खेलो इन्डिया गेम्स तमिलनाडुमा जनवरी, २०२४ मा हुने भएको छ

खेलो इण्डिया खेलहरू जनवरी २०२४ मा तमिलनाडुमा आयोजना गरिने छ। राज्य सरकारले खेलहरू १९ देखि ३१ जनवरी २०२४ सम्म चेन्नई, कोइम्बटूर, मदुरै र त्रिचीमा हुने बताएको छ।

प्रतियोगितामा ५ हजार ५ सयभन्दा बढी खेलाडी र १ हजार ६ सय प्रशिक्षक सहभागी हुने अनुमान गरिएको छ । एक हजारभन्दा बढी रेफ्री र १२ सय स्वयंसेवकको सहभागिता रहेको उक्त खेलमा २७ विभिन्न प्रकारका खेलहरू खेलाइनेछन् । खेलो इन्डिया खेलमा पहिलो पटक स्क्वास पनि खेलिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *