10
Feb
साढे दुई दशकसम्म बहसमै अल्झिएको गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम चरणमा पुगेको छ । कुनै अवरोध नआए अबको एक वर्षभित्र सुदूरपश्चिम प्रदेशमा पहिलो मेडिकल कलेज सुरु हुने भएको छ । ६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि भवनलगायत २७ वटा पूर्वाधार संरचनाको निर्माण सकिन लागेको हो । मेडिकल कलेज निर्माण परियोजनाका इन्जिनियर पवन रावलका अनुसार हालसम्म ४ अर्बका विभिन्न ठेक्का भई काम अन्तिम चरणमा पुगेको हो । अस्पताल, कलेज, प्रशासनिक भवन, निवासलगायत सातवटा प्याकेजअन्तर्गत भवन पूर्वाधार बनेका छन् । पर्खाल, ५ वटा निवास भवन, तटबन्धको पनि नयाँ टेन्डर भइसकेको निर्माण समितिका कार्यकारी निर्देशक भीम साउदले बताए । ‘अहिलेकै रफ्तारमा काम भयो भने अबको एक वर्षभित्र…
