22
Jan
इजरायलको केयरगिभर क्षेत्र (स्याहारसुसार केन्द्र) मा जान रोकिएको नेपाली श्रमिकका लागि झन्डै ११ वर्षपछि बाटो खुलेको छ । आकर्षक सेवासुविधा र मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथि अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ देखि नेपाली जान रोकिएको थियो । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता कार्यान्वयन गर्न बिहीबार दुई देशबीच हस्ताक्षर भएपछि नेपालीका लागि बाटो खुलेको हो । प्रोटोकलमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका छन् । ‘श्रम सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा भएको हस्ताक्षरले श्रमिक पठाउने बाटो खोलेको छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले कान्तिपुरसँग भने,…
