कृत्रिम गर्भधारणबाट जन्मिएको सिंहको बच्चा

सिङ्गापुरको चिडियाखानामा पहिलोपटक कृत्रिम गर्भधारणबाट सिंहको बच्चा जन्मिएपछि हर्ष बढाइँ गरिएको छ।तर त्यो डमरु (सिम्बा)ले कहिल्यै उसको बाबु (मुफासा)लाई भेट्न पाउने छैन किनभने उक्त वृद्ध सिंहलाई गर्भादान प्रक्रियापछि ब्युँताइएन।सिम्बा मुफासाको एक्लो छोरो हो। सँधै आक्रोशित रहने गरेको मुफाशाले कहिल्यै गर्भ रहने गरी सहवास गर्न सकेन।त्यसैले चिडियाखानाले विरलै प्रयोग गरिने कृत्रिम प्रक्रियामार्फत् उसको वंश जोगाउने प्रयत्न गर्‍यो।

चिडियाखानाका एकजना प्रवक्ताका अनुसार कृत्रिम तरिकाबाट गर्भधारणका लागि उसको वीर्य ‘इलेक्ट्रो इज्याकुलेशन’ विधिबाट सङ्कलन गरिएको थियो।

त्यसपछि आफ्ना जङ्गली दाजुभाइभन्दा ६ देखि १० वर्ष बढि बाँचिसकेको र कमजोर बनेको बूढो २० वर्षे सिंहलाई इच्छामरण गराइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *