North-East

सुनुवाइ जारी राख्नुपर्ने पक्षमा सिनेटद्वारा मतदान

सुनुवाइ जारी राख्नुपर्ने पक्षमा सिनेटद्वारा मतदान

अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ।सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए। यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउनेछ।सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेका थिए।
Read More
उत्तराखण्डको बाढीमा मृत्यु हुने ३१ पुगे

उत्तराखण्डको बाढीमा मृत्यु हुने ३१ पुगे

भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा आइतबार हिमनदी फुटेर आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अधिकारीहरुका अनुसार अझै १ सय ५० भन्दा बढी बेपत्ता छन् । हिमपहिरोका कारण हिमनदी फुटेपछि आइतबार धौलीगंगा, अलकनन्दालगायत नदीमा पानीको वहाव ह्वात्तै बढेपछि दुइटा विद्युत् आयोजनाका ड्याम भत्केका थिए । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्‍याएको हो । बाढीका कारण पुल तथा सडक भत्किएका छन् । तपोवन विद्युत् आयोजनाको सुरुङभित्र कम्तीमा ३५ जना कामदार फसेका उद्धारकर्ताहरुले आशंका गरेका छन् । स्थानीयवासी ओम अग्रवालले तीव्र गतिको नदीको वहाव पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड…
Read More
म्यान्मार कू: निषेधाज्ञा तोड्दै विरोध प्रदर्शन जारी, प्रहरीद्वारा ‘बल प्रयोग’

म्यान्मार कू: निषेधाज्ञा तोड्दै विरोध प्रदर्शन जारी, प्रहरीद्वारा ‘बल प्रयोग’

म्यान्मारमा सोमवार राति कर्फ्यु घोषणा तथा पाँच जनाभन्दा धेरै एकै ठाउँमा भेला हुन नपाउने गरी सैनिक सरकारले लागु गरेको निषेधाज्ञाको राजधानी नेपिद्अ, प्रमुख व्यापारिक सहर याङ्गुन, मान्डलेसहित देशभरका प्रमुख सहरमा अवज्ञा भएको छ।हजारौँको सङ्ख्यामा म्यान्मारवासीहरू सडकमा उत्रेर सैनिक शासनको विरोध गरेका छन् र नेतृ आङ सान सू चीसहित सैनिक नियन्त्रणमा रहेका सबैको रिहाइको माग गरिहरेका छन्। सोमवार अपराह्नसम्म १३४ जना सैनिक नियन्त्रणमा रहेको भनिएता पनि सोमवार साँझदेखि मङ्गलवार अपराह्नसम्म पनि गिरफ्तारी जारी रहेकाले थप अधिकारकर्मी, नेता र प्रदर्शनकारी प्रहरी नियन्त्रणमा पुगेको प्रमुख पार्टी न्याश्नल लीग फर डेमोक्रेसी एनएलडीले जनाएको छ। गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ प्रतिशत मत ल्याए पनि…
Read More
राष्ट्रिय फुटबल खेलाडी अभिषेक आई-लिग क्लब ऐजवाल एफसीमा आबद्ध

राष्ट्रिय फुटबल खेलाडी अभिषेक आई-लिग क्लब ऐजवाल एफसीमा आबद्ध

नेपाली राष्ट्रिय फुटबल टिममा प्रतिभाशाली तथा महत्वाकांक्षी फरवार्ड अभिषेक रिजालले भारतको आईलिग क्लब ऐजवाल एफसीबाट खेल्ने भएका छन् । यससँगै उनी भारतको माथिल्लो डिभिजन खेल्ने अर्को नेपाली राष्ट्रिय खेलाडी भएका छन् । अभिषेकका मेन्टर रवीन्द्र चन्दका अनुसार ऐजवालले मार्चको अन्तिमसम्मका लागि उनलाई अनुबन्ध गरेको हो । उनी ६ महिना अगाडिसम्म भारतको दोस्रो डिभिजन क्लब मोहमडन एफसीमा आबद्ध थिए । उनले त्यस क्लबलाई आई लिगमा बढुवा गर्न मद्धतसमेत गरेका थिए । तर अभिषेकले आई लिगको नयाँ सिजनका लागि नयाँ क्लब रोजेका हुन् । अहिले अभिषक नेपाली राष्ट्रिय टिमको प्रशिक्षणको तयारीमा छन् । ऐजवाल मिजोरमको व्यावसायिक फुटबल क्लब हो । उत्तरी भारतबाट त्यहाँको माथिल्लो डिभिजनमा खेल्न पहिलो क्लब…
Read More
मौसम खुलेपछि घ्याम्पे डाँडाबाट यस्तो देखियो हिमश्रृंखला

मौसम खुलेपछि घ्याम्पे डाँडाबाट यस्तो देखियो हिमश्रृंखला

सोमबार उपत्यकाको मौसम केही खुलेपछि भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको आसपासको हिम श्रृंखलाहरु । पश्चिम न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका उच्च पहाडी र हिमाली भागमा शनिबार हिमपातसहित वर्षा भएको थियो । सामान्यतया काठमाडौं उपत्यकाबाट हिमालचुली, लाङटाङ, दोर्जेलाक्पा, गणेश, गौरिशंकर लगायतका हिमालहरु देखिने गरेका छन् । काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरि, फूलचोकीसहित नगरकोट क्षेत्रमा शनिबार हिउँ परेको थियो । जल तथा मौसम पुर्वानुमान महाशाखाले सोमबारदेखि मौसममा सुधार आउने अनुमान गरेको थियो । सहरीक्षेत्रमा हल्का तुँवालो भएपनि पनि सोमबार बिहान उपत्यकाको डाँडाहरुबाट हिमालहरु छर्लङ्गै देखिएको छ ।
Read More
चिडियाखाना सञ्चालन र तलबका लागि १५ करोड माग

चिडियाखाना सञ्चालन र तलबका लागि १५ करोड माग

कुनै बेला राजपरिवार र दरबारनिकटका व्यक्तिको रजगज रहेको वन्यजन्तु अनुसन्धानसम्बन्धी अग्रणी संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष (साबिकको महेन्द्र प्रकृति संरक्षण कोष) आर्थिक संकटमा परेको छ । कर्मचारी धान्न र चिडियाखानाका वन्यजन्तुलाई आहारा खुवाउनसमेत संकट परेको भन्दै कोषले सरकारसँग १५ करोड रुपैयाँ मागेको छ । कोष अर्धसरकारी संस्था हो । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना कोषले नै सञ्चालन गर्छ । कार्यकारी निर्देशक सिद्धार्थवज्र वज्राचार्यले करिब दुई महिनाअघि निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालेका बेला २५ करोड रुपैयाँ माग गर्दै वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पठाएका थिए । कोषले सरकारसँग समन्वय गर्ने निकाय वन तथा वातावरण मन्त्रालय हो । कोषको सञ्चालक समिति सदस्यसमेत रहेका मन्त्रालयका सचिव विश्वनाथ ओलीले बजेट…
Read More
उत्तराखण्डमा हिमनदी विस्फोट : ११ शव फेला, डेढ सयभन्दा बढी सम्पर्कविहीन

उत्तराखण्डमा हिमनदी विस्फोट : ११ शव फेला, डेढ सयभन्दा बढी सम्पर्कविहीन

भारत, उत्तराखण्डको चमोलीमा हिमनदी फुटेर धौलीगंगालगायत नदीहरूमा आएको बाढीमा बेपत्तामध्ये थप तीन जनाको शव फेला परेको छ । चमोली जिल्लाका सूचना अधिकृत रवीन्द्र सिंहका अनुसार सोमबार बिहानसम्म ११ जनाको शव बरामद गरिएको छ भने अझै १५३ जनाभन्दा बढी सम्पर्कविहीन छन् । उद्धार टोलीले आइतबार साँझसम्म बाढीले ल्याएको हिलो र लेदोमा पुरिएका आठ जनाको शव निकालेको थियो । तीमध्ये एक नेपाली रहेको सिंहले बताएका थिए । ती नेपालीको नाम र ठेगाना अझै पनि नखुलेको उनले जानकारी दिए । हालसम्म २५ जनाको जीवितै उद्धार गरिएको पनि सिंहले बताए । उत्तराखण्डको जोशी मठनजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाका रैनी र…
Read More
झगडा को कारणले एक जना मान्छे ले भाइलाई मार्छ

झगडा को कारणले एक जना मान्छे ले भाइलाई मार्छ

गुम्बाहट्टा कालेबुंगमा एउटा सानो बहसको कारण आफ्नो कान्छो भाइको हत्या गरेको आरोपमा बिहीबार राति ३५ वर्षीय एक मानिसलाई पक्राउ गरिएको थियो। जानकारीका अनुसार गत रात रितेश पंचकोटी र उनका भाइ जीवन पंचकोटी (३२) बीच झगडा शुरु भयो। रिसले चूर भई आरोपीले उसको कान्छो भाइलाई टाउकोमा हतौडाले हिर्काए र मारिदिए। प्रहरी स्रोतका अनुसार ती दुई दाजुभाइ आफैंमा बस्दै थिए। पछिल्लो रात दुबै बीच झगडा भएपछि जेठो दाइले रिसले चूर भएर आफ्नो कान्छो भाइको हत्या गरे। आरोपीलाई आज बिहान कालेबुंग जिल्ला पुलिसले पक्राउ गरी हिरासतमा लिएको थियो।
Read More
क्यापिटल हिंसापछि यसरी परिचालन गरियो सशस्त्र फौज

क्यापिटल हिंसापछि यसरी परिचालन गरियो सशस्त्र फौज

अमेरिकी संसद् भवनमा विध्वंस भएको एक सातापछि क्यापिटल भवनको निगरानी गरिरहेका न्याश्नल गार्डका सुरक्षाकर्मीका तस्बिरहरू भाइरल भएका छन्।तस्बिरहरूमा भवनको भित्र र बाहिर सुरक्षाकर्मीको व्यापक उपस्थिति देखिन्छ। जुन गतसाता विश्वव्यापी भएको संसद् भवनको अराजकताको तस्बिरभन्दा विपरीत दृष्य हो। वासिङ्टन डीसीमा शनिवारसम्म न्याश्नल गार्डका १०,००० सदस्य तैनाथ गरिने बताइएको छ।प्रहरी अधिकारीहरूले जो बाइडनको सपथ ग्रहणको दिन त्यो सङ्ख्या दोबर बनाइने जनाएका छन्।
Read More
प्रधानमन्त्रीबाट गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताविरोधी कति आशावादी

प्रधानमन्त्रीबाट गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताविरोधी कति आशावादी

नेपालको संसदीय इतिहासमा ऐतिहासिक रूपमा सबल उपस्थिति देखाउन सक्नेगरी कम्युनिस्ट पार्टी निर्माणको अगुवाइ गरेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अहिले दुई किनारमा पुगेका छन्। सडक सङ्घर्षमा ओर्लिएका प्रचण्ड र उनी पक्षका नेताहरूले सत्तामा रहेका ओलीमाथि वर्तमान संविधानमा प्रमुख तीन विशेषताहरू गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरोधमा गतिविधि गरेको आरोप लगाइरहेका छन्। प्रधानमन्त्री ओलीले केही दिनअघि पशुपतिनाथको मन्दिर पूजा गर्नु र आफ्नो पार्टीको सभा गर्न तत्कालीन राजदरबार रहेको नारायणहिटी अगाडिको दरबारमार्ग रोज्नुलाई कतिपयले उनी फरक बाटोमा हिँड्न खोजेको सङ्केतको रूपमा अर्थ्याएको पाइन्छ।
Read More