12
Mar
म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध बिहीबार अर्को मुद्दा लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारमा रहँदा सुचीले गैरकानुनी रूपमा ६ लाख अमेरिकी डलर र सुन लिएको आरोप लगाइएको हो । सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता सुचीविरुद्ध लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । यद्यपि, उनीविरुद्धको आरोपसम्बन्धी कुनै प्रमाण भने सार्वजनिक गरिएको छैन । सुचीले करिब साढे ६ लाख बराबरको सुन स्वीकार गरेकी सहायक रथी ज मिन तुनको दाबी छ । तुनले राष्ट्रपति विन मिन्ट र कैयौं मन्त्रीहरूलाई पनि भ्रष्टाचारको आरोप लगाएका छन् । यसअघि सुचीलाई गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको, आयातसम्बन्धी कानुन उल्लंघन गरेको लगायतका ४ वटा मुद्दा लगाइसकिएको छ । सेनाले…
