17
Jan
सिलगढ़ी मेट्रोपोलिटन पुलिसको स्पेशियल अपरेशन ग्रुप (एसओजी) अनि एनजेपी थाना पुलिसले संयुक्त अभियान चलाएर 15 लाख रुपियाँको ब्राउन सुगरसितै एउटी महिलालगायत चारजनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको नाम सुमित्रा बर्मन, सुभाष बर्मन, अनवर शेख अनि शायम शेख हो। सुमित्रा अनि सुभाष कोचबिहारका वासिन्दा हुन् भने अनवर र शायम मालदा निवासी हुन्।प्राप्त भएको जानकारीअनुसार मालदादेखि कोचबिहारमा मादक पदार्थको तस्करीको एउटा योजना तयार पारिएको थियो। योजनाअन्तर्गत ब्राउन सुगर सिलगढ़ीमा एउटा समूहदेखि अर्को समूहमा हस्तानन्तर गर्नु थियो। त्यसपछि बिहीवार साँझ एसओजी अनि एनजेपी पुलिसले संयुक्त अभियान चलाउँदै कावाखाली संलग्न पोड़ाझारबाट महिलासितै अन्य तस्करहरूलाई पक्राउ गऱ्यो। ती चारैजनाको छानबिन गर्दा 600 ग्राम ब्राउन…
