North-East

रुसी राष्ट्रपतिका अर्बपति साथीद्वारा उक्त सम्पत्ति आफ्नो भएको दाबी

रुसी राष्ट्रपतिका अर्बपति साथीद्वारा उक्त सम्पत्ति आफ्नो भएको दाबी

रुसी व्यापारी आर्काडी रुटन्बियर्गले कृष्णसागरको तटमा रहेको एउटा विलासी दरबारको मालिक राष्ट्रपति भ्लादिमिर पुटिन नभई आफू भएको बताएका छन्।राष्ट्रपति पुटिनका आलोचकले भने उक्त विशाल दरबार पुटिनकै भएको आरोप लगाएका छन्। क्रेम्लिनका कट्टर आलोचक एलेक्सी नभाल्नीले उक्त दरबारबारे बनाइएको भिडिओ सार्वजनिक गरेपछि त्यो छोटो समयमै रुसभरि भाइरल बनेको थियो।'पुटिनको दरबार' नाम दिइएको उक्त भिडिओ अहिलेसम्म १९ करोडभन्दा बढी पटक हेरिसकिएको छ।
Read More
तीन दिन हल्का हिमपात र वर्षा हुन सक्ने

तीन दिन हल्का हिमपात र वर्षा हुन सक्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाले यति बेला देशका पहाडी भू-भागमा बाहेक मौसम सामान्यतया सफा रहेको जनाएको छ । हाल पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभावले पहाडी भू-भागमा आंशिक बदली रहेको विभागको भनाइ छ ।    मंगलबार प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । यस्तै, तराईका भू-भागहरुमा हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ । मंगलबार राति सदूरपश्चिम प्रदेश र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च…
Read More
म्यानमारमा पुन: प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

म्यानमारमा पुन: प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सेनाले सत्ता कब्जा गरेको घटनाको निन्दा गर्दै त्यहाँ पुन: प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनले म्यानमारमा प्रजातन्त्र पुन:स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय एक हुनुपर्ने पनि बताएका छन् । ह्वाइट हाउस प्रवेश गरेपछि उनले अन्तर्राष्ट्रिय घटनालाई लिएर पहिलोपटक जारी गरेको लिखित विज्ञप्तिमा म्यानमार सेनाविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनीसमेत दिएका छन् । अमेरिका सधैं प्रजातन्त्रमाथि हुने आक्रमणको विरुद्धमा उभिने बाइडेनको भनाइ छ । म्यानमार सेनाले सोमबार त्यहाँको सत्तारूढ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) नेत्री आङ सान सुची, राष्ट्रपति विन मिन्टसहितका लोकतन्त्रवादी नेताहरूलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।
Read More
रुसमा चर्कियो प्रदर्शन

रुसमा चर्कियो प्रदर्शन

रुसको जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीका समर्थकहरूले देशव्यापी रूपमा प्रदर्शन चर्काएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबारका प्रदर्शनमा हजारौं व्यक्तिहरू सहभागी भएका छन् ।  विरोधमा सहभागी नाभाल्नी पत्नी युलियासहित कम्तीमा ४ हजार जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको अनुगमन संस्थाहरूले जनाएका छन् । ‘विरोधका क्रममा युलिया नाभाल्न्या पक्राउ परेकी छन्,’ नाभाल्नीको टिमले ट्वीटमार्फत जनाएको हो । बीबीसीका अनुसार राजधानी मस्कोमा प्रहरीले मेट्रो रेलका स्टेसनहरू बन्द गर्नुका साथै सहरको केन्द्रमा सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको छ । मस्कोमा कम्तीमा १ सय ४० जनालाई नियन्त्रणमा लिइएको छ । मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिइएको छ । विरोधका लागि मस्कोको केन्द्रमा सयौं प्रदर्शनकारी भेला भएपछि दंगा प्रहरीले केही मानिसहरूलाई सार्वजनिक बसमा…
Read More
भारतमा केन्द्रीय बजेट प्रस्तुत गरिँदै

भारतमा केन्द्रीय बजेट प्रस्तुत गरिँदै

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले सोमबार बिहान लोकसभामा आगामी आर्थिक वर्ष २०२१/२२ का लागि केन्द्रीय बजेट पेस गरिरहेकी छन् । कारोना महामारीका कारण थलिएको भारतीय अर्थतन्त्रको पुनरुत्थानका लागि बजेटले केकस्तो मार्ग चित्र तय गर्छ भन्नेमा सबैको चासो रहेको छ । त्यसो त वित्तमन्त्री सितारमणले बजेट अहिलेसम्म नयाँ हुने दाबी यसअघि नै गरिसकेकी छिन् । तर, कोरोनाका कारण शिथिल बनेको भारतीय अर्थतन्त्रलाई तीव्र गतिमा दौडाउन सहज भने छैन ।
Read More
कोभिड खोप गरिब देशलाई पनि उपलब्ध गराउन यस्तो छ योजना

