04
Sep
विधानसभा चुनाउ पश्चात सत्तारूढ़ तृणमूल कङ्ग्रेस अलिपुरद्वार जिल्लाको ५ वटा विधानसभा आसनहरूमा पराजित बन्न परे तापनि सत्तामा भने पूर्ण बहुमतमा तृणमूल सरकारको गठन भएपछि भाजपा नेता अनि समर्थकहरूमा नैराश्य छाएकोले धमाधम भाजपा छोड़ेर तृणमूलमा सामेल हुने क्रम चलिरहेकोबीच अलिपुरद्वार र जलपाइगढी जिल्लामा दिनहुँ तृणमूलमा सामेल कार्यक्रम चलिरहेको देखिन्छ आज यसै क्रममा कालचिनी खण्डको भारत भोटाङ सिमान्त सहर जयगाउँमा एक नम्बर अञ्चलका प्रायः १५०० जति भाजपा औ गोजमुमो समर्थकहरू तृणमूलमा सामेल भएको तृणमूल जयगाउँ एक नम्बर अञ्चल सभापति सुभाष लामाले दाबी गरेका छन् । आज सो सामेल कार्यक्रममा तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा लगायत जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, पर्यवेक्षक शम्भू…
