29
Jan
अमेरिकामा राष्ट्रपति फेरिएसँगै काठमाडौंमा राजदूत बेरीले भेटवार्ता बढाएर मुख्य गरी इन्डो–प्यासिफिक स्ट्राटेजी, एमसीसी, तिब्बत मामिला र द्वन्द्वकालीन घटनालाई बढी चासो दिन खोजेको देखिन्छ ।अमेरिकामा नयाँ प्रशासन आएपछि नेपालले एमसीसी परियोजनामा प्रयास गर्नुपर्छ । नेपालले संसद् छैन भनेर अनुरोध गर्न सक्छ । परियोजना निर्माणलाई नेपाल सरकारले बजेटमा राखिसकेकाले अर्कै किसिमले अनुरोध पनि गर्न पाइयो । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले बुधबार नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा भेटे । माघ १२ गते सोमबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास, नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटार र कांग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ पुगेर भेटवार्ता गरे । त्यसअघि माघ ८ गते…
