North-East

अमेरिकी प्रतिनिधि सभाले १. ९ ट्रिलियन कोविड राहत प्याकेजको अनुमोदन गर्यो

अमेरिकी प्रतिनिधि सभाले १. ९ ट्रिलियन कोविड राहत प्याकेजको अनुमोदन गर्यो

वाशिंगटन अमेरिकी प्रतिनिधिमण्डल (संसद) ले संयुक्त राज्यमा राष्ट्रपति जो बाइडेनको १. ९ ट्रिलियन राहत प्याकेजलाई वैश्विक महामारी कोरोना भाइरस (कोविड-१९) को प्रभावलाई रोक्नका लागि अनुमोदन गर्यो । स्रोतहरु अनुसार सबै प्रतिनिधिहरूले बुधबार राहत बिल स्वीकृत गरे। प्रतिनिधिसभामा यो बिल २११ को बिरूद्ध २२० मतले पारित भयो। बीबीसीले रिपोर्ट गरेको छ कि कुनै रिपब्लिकनले बिलको पक्षमा मतदान गरेन।वाइट हाउसका प्रवक्ता जेनेरल सेक्रेटरीले भने कि यो बिल सिनेटले पास गरिसकेको छ। अब यो राष्ट्रपतिलाई हस्ताक्षरका लागि पठाइनेछ र राष्ट्रपतिको हस्ताक्षर पछि यो शुक्रवार कानूनको रूप लिनेछ। यो छैटौ कोविड - १९ राहत बिल श्री बाइडेनको लागि ठूलो जीतको रूपमा देखिएको छ।
Read More
कृषि कानुनको विरोधमा भारतको राज्यसभा बैठक अवरुद्ध

कृषि कानुनको विरोधमा भारतको राज्यसभा बैठक अवरुद्ध

विपक्षी दलका सांसदहरूको अवरोधपछि भारतको माथिल्लो सदन राज्यसभाको बुधबारको बैठक स्थगित भएको छ । भारत सरकारले ल्याएका कृषिसम्बन्धी नयाँ कानुनहरूको विरोधमा विपक्षी दलका सांसदहरूले संसद्मा होहल्ला गरेका हुन् । सांसदहरूको अवरोधपछि बैठक मार्च १५ सम्मका लागि स्थगित गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सांसदहरूको अवरोधपछि राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले बैठक स्थगित गरेका हुन् । विपक्षी सांसदहरूले ती कानूनहरू तत्काल फिर्ता गर्न माग गरेका छन् । त्यसैगरी विपक्षी सांसदहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका विभिन्न विषयसमेत संसद्मा उठाएका छन् । यसअघि पनि उनीहरूले संसद् बैठक अवरुद्ध गरेपछि बुधबार मध्याह्न १२ बजेका लागि बैठक तय गरिएको थियो । भारतको राज्यसभामा अहिले बजेट अधिवेशनको दोस्रो सत्र चलिरहेको छ । गत सोमबारदेखि…
Read More
चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने

चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने

चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने घोषणा गरेका छन् । रुसी अन्तरिक्ष संस्था रोसकोस्मोसले चीनको नेसनल स्पेस एड्मिनिस्ट्रेसनसँग चन्द्रमाको सतह तथा बाहिरी कक्षमा अनुसन्धान सुविधाहरू विकास गर्नका लागि सहमति गरेको बीबीसीलेजनाएको छ । दुवै देशका अन्तरिक्ष निकायहरूद्वारा जारी एक विज्ञप्तिमा नयाँ बन्ने स्टेसन अन्य देशहरूले समेत प्रयोग गर्न सक्ने जनाइएको छ । रुसले पहिलो मानवयुक्त यान अन्तरिक्षमा पठाएको ६० औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेका बेला पछिल्लो योजना सार्वजनिक गरेको हो । दुई देशले निर्माण गर्ने इन्टरनेसनल साइन्टिफिक लुनर स्टेसनले चन्द्रमाको अध्ययन र उपयोग अनुसन्धानलगायत अन्तरिक्षसम्बन्धी विभिन्न काम गर्ने विज्ञप्तिमा उल्लेख छ । ‘चीन र रुसले अन्तरिक्ष विज्ञान, अध्ययन र विकासमा हासिल गरेको अनुभवका साथै…
Read More
भारतमा ‘निर्वाचित तानाशाही’ र अन्य समाचार

