पदक जित्न असफल कमलप्रीत

भारतकी महिला डिस्कस थ्रो एथलीट कमलप्रीत कौर टोक्यो ओलम्पिकमा पदक जित्न असफल भइन् । सोमवार भएको महिलाहरूकी डिस्कस थ्रो फाइनलमा कमप्रीतले आफ्नो ६ वटा प्रयासमा सर्वाधिक ६३.७० मीटरको दूरीमा डिस्कस फ्याँकिन् । यसरी उनले छैटौं स्थानको साथ आफ्नो अभियान समाप्त गरिन् । कमलप्रीतले क्वालीफिकेशनमा ६४ मीटरको दूरी तय गरी फाइनलमा स्थान बनाएकी थिइन् ।

यस स्पर्धामा अमेरिकाकी वालेरी अलम्यानले ६८.९८ मीटरको सर्वश्रेष्ठ थ्रो-सहित स्वर्ण पदक जितिन् । जर्मनीकी क्रिस्टिन पुडेञ्जले (६६.८६ मीटर) रजत र क्यूबाकी याइमे पेरेज (६५.७२ मीटर) – ले काँस्य पदक जितिन् । कमलप्रीत ६३.७० मीटरको साथ छैटौं स्थानमा रहिन् । कमलप्रीत पहिलो प्रयासमा ६१.२ मीटर, तेस्रो प्रयासमा आफ्नो सर्वश्रेष्ठ ६३.७० र पाँचौं प्रयासमा ६१.३७ मीटर डिस्कस फ्याँकिन् । उनको दोस्रो, चौथो र छैटौं प्रयास फाउल रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *