Political

भाजपा सांसद खगेन मुर्मूको श्रीमती तृणमूलमा सामेल

भाजपा सांसद खगेन मुर्मूको श्रीमती तृणमूलमा सामेल

भाजपा सांसद खगेन मुर्मूको श्रीमती अरुणा मार्डी तृणमूल कङ्ग्रेसमा सामेल भएकी छन्। बुधवार तृणमूल भवनमा शिक्षामन्त्री ब्रात्य बासु र वनमन्त्री बिरबहा हाँसदाको उपस्थितिमा अरुणा मार्डीले तृणमूलको झण्डा थामिन्। तृणमूलको झण्डा हातमा लिएपछि अरुणाले भनिन्, म सीपीएम र भाजपामा पनि थिएँ। तर त्यहाँ मलाई त्यति स्थान मिलेन। म एससी र एसटी महिलाहरूका लागि अझ बढ़ी कार्य गर्न चाहन्छु, त्यसैले यस दलमा आएको हुँ।ब्रात्य बासुले भने, एक समय अरुणा सीपीएममा थिइन्। तिनी लोकतान्त्रिक महिला मोर्चाकी नेतृ पनि थिइन्। पछि तिनी भाजपामा प्रवेश गरिन्। खगेन मुर्मू जब सीपीएम त्यागेर भाजपामा गइन् र मालदा उत्तर लोकसभा क्षेत्रका उम्मेदवार बनिन् त्यति बेला प्रचारमा अरुणा पनि…
Read More
सौरभकान्ति मण्डल राजगञ्जका बीडीओ जिम्मावारीमा

सौरभकान्ति मण्डल राजगञ्जका बीडीओ जिम्मावारीमा

सर्वोच्च न्यायालयले सल्टलेकको दत्ताबादमा सुन व्यवसायी स्वप्न कामिल्याको अपहरण तथा हत्या प्रकरणमा राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई आत्मसमर्पण गर्ने आदेश दिएको थियो। उक्त आदेशको 24 घण्टाभित्रै प्रशान्त बर्मनलाई राजगञ्जको बीडीओ पदबाट हटाइयो। तिनको स्थानमा सौरभकान्ति मण्डललाई जिम्मावारी दिइएको छ। यसअघि सौरभकान्ति मण्डल राजगञ्जकै संयुक्त बीडीओ पदमा कार्यरत थिए। मङ्गलवार नयाँ जिम्मावारी सम्हालेका बीडीओ सौरभलाई स्थानीय विधायक खगेश्वर रायले सम्मान गरे। तिनले अब उक्त ब्लकमा कार्यले गति लिने आशा व्यक्त गरे। खगेश्वर रायले भने, अवरोधमा परेको प्रशासनिक काम अब अघि बढ्नेछ। सर्वसाधारण मानिसहरू लाभान्वित हुनेछन्। जनताको विकास सम्बन्धी कार्य अड्किएको थियो।गत 29 अक्टोबरमा न्यू टाउनको यात्रागाछीबाट सुन व्यवसायी स्वप्नको शव उद्धार गरिएको…
Read More
एसआईआर नोटिशले क्षुब्ध राज्यका मन्त्री

एसआईआर नोटिशले क्षुब्ध राज्यका मन्त्री

राज्यका एक मन्त्रीलाई एसआईआर सुनुवाइको नोटिश पठाइएको निर्वाचन आयोगले जनाएको छ। एसआईआर नोटिशको खबर सार्वजनिक भएसितै राजनीतिक वृत्तमा हलचल आरम्भ भएको छ। एसआईआरलाई अगाड़ि राखेर भारतीय जनता पार्टीले उत्पीड़न गरिरहेको आरोप तृणमूल कङ्ग्रेसले लगाएको छ। यसपल्ट राज्यका मन्त्री ताजमुल होसैनलाई नोटिश पठाइएको छ। यसअघि तृणमूलका सांसद काकली घोष दोस्तीदारकी आमा, बहिनी र तिनका दुई छोरालाई पनि एसआईआर सुनुवाइको नोटिश पठाइएको थियो। राज्यको सत्तारूढ़ दलका थुप्रै विधायकहरू पनि यसबाट अछुतो रहेनन्। नोबल पुरस्कार विजेता अमर्त्य सेनपछि नेताजी सुभाषचन्द्र बोसका पनाति चन्द्र बोसलाई पनि सुनुवाइका लागि बोलाइएको छ।हाल राज्यभरि एसआईआर सुनुवाइ प्रक्रिया चलिरहेको छ। राज्यका धेरै मानिसहरूलाई नोटिश पठाइएको छ। यस्तै अवस्था…
Read More
जलमग्न क्षेत्रको निरीक्षण गर्न पुगेका खगेन मुर्मू र शङ्कर घोषमाथि आक्रमण

