04
Feb
सत्तारुढ दल मजदुर युनियनको तर्फबाट दार्जिलिङ जिल्लाका सांसद राजु विष्टको घर अगाडि विरोध प्रदर्शन गरिएको छ। चिया बगानका मजदुरहरूलाई पीएफ भुक्तानी लगायतका विभिन्न मागहरूलाई लिएर आईएनटीटीयूसीको माटिगारा, सिलगढीमा दार्जिलिङका सांसद राजु विष्टको घर अगाडि विरोध प्रदर्शन गरिएको थियो। चिया बगानका कामदारहरूलाई विभिन्न सरकारी सुविधाको व्यवस्था। इन्टकका प्रदेश अध्यक्ष ऋतब्रत बनर्जीको नेतृत्वमा संस्थाका हजारौँ सदस्यले सांसदको घर अगाडि धर्ना दिएर नाराबाजी गरेका थिए । ऋतब्रत बनर्जीले चिया बगानका मजदुरहरूले आफ्नो पीएफ नपाएको बताए। साथै उनीहरुले विभिन्न सरकारी सुविधाबाट वञ्चित भइरहेका छन् । चिया बगानका मजदुरहरुलाई उनीहरुको हकहितको पैसा र सरकारी सुविधा पाउनको लागि आईएनटीटीयूसीले आन्दोलन जारी राख्नेछ । आजको विरोधका लागि…
