिँदै थियो। तर कमिटीमाझ नै द्वन्द उत्पन्न भएपछि चियाबारी बन्द अवस्थामा रहेको थियो। त्यसपछि चियाबारीका कतिपय श्रमिकहरू सरकारले हस्तक्षेप गरेर खोल्नुपर्ने माग गर्दै अनशन गरिरहेका छन् भने अर्कातिर अन्य श्रमिकहरू कति दिन भोको बस्ने भन्दै चियाबारीलाई सफाई गरेर आजदेखि पत्ती टिप्ने काममा निस्के। प्रशासनिक हस्तक्षेपमा चियाबारी खोल्नुपर्ने माग गर्दै पानीघट्टा चियाबारीमा अनशन पाँच महीना भन्दा अधिक समयदेखि चलिरहेको छ। अनशनकारी कमिटीले चियाबारी सञ्चालन गर्न मालिक आउने बताउँदै आइरहेको छ। यता केही श्रमिकहरूले…
Read More
शिशुहरू क्रेचमा, चिन्तित आमाहरू चियाबारीमा

शिशुहरू क्रेचमा, चिन्तित आमाहरू चियाबारीमा

चियाबारीमा यस मौसमको पत्ती टिप्ने समय समाप्त हुन लागेको हुँदा सबैजना अधिक व्यस्त छन्। चिया श्रमिक महिलाहरू काखको शिशुलाई चियाबारीको क्रेचमा राखेर पत्ती टिप्न जान्छन्। त्यही समय चितुवाले आक्रमण गरिरहेको छ। यसको कारण के शिशुहरू क्रेच हाउसमा सुरक्षित रहन्छन्? भन्ने विषयले चिन्ता बढ़ेको छ। त्यसैले कामको बीचमा तिनीहरू पटक-पटक क्रेचको नजिक आउँछन्। पहिले शिशुहरूको सुरक्षाका लागि त्यहाँ लाठी धारी महिला कर्मीहरू ड्युटीमा रहन्थे। चितुवाको आतङ्कको कारण अहिले त्यहाँ दुईजना वनकर्मी तैनाथ गरिएको छ। अलिपुरद्वारअन्तर्गत कालचिनी ब्लकको भातखावा चियाबारीमा यस्तो स्थिति छ। आतङ्क यस्तो फैलिएको छ कि प्रत्येक दिन काम आरम्भ गर्नअघि चौकीदारले विभिन्न सेक्शनमा पटेका पड़काउँछन् जसले चियाबारीको कुनै स्थानमा…
Read More
सिलगढी चिया व्यापारी संघले आफ्नो कार्यालयमा अन्तर्राष्ट्रिय चिया दिवस मनाएको छ।

सिलगढी चिया व्यापारी संघले आफ्नो कार्यालयमा अन्तर्राष्ट्रिय चिया दिवस मनाएको छ।

संस्थाले आज सिलगढी सहर र वरपरका १२५ भन्दा बढी चिया पसल र क्याफेहरूमा नि:शुल्क चिया वितरण गरेको छ। सिलगढी: अन्तर्राष्ट्रिय चिया दिवस सिलगढी चिया व्यापारी संघ [STTA] ले आफ्नो कार्यालयमा 21 मे मंगलबार भारतका विभिन्न राज्यहरूका साथसाथै विश्वभर मनाइयो। यस अन्तर्राष्ट्रिय चिया दिवसमा संस्थाका सदस्यहरू बाहेक सिलगढी शहरका प्रतिष्ठित सामाजिक संस्थाका धेरै सदस्यहरू उपस्थित थिए। सन् २०१९ मा संयुक्त राष्ट्र संघले स्थापना गरेको अन्तर्राष्ट्रिय चिया दिवसले अर्थतन्त्र, संस्कृति र लाखौं मानिसहरूको दैनिक जीवनमा चियाको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दछ। अन्तर्राष्ट्रिय चिया दिवसले कडा परिश्रम गर्ने चिया उत्पादकहरू र श्रमिकहरूलाई चिन्ने र अभिवादन गर्ने सम्झनाको रूपमा काम गर्दछ जसको समर्पण र लगनशीलताले…
Read More