07
Jun
विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल्ने कुवेतमा रहेको नपाली टिममले आज राति बलियो जोर्डनको सामाना गर्दै छ। समूह बी अन्तर्गतको नेपाल र जोर्डनबीचको कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ। विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने सम्भावना गणीतिय हिसाबमा मात्र रहेपनि एसिया कपको अघिल्लो चरण पुग्ने सम्भावना रहेका नेपालले बलियो जोर्डनविरुद्ध जितको लक्ष्या साथ मैदान उत्रने छ। जोर्डनविरुद्ध जित निकाल्न सकेन नेपालको एसिया कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि जोर्डनविरुद्ध आफूहरुको एकमात्र लक्ष्य जित भएको बताएका छन् । तर, नेपालले जोर्डनविरु जित निकाल्न त्यति सहज भने हुने छैन…
