04
Mar
नेपालका युवा वैज्ञानिकहरू देशमा अनुसन्धानको वातावरण र पूर्वाधार नभएकाे भन्दै असन्तुष्ट देखिएका छन् । राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी नेपाल (नयन) ले नेपाली युवा वैज्ञानिक तथा अध्येताहरूमाझ गरेको राष्ट्रिय स्तरको अनलाइन सर्वेक्षणले यस्तो औंल्याएको हो । सर्वेक्षणका सहभागीमध्ये ५४ प्रतिशतले अनुसन्धानका पूर्वाधारहरू जस्तै– प्रयोगशाला, उपकरण, सन्दर्भ सामग्रीहरूको पहुँच, ५२ प्रतिशतले संस्थाको व्यवस्थापन प्रणाली र पदीय उचनीच र ४८ प्रतिशतले रोजगारीसम्बन्धी सुविधाहरूको विषयमा असन्तुष्टि जनाएका थिए । ४५ प्रतिशतले आफूले रोजगारीको विकल्प खोज्न थालेको बताएका थिए । यद्यपि सर्वेक्षणका सहभागीहरूमध्ये ७२ प्रतिशतले प्राज्ञिक स्वतन्त्रता पाएको, ७५ प्रतिशतले काम गर्ने समय लचिलो भएको, ५४ प्रतिशतले रोजगारीको सुरक्षा रहेको भन्दै सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । युवा वैज्ञानिकका…
