Sports

इतिहास रचे नीरज चोपड़ाले

इतिहास रचे नीरज चोपड़ाले

नीरज चोपड़ाले टोक्यो ओलम्पिकमा शनिवार भाला फ्याँक्ने (ज्याभलिन थ्रो) स्पर्धामा स्वर्ण पदक जितेर भारतीय खेलकुदमा नयाँ इतिहास रचे । नीरजले आफ्नो दोस्रो प्रयासमा ८७.५८ मीटर भाला फ्याँके, उनलाई स्वर्ण पदक दिलाउनको निम्ति पर्याप्त थियो । ओलम्पिक एथलेटिक्सको ट्र्याक एण्ड फील्डमा भारतको यो पहिलो पदक हो। नीरजले आज असाधारण प्रदर्शनको साथ एथलेटिक्समा ओलम्पिक पदक जित्ने गत १०० सालभन्दा अधिकको प्रतीक्षालाई समाप्त गरे । यसको साथै उनी ओलम्पिकको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने शूटर अभिनव बिन्द्रापछि भारतका दोस्रो एथलीट बने । यो भारतको टोक्यो ओलम्पिकमा सातौं पदक हो । यसको साथै भारतले आफ्नो लण्डन ओलम्पिक (२०१२) को सर्वश्रेष्ठ ६ वटा पदकको प्रदर्शनलाई…
Read More
ऐतिहासिक काँस्य पदक

ऐतिहासिक काँस्य पदक

भारतको पुरुष हकी टोलीले जर्मनीलाई पराजित गरेर टोक्यो ओलम्पिकमा ऐतिहासिक काँस्य पदक जितेको छ सन् १९८० पछि पहिलो ओलम्पिक पदक जितेर भारत हकी टोलीले इतिहास रच्यो । सिमरनजीत सिंहको दुई गोलको सहायताले दुईपल्ट पछाड़िएर पनि असाधारण पुनरागमन गर्दै बिहीवार चरम रोमाञ्चक काँस्य पदकको प्ले अव् म्याचमा जर्मनीलाई ५-४ को बढ़तले पराजित गरेर भारतले ओलम्पिकमा ४१ सालपछि काँस्य पदक जित्यो । आठपल्टको ओलम्पिक च्याम्पियन अनि विश्वको तेस्रो नम्बरको भारतीय टोली एक समय म्याचमा १३ ले पछि रहेको थियो । तर चरम दबाउमा पनि केवल आठ मिनटमा चार गोल गरेर भारतीय टोलीले यो विजय प्राप्त गयो । भारत टोलीका सिमरनजीत सिंहले १७…
Read More
रजत पदक जिते रवि दहियाले

रजत पदक जिते रवि दहियाले

भारतीय पहलवान रवि चुके अनि टोक्यो ओलम्पिकको कुश्ती प्रतियोगिताअन्तर्गत पुरुषहरूका ५७ किग्रा भाग वर्गमा रुस ओलम्पिक समिति (आरओसी) का पहलवान जावुर युगुऐव विरुद्ध पराजित भएर रजत पदकमै चित्त बुझाउनु पन्यो युगुऐवले आज आफ्नो शक्तिशाली डिफेन्सको उत्कृष्ट नमूना पेश गरे अनि ७-४ ले फाइनलमा जीत हासिल गरे स्वर्ण पदक जिते स्वर्ण पदकको लड़ाईंमा युगुऐवले शुरुमै बढ़त हासिल गरे तर रविले पनि चाँडै २-२ को बराबरी हासिल गरे। रुसका खेलाडीले फेरि बढ़त हासिल गरे अनि पहिलो राउण्डपछि भारतीय पहलवान २ ४ ले पछि रहेका थिए । दोस्रो राउण्डमा पनि| युगुऐवले एक अड्कको साथ बढ़तलाई मजबूत बनाए रविले दोस्रो राउण्डमा पनि २ अड्क…
Read More
बक्सिङ्गमा काँस्य जितिन लवलीनाले

