21
Apr
आजदेखि बन्द पानीघट्टा चियाबारीमा पत्ती टिप्ने कार्य आरम्भ भएको छ। बन्द पानीघट्टा चियाबारीमा आजदेखि लगभग चार सय श्रमिकहरू काम गर्न आरम्भ गरे। बन्द भएपछि पानीघट्टा चियाबारीलाई कमिटीमार्फत सञ्चालन गरिँदै थियो। तर कमिटीमाझ नै द्वन्द उत्पन्न भएपछि चियाबारी बन्द अवस्थामा रहेको थियो। त्यसपछि चियाबारीका कतिपय श्रमिकहरू सरकारले हस्तक्षेप गरेर खोल्नुपर्ने माग गर्दै अनशन गरिरहेका छन् भने अर्कातिर अन्य श्रमिकहरू कति दिन भोको बस्ने भन्दै चियाबारीलाई सफाई गरेर आजदेखि पत्ती टिप्ने काममा निस्के। प्रशासनिक हस्तक्षेपमा चियाबारी खोल्नुपर्ने माग गर्दै पानीघट्टा चियाबारीमा अनशन पाँच महीना भन्दा अधिक समयदेखि चलिरहेको छ। अनशनकारी कमिटीले चियाबारी सञ्चालन गर्न मालिक आउने बताउँदै आइरहेको छ। यता केही श्रमिकहरूले…