17
Apr
रुबियाले योगासनको आरम्भ केवल पाँच वर्षको उमेरमा गरेकी थिइन्। यद्यपि त्यति बेला रुबिया अथवा तिनको परिवारले एक दिन कुनै परी कथाजस्तो यस्तो सफलता प्राप्त होला कल्पना गरेको थिएन। चरम आर्थिक अभावसित जुझिरहेको परिवारका लागि यस्तो सोच्नै नसकिने विषय थियो। तर थाहै नपाई रुबिया योगासनप्रति समर्पित भइन्। यही मार्ग समातेर भविष्यमा अघि बढ्ने रुबियाले सोचिन्। यात्रा सजिलो थिएन। बाटोमा धेरै बाधाहरू आए। तर पनि ट्युशन पढ़ाएर, आफ्ना सबै कामहरू सञ्जालेर, बिहान 5 घण्टा र बेलुकी 3 घण्टा प्रशिक्षण गरेर तिनी आफ्नो लक्ष्यतर्फ अघि बढ़िरहिन्। त्यसको परिणाम स्वरूप गत 6 अप्रेलको तिनले ठूलो सफलता हात पारिन्।6 अप्रेलको दिन कश्मीरको शेर-ए-कश्मीर अन्तर्राष्ट्रिय सम्मेलन…