बक्सिङ्गमा काँस्य जितिन लवलीनाले

आफ्नो सर्वश्रेष्ठ प्रवास गरे पनि लवलीना बोरगोहेनले अन्तमा काँस्य पदक जितिन् । भारतकी स्टार बक्सर लवलीनाले टोक्यो ओलम्पिकको महिला बेल्टरवेट वर्ग (६९ किग्रा) को सेमिफाइनलमा तुर्कीकी वर्तमान विश्व च्याम्पियन बुसेनाज मुरमेनेली विरुद्ध पराजयको साथ कांस्य पदकमै चित्त बुझाउनु पन्यो ओलम्पिकमा पदार्पण गरिरहेकी विश्व च्याम्पियनशीपमा दुईपल्टकी काँस्य पदक विजेता लवलीना विरुद्ध बुसानेजले शुरुदेखि नै धलिमलि कायम राखिन् अनि अन्तमा ५-० ले जीत हासिल गरिन् । टोक्यो ओलम्पिक खेलहरूमा यो भारतको तेस्रो पदक हो यसअघि भारोत्तोलन (बेट) लिफ्टिङ्ग) मा मीराबाई चानूले रजत र ब्याडमिण्टनको महिला एकलमा पीभी सिन्धुले कॉस्य पदक जितेकी थिइन् लवलीना गत ९ वर्षमा भारतको तर्फबाट ओलम्पिकमा पदक जित्ने पहिलो…
Read More
स्वर्ण जित्ने मौका गुमायो भारतले

स्वर्ण जित्ने मौका गुमायो भारतले

ओलम्पिक हकीमा भारतीय महिला टोलीको स्वर्ण पदक जित्ने सपना भताभुङ्ग भयो। बुधवार खेलिएको सेमिफाइनल म्याचमा भारतलाई अर्जेण्टिनाले २-१ ले पराजित गयो । म्याचको शुरुमै गोल हासिल गरे पनि भारतले त्यस बढ़तलाई कायम कायम राख्न सकेन अनि दोस्रो र तेस्रो क्वार्टरमा दुई गोल खाएर हारको सम्मुखीन भयो । म्याचमा भारतको शुरुवात असल रह्यो अनि गुरजीत कौरले दोस्रो मिनटमै पेनल्टी कर्नरबाट गोल गरी टोलीलाई बढ़त दिलाए त्यसपछि अर्जेण्टिनाले लगातार आक्रमण गर्दै भारतीय रक्षापङ्क्तिलाई व्यस्त राख्यो । यसै क्रममा अर्जेण्टिनाकी कप्तान मारिया बारियोनुएवाले १८औं र ३६औं मिनटमा पेनल्टी कर्नरलाई गोलमा परिणत गरी भारतको चुनौतीलाई किनारा लगाउनको साथै आफ्नो टोलीलाई फाइनलमा पुयाए यसअघि भारतले…
Read More
साइनाले बधाई दिइनन्: सिन्धु

साइनाले बधाई दिइनन्: सिन्धु

भारतकी दिग्गज शट्लर पीभी सिन्धुले सोमवार बताएअनुसार, टोक्यो ओलम्पिकको महिला एकल ब्याडमिण्टन स्पर्धामा काँस्य पदक जितेपछि मुख्य राष्ट्रिय प्रशिक्षक पुलेला गोपीचन्दले बधाई सन्देश दिए पनि सीनियर खेलाड़ी साइना नेहवालबाट उनलाई कुनै बधाई सन्देश प्राप्त भएन । गत विश्व च्याम्पियन सिन्धु आइतवार दुईवटा व्यक्तिगत ओलम्पिक पदक जित्ने दोस्रो भारतीय अनि देशकी पहिलो महिला खेलाड़ी बनिन् सिन्धुले यसअघि रियो ओलम्पिक २०१६ मा रजत पदक जितेकी थिइन् । पदक जितेपछि के गोपीचन्द र साइनासँग कुराकानी भयो भन्ने प्रश्नको जवाफमा सिन्धुले भनिन्, गोपी सरले त मलाई बधाई दिए। मैले अहिलेसम्म सोशल मीडिया हेरेकी छुइनँ म बिस्तारै सबैलाई जवाफ दिइरहेकी छु यसको साथमा सिन्धुले भनिन्,…
Read More
पदक जित्न असफल कमलप्रीत

पदक जित्न असफल कमलप्रीत

भारतकी महिला डिस्कस थ्रो एथलीट कमलप्रीत कौर टोक्यो ओलम्पिकमा पदक जित्न असफल भइन् । सोमवार भएको महिलाहरूकी डिस्कस थ्रो फाइनलमा कमप्रीतले आफ्नो ६ वटा प्रयासमा सर्वाधिक ६३.७० मीटरको दूरीमा डिस्कस फ्याँकिन् । यसरी उनले छैटौं स्थानको साथ आफ्नो अभियान समाप्त गरिन् । कमलप्रीतले क्वालीफिकेशनमा ६४ मीटरको दूरी तय गरी फाइनलमा स्थान बनाएकी थिइन् । यस स्पर्धामा अमेरिकाकी वालेरी अलम्यानले ६८.९८ मीटरको सर्वश्रेष्ठ थ्रो-सहित स्वर्ण पदक जितिन् । जर्मनीकी क्रिस्टिन पुडेञ्जले (६६.८६ मीटर) रजत र क्यूबाकी याइमे पेरेज (६५.७२ मीटर) - ले काँस्य पदक जितिन् । कमलप्रीत ६३.७० मीटरको साथ छैटौं स्थानमा रहिन् । कमलप्रीत पहिलो प्रयासमा ६१.२ मीटर, तेस्रो प्रयासमा…
Read More
भारतको चुनौती समाप्त

