28
Dec
भारतीय प्रधानमन्त्री मोदीका भाइ प्रह्लाद मोदी मंगलबार दिउँसो कर्नाटकको मैसुरु नजिकै भएको दुर्घटनामा घाइते भएका छन् । घटना मैसूरबाट १३ किलोमिटर टाढा काडकोला नजिक भएको हो। प्रह्लाद आफ्नो छोरा, बुहारी र नातिनीसँग एसयूभीमा बन्दीपुरा घुम्न गएका बेला डिभाइडरमा ठोक्कियो । चालक सहित पीडितहरूलाई मैसूरको जेएसएस अस्पतालमा सारिएको छ। प्रह्लाद मोदीका नातिको टाउकोमा सामान्य चोट लागेको छ । तर, उनी खतरामुक्त छन् । ट्विटरमा प्रसारित फोटोहरूमा कारको अगाडिको भागमा गम्भीर क्षति भएको र गाडीलाई बुलडोजरले टाढा सारिएको देखाइएको छ। यसैबीच प्रहरीका उच्च अधिकारी दुर्घटनास्थलमा पुगेका छन् । ६ दाजुभाइमध्ये प्रधानमन्त्री मोदी तेस्रो र प्रह्लाद चौथो छन् ।
