31
May
पोर्चुगलको पोर्टोमा गए राति अबेर सम्पन्न खेलमा म्यान्चेष्टर सिटीलाई हराएर चेलसीले यूरोपको सबैभन्दा धेरै राशीको पुरस्कारसहितको उपाधि हात पारेको हो । चेलसीको म्यान्चेष्टर सिटीमाथि लगातार यो तेस्रो जित हो । केइ हभार्जले गर्नुभएको एक मात्र गोल चेल्सीलाई उपाधि दिलाउन पर्याप्त भयो । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मेसन माउन्टको पासलाई उहाँले गोलमा परिणत गर्नुभयो । हभार्जको च्याम्पियन्स लिगमा यो पहिलो गोल हो ।खेलमा चेल्सीका टिमो वर्नरले गोलका लागि पाएको दुई उपयुक्त अबसरको सदुपयोग गर्न सकेन । म्यान्चेष्टर सिटीले भने दोस्रो हाफको मध्यतिर केभिड डे ब्रुन घाइते भएर फर्किदा सर्जियो अग्वेरोलाई प्रवेश गरायो । तर सिटीका लागि सबैभन्दा बढी…