जलमग्न क्षेत्रको निरीक्षण गर्न पुगेका खगेन मुर्मू र शङ्कर घोषमाथि आक्रमण

जलमग्न क्षेत्र निरीक्षणका क्रममा भारतीय जनता पार्टी (भाजपा) का सांसद अनि विधायकमाथि आक्रमण भएको छ। सोमवार नगराकट्टाअन्तर्गत बामनडाङ्गा क्षेत्रमा निरीक्षणका क्रममा भाजपा सांसद खगेन मुर्मू र विधायक शङ्कर घोषमाथि आक्रमण भएको हो। खगेन रक्ताम्मे भए, शङ्कर घोषको गाड़ीको सबै ऐना फुटाइयो। दिदीका सैनिकहरूले नै आक्रमण गरेका शङ्कर घोषको आरोप छ। त्यसै बेला उत्तर बङ्गाल विकासमन्त्री उदयन गुहाले भने, आइतवार त यहाँ कुनै भाजपा नेता वा मन्त्रीलाई देखिएन। आज मुख्यमन्त्री आउँदैछन् भन्ने सुनेपछि मानिसहरूलाई उक्साउने प्रयास गरियो। त्यसको प्रतिक्रियामा साधारण मानिसहरूले नै विरोध प्रदर्शन गरे।आज सुरक्षा घेरामा रहेका माल्दा उत्तरका सांसद खगेन मुर्मू र सिलगढ़ीका विधायक तथा विधानसभाका विपक्षी दलका प्रमुख…
Read More
ज्योतिप्रिय मलिकलाई जमानी

ज्योतिप्रिय मलिकलाई जमानी

राशन भ्रष्टाचार मामिलामा ज्योतिप्रिय मलिक जमानीमा छुटेका छन्। बुधवार विशेष प्रवर्तन निदेशालय (ईडी) न्यायालयले राज्यका पूर्व मन्त्रीलाई जमानीमा छाड़ेको हो। प्राप्त जानकारी अनुसार 50 हजार रुपियाँको जमानी बोण्ड र 50 लाख रुपियाँको व्यक्तिगत बोण्डमा तिनलाई जमानी दिइएको छ। 2023 को अक्टोबर 27 मा राशन भ्रष्टाचार मामिलामा मलिकलाई पक्राउ गरिएको थियो। दुईपटक हिरासतमा बसेपछि तिउनलाई प्रेसिडेन्सी केन्द्रीय सुधार गृहमा राखिएको थियो। तर पक्राउ परेपछि पूर्व मन्त्री बिरामी परेका थिए। बिरामी भएपछि जेल अस्पतालका चिकित्सकहरूको सल्लाहमा तिनलाई एसएसकेएममा भर्ना गरिएको थियो। जमानीको माग गर्दै पूर्व मन्त्री कलकत्ता उच्च न्यायालयको शरणमा पुगेका थिए। यस मामिलामा पहिले नै चामल मिल व्यवसायी बाकिबुर रहमान, बनगाँउका…
Read More
पार्थसहित 5 जनाको जमानीको निवेदन रद्द

पार्थसहित 5 जनाको जमानीको निवेदन रद्द

शिक्षक नियुक्ति भ्रष्टाचार मुद्दामा यसपल्ट पनि पश्चिम बङ्गालका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई राहत मिलेन। सीबीआईद्वारा दर्ता मुद्दामा पार्थ च्याटर्जीहरूको जमानीको निवेदन कलकत्ता उच्च न्यायालयको तेस्रो बेञ्चले रद्द गरिदिएको छ। मङ्गलवार न्यायाधीश तपोव्रत चक्रवर्तीको बेञ्चले जमानीको माग खारेज गरेको हो। अहिले यस मुद्दाबाट पार्थसितै कल्याणमय गङ्गोपाध्याय, शान्तिप्रसाद सिन्हा, सुबिरेश भट्टाचार्य अनि अशोककुमार साहाले पनि मुक्ति पाउने छैनन्। यस सम्बन्धमा उच्च न्यायालयले प्रवर्तन निदेशालय (ईडी) लाई कठोर आलोचना गर्योम। न्यायाधीशको प्रश्न गरे, किन यति ढिलो भइरहेको छ? आवश्यक परे रातभरि बसेर काम गर्नुहोस्, बुधवारसम्म सबै कागजात न्यायालयमा प्रस्तुत गर्नुहोस् भनेर न्यायाधीशले कठोर टिप्पणी गरे। न्यायाधीश चक्रवर्तीले भने, कानूनअनुसार जमानी नियम हो…
Read More
सड़क दखलमुक्त गर्ने मेयरको निर्देश

सड़क दखलमुक्त गर्ने मेयरको निर्देश

नगरनिगमको छेउको गल्लीमा रोटी र करी पसलहरूमा मानिसहरूको व्यापक भीड़ जम्मा हुन्छ। त्यसै भीड़को कारण सड़कमा आवतजावत गर्न मानिसहरूलाई समस्या भइरहेको छ। भीड़को वाहनहरू पार्किङ गर्दा सड़क अवरुद्ध भइरहेको छ। त्यसैको नजिक सिलगढ़ी गर्ल्स हाई स्कूल र सिलगढ़ी कलेज छन्। ट्राफिक जामले विद्यार्थीहरूले समस्या भोगिरहेका छन्। उक्त सड़कलाई दखलमुक्त गर्न मेयर गौतम देवले निर्देश दिएका छन्।बिहीवार नगरनिगम जाने क्रममा मेयरले सड़क अतिक्रमण गरिएको देखे। त्यसपछि नगरनिगमका अधिकारीहरूलाई साथमा लिएर तिनी त्यहाँ पुगे। सड़क अतिक्रमणबारे बोल्दै मेयरले भने, महत्त्वपूर्ण सड़कहरू कब्जा भइसकेका छन्। पसलमा आउनेहरूले मोटर साइकल–स्कूटर सड़कमै पार्किङ गर्छन्। त्यसो हुँदा सड़कमा आउजाउ गर्ने मानिसहरूलाई समस्या भइरहेको छ। अब सड़क…
Read More
पापिया घोष सहित ठूलो संख्यामा टीएमसी समर्थकहरू शहीद दिवस र्‍यालीमा भाग लिन कोलकाता प्रस्थान गरे 

पापिया घोष सहित ठूलो संख्यामा टीएमसी समर्थकहरू शहीद दिवस र्‍यालीमा भाग लिन कोलकाता प्रस्थान गरे 

२१ जुलाईमा कोलकातामा हुने शहीद दिवस र्‍याली कार्यक्रममा सहभागी हुन आज तृणमूलका नेता र समर्थकहरू कोलकाता प्रस्थान गरेका छन् । दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोष, पार्टीका महिला युवा कार्यकर्ता समर्थकहरू शुक्रबार एनजीपी स्टेशनबाट हल्दीबारी सुपरफास्ट एक्सप्रेसमा कोलकाता प्रस्थान गरे।सिलगढी टाउन ब्लक 3 INTTUC नयाँ जलपाईगुडी शाखाले 21 जुलाई को कार्यक्रममा जाने कामदारहरूको लागि मद्दत केन्द्र र टिफिनको व्यवस्था गरेको थियो। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोषले सहायता केन्द्रको उद्घाटन गर्नुभयो।  धेरै कार्यकर्ता र समर्थकहरू लाइनमा उभिए, टिफिन लिए र कोलकाताको धर्मतल्लातर्फ प्रस्थान गरे। सिलगढी नगरपालिकाका उपमेयर रञ्जन सरकार नयाँ जलपाईगुडी स्टेशन पुगेका थिए।
Read More
भाजपा अल्पसंख्यक सेलका जिल्ला इन्चार्ज सहित धेरै नेता र कार्यकर्ता तृणमूलमा सामेल भए

भाजपा अल्पसंख्यक सेलका जिल्ला इन्चार्ज सहित धेरै नेता र कार्यकर्ता तृणमूलमा सामेल भए

भाजपा अल्पसंख्यक सेलका जिल्ला इन्चार्ज सहित भाजपा अल्पसंख्यक सेलका धेरै नेता र कार्यकर्ता सोमबार पार्टी छोडेर तृणमूलमा सामेल भए। सोमबार तृणमूल जिल्ला कार्यालयमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।यस कार्यक्रममा तृणमूल जिल्ला अध्यक्ष तथा राज्यसभा सांसद प्रकाश चिक बराइक उपस्थित थिए, आज भाजपा अल्पसंख्यक सेल जिल्ला इन्चार्ज शाहजहान अली मियाँ सहित भाजपा नेताहरू तृणमूलमा उपस्थित थिए। राज्यसभा सांसद प्रकाश चिक बराइकले सबै नवनिर्वाचितहरूलाई तृणमूल पार्टीको झण्डा दिएर स्वागत गरे।
Read More
बंगालमा कानून र व्यवस्थाको अवस्था भयावह भएको छ, राज्यपालले सिलगढीमा भने

बंगालमा कानून र व्यवस्थाको अवस्था भयावह भएको छ, राज्यपालले सिलगढीमा भने

पश्चिम बंगालका गभर्नर सीवी आनन्द बोचोपराको भ्रमण गर्न सिलगढी पुगेका छन्।  आज दिल्लीबाट बागडोग्रा एयरपोर्ट पुगेपछि उनी सिलगढीको सर्किट हाउस पुगेका थिए । त्यहाँ पत्रकारसँग कुरा गर्दै उनले तृणमूल सरकारमाथि कडा प्रहार गर्दै बंगालमा कानून व्यवस्थाको अवस्था निकै भयावह भएको बताए ।राज्यपाल ने कहा कि राज्य का संवैधानिक प्रमुख हूं इस नाते लोगों को जीवन की रक्षा करना मेरा नैतिक दायित्व बनता है। 
Read More