भारतको चुनौती समाप्त

भारतीय बक्सर सतीश कुमारले लड़ाकू मानसिकताको परिचय दिए पनि आफ्नो क्वार्टर फाइनल बाउटमा हारको सामना गर्नु पन्यो । सतीशले चोट लिएर पनि रिङ्गमा ओर्लिने | फसेला गरे अनि विश्वका नम्बर एक बक्सर उज्बेकिस्तानका | बाखोदिर जालोलोवको डटेर सामना गरे । ओलम्पिकको सुपर हेभिवेट क्याटगरीमा ओर्लिने पहिलो भारतीय सतीशलाई टोक्यो ओलम्पिक २०२० को प्री-क्वार्टर फाइनलमा जमैकाका बक्सर रिकार्डो ब्राउन विरुद्ध लड़ाइँमा च्यापु रा आँखामा गहिरो कट लागेको थियो । पछिबाट उनले ७ सिलाई गर्नु परेको थियो । यसैकारण सतीश क्वार्टर फाइनलमा ओर्लिने पनि तय थिए तर अन्तिम क्षणमा मेडिकल टोलीले उनलाई रिङ्गमा ओर्लिने अनुमति दियो। यसैकारण सतीशको लड़ाकू मानसिकताको सोशल मीडियामा…
Read More
ऐतिहासिक काँस्य पदक जितिन् सिन्धुले

ऐतिहासिक काँस्य पदक जितिन् सिन्धुले

भारतकी दिग्गज महिला ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुले टोक्यो ओलम्पिकमा काँस्य पदकको साथ इतिहास रचिन् । आइतवार उनी ओलम्पिकमा लगातार दुईवटा व्यक्तिगत पदक जित्ने भारतकी पहिलो महिला खेलाड़ी बनिन् । समग्रमा सुशिल कुमारपछि लगातार दुईवटा ओलम्पिक पदक जित्ने उनी देशका दोस्रो एथलीट हुन् । आइतवार खेलिएको महिला एकल ब्याडमिण्टनको काँस्य पदकको म्याचमा छैटौं वरीयता प्राप्त सिन्धुले चीनकी बिङ्ग जियाओलाई केवल ५२ मिनटमा २१-१३, २१-१५ ले पराजित गरिन् । सिन्धुले यसअघि २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन् । पहलवान सुशिलले २००८ को बेजिङ्ग ओलम्पिकमा काँस्य र २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए। यसबाहेक ब्याडमिण्टनमा भारतको यो तेस्रो पदक…
Read More
डिस्कस थ्रो-को फाइनलमा पुगिन् कमलप्रीत

डिस्कस थ्रो-को फाइनलमा पुगिन् कमलप्रीत

भारतकी महिला डिस्कस थ्रो एथलीट कमलप्रीत कौरले टोक्यो ओलम्पिकमा महिलाहरूकी डिस्कस श्रो स्पर्धाको फाइनलमा प्रवेश गरी पदकको आशा जगाइन् । कमलप्रीतले आफ्नो अन्तिम प्रयासमा ६४.०० मीटरको थ्रो गरी फाइनलमा स्थान सुरक्षित गरिन् । यसको विपरीत अनुभवी एथलीट सीमा पूनिया चाहिँ निराशाजनक प्रदर्शनको साथ पदकको होड़बाट बाहिर भइन् कमलप्रीतले आफ्नो दोस्रो प्रयासमा ६३.९७ मीटरको दूरीमा थ्रो गरेकी थिइन् । कमलप्रीतले अब सोमवार हुने फाइनलमा पदकको निम्ति चुनौती पेश गर्नेछिन्। क्वालीफिकेशनमा शीर्षमा रहने अमेरिकी खेलाड़ी वालारी अलम्यानपछि ६४ मीटर या त्यसभन्दा अधिक दूरीको थ्रो गर्ने कमलप्रीत एकमात्र खेलाड़ी हुन् । दुवै पूलबाट ३१ जना खेलाडीहरूमा ६४ मीटरको मार्कलाई पार गर्ने या शीर्ष…
Read More