योगीको सम्पत्ति ६१% बढ्यो

भारतको उत्तर प्रदेश विधानसभा चुनाउको मिति नजिकिँदैछ । पहिलो चरणको चुनाउ १० फरवरीमा हुँदैछ यसपालि मुख्यमन्त्रीका दाबेदारहरू योगी आदित्यनाथ र अखिलेश यादव विधानसभा चुनावी मैदानमा छन् । यसअघि दुवै लोकसभा र विधान परिषद् चुनाउ लड्दै आएका थिए भने पहिलोपटक विधानसभा चुनावी मैदानमा आएका हुन् ।

मुख्यमन्त्री योगी गोरखपुरबाट चुनाउ लड्दैछन् भने अखिलेश करहल सीटबाट लड्दैछन् योगी भारतीय जनता पार्टी (भाजपा) र अखिलेश समाजवादी पार्टी (सपा) बाट चुनाउ लड्दैछन्।चुनाउको मुखैमा दुवै नेताको लड्दैछन्।चुनाउको मुखैमा दुवै नेताको सम्पत्तिबारे समेत चर्चा शुरू भएको छ। मुख्यमन्त्री बनेपछि योगीले ६१% सम्पत्ति बढाएका छन्।

उनले ६० लाख रुपियाँ बढेको सम्पत्ति रहेको सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१७ को विधान परिषद् चुनाउ लड्दा योगीको सम्पत्ति ९८ लाख ९८ हजार रुपियाँ रहेका थिए। अब उनको सम्पत्ति १ करोड ५८ लाख ९८ हजार रुपियाँ पुगेको छ । सपा नेता अखिलेश यादव सन् २०१२-२०१७ सम्म मुख्यमन्त्री बनेका थिए ।

२०१२ मा अखिलेशको सम्पत्ति ८ करोड ८४ लाख रुपियाँ थियो तर सन् २०१९ मा उनको सम्पत्ति ३७ करोड ७८ लाख रुपियाँ पुगेको थियो ७ वर्षमा अखिलेशले ३२७% सम्पत्ति बढाएका थिए। आपराधिक मुद्दामामिलाका सन्दर्भमा योगीविरुद्ध एउटा पनि मुद्दा दर्ता छैन भने अखिलेशविरुद्ध ३ मुद्दा दर्ता छन् विभिन्न संस्थाको चुनावी सर्वेक्षणले उत्तर प्रदेशमा भाजपालाई नै अगाडि देखाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *