29
Jan
नेपालको संविधानका मस्यौदारले संसद् जिउँदो जाग्दो अवस्थामा रहेको बताएका छन् । विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नै नराखिएको बताएका छन् । कानुन व्यवसायीसमेत रहेका निवेदक पोखरेलले भने, 'हामी निदाएको अवस्था हो । हामी १७ गते बिउँझिने थियौं । मृत्यु नै नभएको मान्छेलाई मृतक घोषणा गरिएको छ । संसद् जिउँदो-जाग्दो छ श्रीमान् । यो संविधानको मस्यौदाकारमध्ये म पनि हो । संसद् विघटनको कुरा कुरा कहीँ राखिएको छैन ।' नेकपा दाहाल-नेपाल पक्षका नेतासमेत रहेका पोखरेलले प्रधानमन्त्रीलाई कुनै पनि विषयमा प्रतिनिधिसभाले अप्ठ्यारो नपारेको बताएका छन् । 'प्रतिनिधिसभा जिँउँदै छँदै निदाइरहेको बेलामा जाग्ने १२ दिन अगाडि प्रधानमन्त्रीले मृत भयो भनेर घोषणा गर्नुभयो,' पोखरेलले भने । प्रधानमन्त्रीले संसद्प्रति उत्तरदायी…
