युवा वैज्ञानिकहरू वर्तमान अनुसन्धानको वातावरण र पूर्वाधारप्रति असन्तुष्ट

नेपालका युवा वैज्ञानिकहरू देशमा अनुसन्धानको वातावरण र पूर्वाधार नभएकाे भन्दै असन्तुष्ट देखिएका छन् । राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी नेपाल (नयन) ले नेपाली युवा वैज्ञानिक तथा अध्येताहरूमाझ गरेको राष्ट्रिय स्तरको अनलाइन सर्वेक्षणले यस्तो औंल्याएको हो ।  

सर्वेक्षणका सहभागीमध्ये ५४ प्रतिशतले अनुसन्धानका पूर्वाधारहरू जस्तै– प्रयोगशाला, उपकरण, सन्दर्भ सामग्रीहरूको पहुँच, ५२ प्रतिशतले संस्थाको व्यवस्थापन प्रणाली र पदीय उचनीच र ४८ प्रतिशतले रोजगारीसम्बन्धी सुविधाहरूको विषयमा असन्तुष्टि जनाएका थिए । ४५ प्रतिशतले आफूले रोजगारीको विकल्प खोज्न थालेको बताएका थिए ।

यद्यपि सर्वेक्षणका सहभागीहरूमध्ये ७२ प्रतिशतले प्राज्ञिक स्वतन्त्रता पाएको, ७५ प्रतिशतले काम गर्ने समय लचिलो भएको, ५४ प्रतिशतले रोजगारीको सुरक्षा रहेको भन्दै सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

युवा वैज्ञानिकका लागि विद्यमान अनुसन्धान सहायताको वातावरण अपुग र अपर्याप्त रहेको पनि पाइएको छ । सर्वेक्षणमा सहभागीमध्ये धेरैजसोले आफूले काम गरेका संस्थाहरूबाट अनुसन्धान सहायता पाउने गरेको बताए पनि ६३ प्रतिशतले अपर्याप्त रहेको बताएका थिए । सर्वेक्षणका अनुसार नेपाली युवा वैज्ञानिकहरूले तीन वर्षमा औसत ३.५ वटा अनुसन्धान सहायताका निवेदन दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *