30
Jun
टोक्यो ओलिम्पिक २०२० मा नेपालबाट पाँच खेलाडीको सहभागिता सुनिश्चित भएको छ। ती खेलाडीले कोरोनाभाइरस सङ्क्रमणका कारण निकै फरक परिस्थितिका माझ अर्को महिना हुन लागेको विश्वको सबैभन्दा ठूलो खेल मेलामा खेल्नेछन्। जुडोकी सोनिया भट्टले वाइल्ड कार्डमार्फत् टोक्यो ओलिम्पिकको सहभागिता निश्चित गरेसँगै टोकियो ओलिम्पिक खेल्ने नेपाली खेलाडीको सङ्ख्या पाँच पुगेको छ। वाइल्ड कार्डको व्यग्र प्रतीक्षामा रहेका १२ जना खेलाडीहरूमा यसअघि शुटिङकी कल्पना परियारले पनि उक्त कोटामा आफ्नो नाम लेखाउन सफल भएकी थिइन्। Click here to view the source