भारतमा ‘निर्वाचित तानाशाही’ र अन्य समाचार

स्वीडनस्थित भेराइटी अफ डिमोक्र्यासिज इन्स्टिट्यूटको एउटा प्रतिवेदनमा विश्वभरि सबैभन्दा ठूलो प्रजातन्त्रका रूपमा चिनिएको भारत अब "निर्वाचित तानाशाही"मा परिवर्तित भएको जनाइएको छ। सन् २०१४ मा भएको निर्वाचनमा हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले जितेपछि उसले हिन्दू राष्ट्रवादी एजेन्डा पछ्याएदेखि यो प्रक्रिया सुरु भएको प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदनमा भारतमा सञ्चारमाध्यम, प्राज्ञ एवं नागरिक समाजका स्वतन्त्रतालाई निकै हदसम्म कुण्ठित पारिएको जनाइएको छ। नरेन्द्र मोदी नेतृत्वको सरकारले आलोचकहरूको मुख बन्द गर्न देशद्रोह, मानहानि तथा प्रतिआतङ्कवादका कानुनहरूको सहारा लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारत सरकारले विगतमा यस्ता प्रतिवेदनहरूलाई खण्डन गर्ने गरेको छ। सिरियाको १० वर्षे द्वन्द्वको राजनीतिक समाधान फेला नपारिए उसले अपरिवर्तनीय हानि बेहोर्ने…
Read More
बेलायती राजदरबार भन्छ : ह्यारी-मेगनले अन्तर्वार्तामा उठाएको कुरामा गम्भीर र दु:खी छौँ

बेलायती राजदरबार भन्छ : ह्यारी-मेगनले अन्तर्वार्तामा उठाएको कुरामा गम्भीर र दु:खी छौँ

अमेरिकी टेलिभिजन सीबीएसले आइतबार प्रसारण गरेको ओप्रा विन्फ्रीसँग ह्यारी–मेगनको विशेष अन्तर्वार्ताले विश्व तरंगित भएपछि बेलायती राजदरबारले प्रतिक्रिया दिएको छ  । बेलायतको शाही निवास बकिंघम दरबारले विज्ञप्ति जारी गर्दै राजकुमार ह्यारी र उनकी पत्नी मेगनले अन्तर्वार्तामा उठाएको विषयवस्तु निकै 'चिन्ताजनक' भएको बताएको हो । बेलायती महारानी एलिजाबेथका तर्फबाट जारी गरिएको वक्त्वयमा अन्तर्वार्तामा उठाइएको विषयबस्तुमाथि दरबारले आफ्नै किसिमले सम्बोधन गर्ने जनाइएको छ । अन्तर्वार्तामा डचेस अफ ससेक्स मेगनले लगाएको सबैभन्दा ठूलो आक्षेपमा आफूहरूको जन्मिने बच्चा कति अश्वेत होला भन्ने कुराकानी शाही परिवारभित्र धेरै पटक भएको भन्ने छ । तर, अन्तर्वार्ताका क्रममा भने दुवैले राजपरिवारका कुन सदस्यले त्यस्तो अभिव्यक्ति दिएका थिए भन्ने खुलाएनन् । ३९ वर्षीय मेघनकी…
Read More
सिल्भालाई भ्रष्टाचार मुद्दामा सफाइ

सिल्भालाई भ्रष्टाचार मुद्दामा सफाइ

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । सिल्भालाई सर्वोच्च अदालतका एक न्यायाधीशले उनी निर्दोष रहेको फैसला गरेका हुन् । अदालतको फैसलासँगै सिल्भालाई आगामी राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ । सिल्भा ‘अपरेसन कार वास’ नामक घूस काण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो । वामपन्थी नेता लुला सन् २०१९ मा १८ महिनाको कैद सजायपछि रिहा भएका थिए । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एड्सन फचिनले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका हुन् । उक्त घूस काण्डमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए । यसअघि सिल्भालाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचिबाको अदालतलाई उनीविरुद्धका ४ वटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै…
Read More
त्रिवेन्द्रसिंहको राजीनामापछि तीरथसिंह उत्तराखण्डका मुख्यमन्त्री

त्रिवेन्द्रसिंहको राजीनामापछि तीरथसिंह उत्तराखण्डका मुख्यमन्त्री

भारतको उत्तराखण्ड राज्यको नयाँ मुख्यमन्त्री तीरथसिंह रावत बन्ने भएका छन् । मंगलबार मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएपछि भारतीय जनता पार्टीले तीरथसिंह रावतलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । विभिन्न व्यक्तिको नाम मुख्यमन्त्रीका लागि सिफारिस गरिए पनि बुधबार बसेको बीजेपी उत्तराखण्डको संसदीय दलको बैठकले तीरथसिंहको नाममा सहमति जुटाएको हो । तीरथसिंह फेब्रुअरी २०१३ देखि डिसेम्बर ३१ २०१५ सम्म उत्तराखण्ड बीजेपी प्रमुख पनि थिए । त्यस्तै उत्तराखण्ड विधानसभामा उनी २०१२ देखि २०१७ सम्म चौब्टाखालबाट सदस्य पनि थिए । ५६ वर्षीय तीरथसिंह अहिले गढवालबाट लोकसभा सदस्य छन् । त्रिवेन्द्रसिंहले राजीनामा दिएपछि केन्द्रीय मन्त्री रमेश पोखरियाल निशांक र उत्तराखण्डका मन्त्री धनसिंह रावतको नाम पनि सिफारिस…
Read More
इक्वेटोरियल गिनीमा शृंखलाबद्ध विस्फोटमा ९८ जनाको मृत्यु, ६१५ घाइते

इक्वेटोरियल गिनीमा शृंखलाबद्ध विस्फोटमा ९८ जनाको मृत्यु, ६१५ घाइते

अफ्रिकी देश इक्वेटोरियल गिनीको सैन्य शिविरमा भएका शृंखलाबद्ध विस्फोटमा कम्तीमा ९८ जनाको ज्यान गएको छ । सोमबार भएको विस्फोटमा कम्तीमा ६ सय १५ जना घाइते भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले देशको मुख्य सहर बाटामा कृषकहरूले बाली भित्र्याएपछिका ठुटा जलाएका र सैन्य शिविरमा विस्फोटक पदार्थ डाइनामाइटको भण्डारणमा भएको लापरबाहीका कारण घटना भएको जनाएका छन् । इक्वेटोरियल गिनीका राष्ट्रपति टियोडोरो ओबिआङ निङ्ग्यामाले विस्फोटका कारण सबैजसो भवन र घरहरू ध्वस्त भएको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका दृश्यहरूमा विस्फोटक पदार्थ विस्फोट भएसँगै धूवाँको बाक्लो मुस्लो उडेको देखिन्छ । विस्फोटपछि त्रसित मानिसहरू धूवाँको मुस्लोमाझ सुरक्षित स्थलतर्फ कुदेका टेलिभिजनका दृश्यहरूमा देखिन्छ । भग्नावशेषमा कैयौं मानिसहरू फसेका कारण…
Read More
बेलायती सांसदलाई भारतको चेतावनी

बेलायती सांसदलाई भारतको चेतावनी

आन्दोलनमा संलग्न भारतीय किसानको सुरक्षाप्रति चासो देखाएपछि भारतले बेलायती सांसदहरूलाई चेतावनी दिएको छ । बेलायतको विपक्षी दल लेबर, लिबरल डेमोक्रेट र स्कटिस नेसनल पार्टीका सांसदहरूले सोमबार भारतीय किसानको सुरक्षा र भारतमा प्रेस स्वतन्त्रताको अवस्थाबारे गम्भीर चासो व्यक्त गरेका थिए । सरकारले ल्याएका कृषि कानुनहरूको विरोधमा भारतीय किसानले करिब ४ महिनाअघिदेखि देशभर प्रदर्शन गर्दै आएका छन् । खासगरी पन्जाब, हरियाणा, उत्तरप्रदेश, राजस्थान, महाराष्ट्र, पश्चिम बंगाललगायत राज्यका किसानहरू सरकारले ल्याएका कानुन फिर्ताको माग गर्दै आन्दोलित भएका हुन् । नयाँ कानुनमा भएको कृषि उपजसम्बन्धी व्यवस्थाप्रति किसान संगठनहरूको आपत्ति छ । नयाँ कानुनले कृषकहरूले दर्ता भएका मन्डीबाहिर पनि आफूखुसी कृषिउपज बेच्न पाउनुपर्ने व्यवस्था गरेको छ । त्यसले राज्यभित्र र राज्यबाहिर…
Read More
रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल

रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल

सरकार र जनता समाजवादी पार्टीबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको छ । जसपा नेता लक्षमणलाल कर्णले चौधरीको रिहाइको विषयमा छलफल गर्न आफूहरु बालुवाटार पुगेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकमा एमालेसँग सत्ता सहकार्य गर्न कार्यदल बनाएको भन्ने विषय उठेपछि कर्णले सत्ता सहकार्यका लागि नभई चौधरीको रिहाइको विषयमा कुरा भएको बताए । ‘प्रधानमन्त्री ओलीका सल्लाहकार र नेताहरूले आफूहरू प्रधानमन्त्रीका प्रतिनिधि हौं । वार्ता गर्न आउनुस् भनेपछि गएका हौं । रेशम चौधरी लगायतका आन्दोलनका क्रममा जेलमा परेका नेता कार्यकर्ता रिहाइका लागि भनेर छलफल भएको हो,’ कर्णले इकान्तिपुरसँग भने । सत्ता सहकार्यबारे छलफल गर्न जसपामा कुनै कार्यदल गठन नभएको पनि कर्णले बताए । ‘सांसद…
Read More