25
Jan
भाजपासँग गठबन्धनमा चुनाउ लडिरहेको अपना दल ( अपना दल एस) ले पार्टीको पहिलो टिकटको रूपमा मुस्लिम उम्मेदवार घोषणा गरेको छ। उत्तर प्रदेश विधानसभा चुनाउमा बीजेपी वा उसका सहयोगीहरूबाट यस्तो दांव विरलै देखिन्छ अपना दल (एस) ले उत्तर प्रदेशको रामपुर जिल्लाको स्वार (सुआर) सीटबाट हैदर अली खानलाई उम्मेदवार बनाएको छ। यो सीटबाट समाजवादी पार्टीका सांसद आजम खानका छोरा अब्दुल्लाह आजमले चुनाउ लड्ने विश्वास गरिएको छ । अनुप्रिया पटेल नेतृत्वको अपना दल (एस) र सञ्जय निषादको निषाद पार्टीसँग बीजेपीको सीट बाँडफाँडको औपचारिक घोषणा भइसकेको बेला अपना दलको यो घोषणा भएको हो । भाजपाको सहयोगीले मुस्लिम उम्मेदवारलाई मैदानमा उभ्याउनुलाई निकै दुर्लभ कदम मानिन्छ…