कोभिड खोप गरिब देशलाई पनि उपलब्ध गराउन यस्तो छ योजना

द्रुत गतिमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोप वैज्ञानिक प्रगतिको क्षेत्रमा विशिष्ट उपलब्धि थियो।तर धनी देशहरूले खोपमा नियन्त्रण गर्ने र विपन्न देशहरू पछि पर्ने चिन्ताहरू व्यक्त भएका छन्। कोभ्याक्स नाम गरेको एउटा महत्त्वाकाङ्क्षी अन्तर्राष्ट्रिय अभियानले खोपहरू धनी वा गरिब सबैलाई समान ढङ्गले वितरण गर्ने लक्ष्य लिएको छ।
Read More
कोरोना भाइरसको महामारी नियन्त्रणबारे बोले चिनियाँ राष्ट्रपति

कोरोना भाइरसको महामारी नियन्त्रणबारे बोले चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरुको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताएका हुन् ।  राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए । उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरुसँग फोनवार्ता गरेका थिए ।  सो फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि…
Read More
कृत्रिम गर्भधारणबाट जन्मिएको सिंहको बच्चा

कृत्रिम गर्भधारणबाट जन्मिएको सिंहको बच्चा

सिङ्गापुरको चिडियाखानामा पहिलोपटक कृत्रिम गर्भधारणबाट सिंहको बच्चा जन्मिएपछि हर्ष बढाइँ गरिएको छ।तर त्यो डमरु (सिम्बा)ले कहिल्यै उसको बाबु (मुफासा)लाई भेट्न पाउने छैन किनभने उक्त वृद्ध सिंहलाई गर्भादान प्रक्रियापछि ब्युँताइएन।सिम्बा मुफासाको एक्लो छोरो हो। सँधै आक्रोशित रहने गरेको मुफाशाले कहिल्यै गर्भ रहने गरी सहवास गर्न सकेन।त्यसैले चिडियाखानाले विरलै प्रयोग गरिने कृत्रिम प्रक्रियामार्फत् उसको वंश जोगाउने प्रयत्न गर्‍यो। चिडियाखानाका एकजना प्रवक्ताका अनुसार कृत्रिम तरिकाबाट गर्भधारणका लागि उसको वीर्य 'इलेक्ट्रो इज्याकुलेशन' विधिबाट सङ्कलन गरिएको थियो। त्यसपछि आफ्ना जङ्गली दाजुभाइभन्दा ६ देखि १० वर्ष बढि बाँचिसकेको र कमजोर बनेको बूढो २० वर्षे सिंहलाई इच्छामरण गराइएको थियो।
Read More
इजलासमा संविधानका मस्यौदाकारले भने : संसद् जिउँदो-जाग्दो छ श्रीमान्

इजलासमा संविधानका मस्यौदाकारले भने : संसद् जिउँदो-जाग्दो छ श्रीमान्

नेपालको संविधानका मस्यौदारले संसद् जिउँदो जाग्दो अवस्थामा रहेको बताएका छन् । विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नै नराखिएको बताएका छन् । कानुन व्यवसायीसमेत रहेका निवेदक पोखरेलले भने, 'हामी निदाएको अवस्था हो । हामी १७ गते बिउँझिने थियौं । मृत्यु नै नभएको मान्छेलाई मृतक घोषणा गरिएको छ । संसद् जिउँदो-जाग्दो छ श्रीमान् । यो संविधानको मस्यौदाकारमध्ये म पनि हो । संसद् विघटनको कुरा कुरा कहीँ राखिएको छैन ।' नेकपा दाहाल-नेपाल पक्षका नेतासमेत रहेका पोखरेलले प्रधानमन्त्रीलाई कुनै पनि विषयमा प्रतिनिधिसभाले अप्ठ्यारो नपारेको बताएका छन् । 'प्रतिनिधिसभा जिँउँदै छँदै निदाइरहेको बेलामा जाग्ने १२ दिन अगाडि प्रधानमन्त्रीले मृत भयो भनेर घोषणा गर्नुभयो,' पोखरेलले भने । प्रधानमन्त्रीले संसद्प्रति उत्तरदायी…
Read More
बालक हत्याका अभियुक्त चार वर्षपछि पक्राउ

बालक हत्याका अभियुक्त चार वर्षपछि पक्राउ

वीरगन्ज महानगरपालिका– १२ राधेमाईका ९ वर्षीय बालक राजन पटेलको हत्यामा संलग्न रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ ।  २०७३ असोज २० को बिहान ६ बजे वीरगन्ज चिनिमिल आवास क्षेत्रभित्र रहेको झारपात सहितको पानी जमेको खाली ठाउँमा पटेल मृत अवस्थामा फेला परेका थिए । असोज १९ मा दसैं मेला हेर्न भनी उनी घरबाट निस्किएका थिए । लामो अनुसन्धानपछि प्रहरीले वीरगन्ज महानगरपालिका–१२ राधेमाई निवासी १९ वर्षीय रेयन महतो कम्करलाई राजन पटेलको हत्या गरेको अभियोगमा पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बालकको हत्याको कारण समलैङ्गिक सम्सर्ग हुन सक्ने र सोहीअनुसार अभियुक्तको आचरण व्यवहार समेतको सुक्ष्म…
Read More