North-East

चीनमा चौथो खोपलाई अनुमति

चीनमा चौथो खोपलाई अनुमति

चीनले कोरोना भाइरसविरुद्धको चौथो खोप प्रयोगका लागि अनुमति दिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको छ ।  केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले खोपलाई अन्तिम रूप दिएको हो । त्यसलाई अन्य नियामक निकायहरूले गत हप्ता आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए । चीनमा विकास गरिएका ४ खोप तीन संस्थाले विकास गरेका हुन् । त्यस कार्यमा अन्हुई झिफेई लंकम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान संलग्न छन् ।
Read More
बेलायतको जनगणनामार्फत पहिचान खोज्दै नेपाली

बेलायतको जनगणनामार्फत पहिचान खोज्दै नेपाली

बेलायतका नेपाली यतिखेर आफ्नो पहिचान स्थापित गर्न सामूहिक रूपमा जुटेका छन् । यूकेका ४ राज्यमध्ये इंग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा मार्च २१ मा हुने राष्ट्रिय जनगणनामार्फत् आफ्नो पहिचानका लागि बेलायतको नेपाली डायस्पोरा जुटेको हो । स्कटल्यान्डमा भने अर्को वर्ष सन् २०२२ मा मात्र जनगणना हुनेछ । बेलायतमा सन् १८०१ देखि सुरु गरिएको जनगणना हरेक १० वर्षमा हुन्छ । जनगणनामा नेपाली सहभागिताका लागि सेन्टर फर नेपाल स्टडिज यूके, एनआरएनए यूके, ग्रेटर रसमोर नेपलिज कम्युनिटी यूके, एनआरएनए यूके इंग्ल्यान्ड र वेल्स राज्य समन्वय परिषद्, डार्टफोर्ड नेपाली समाज यूकेलगायत विभिन्न नेपाली संघसंस्थाले अभियान नै सुरु गरेका छन् । जनगणना फारामको इथ्निक ग्रुप (जातीय समूह) भागमा ‘नेपाली’ र मुख्य…
Read More
खोप लगाउन ट्रम्पको आग्रह

खोप लगाउन ट्रम्पको आग्रह

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरेका छन् ।  एक अन्तर्वार्ताका क्रममा ट्रम्पले खोप सुरक्षित भएको जनाउँदै यसले ‘केही काम गर्ने’ बताए । ट्रम्प समर्थकहरूले अमेरिकामा खोप अभियानको विरोध गर्दै आएका छन् । आफ्नो कार्यकालमा कोरोना भाइरसको महामारीलाई हलुका रूपमा लिएको भन्दै पूर्वराष्ट्रपति ट्रम्पको कडा आलोचना भएको थियो । अमेरिकामा खोप अभियान सुरु भएसँगै अन्य पूर्वराष्ट्रपतिहरूले सबै अमेरिकीलाई खोप लिन आग्रह गरेका थिए । तर ट्रम्प यसबारे मौन बस्दै आएका थिए । ट्रम्प र उनी पत्नी मेलानियाले भने गोप्य तवरले गत जनवरीमा ह्वाइटहाउसमा खोप लगाएका थिए । ‘म खोप लिन सुझाव दिन्छु,’ फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘यो महान् खोप हो । यो…
Read More
अमेरिकामा गोलीकाण्ड, ८ मारिए

अमेरिकामा गोलीकाण्ड, ८ मारिए

अमेरिकी राज्य जर्जियाका तीन स्थानमा भएको गोली प्रहारमा कम्तीमा ८ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये ६ जना एसियाली महिला छन् । प्रहरीका अनुसार एट्लान्टाको उत्तरी क्षेत्रको एक मसाज पार्लरमा चार जना र दुइटा स्पामा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये चार जना आफ्नो देशका नागरिक भएको दक्षिण कोरियाले पुष्टि गरेको छ । अधिकारीहरूले तीनवटै घटनामा संलग्न रहेको आशंकामा एक २१ वर्षीय पुरुषलाई पक्राउ गरिएको बताएका छन् । घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । तर हालैका दिनमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलमा मानिस लक्षित अपराध बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत साता एसियाली…
Read More
भारतमा फेरि संक्रमण तीव्र

भारतमा फेरि संक्रमण तीव्र

खोप अभियान तीव्र पारिए पनि भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ८७१ नयाँ संक्रमित थपिएका छन् । जुन दैनिक संक्रमितको संख्यामा तीन महिनायताकै उच्च हो । आठ दिनयता हरेक दिन २० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् ।  यससँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १४ लाख ७४ हजार नाघेको छ । तीमध्ये १ करोड १० लाख ६३ हजारभन्दा बढी निको भइसकेका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ५२ हजार २ सय ६४ छ । पछिल्लो २४ घण्टामा कोरोनाले १७२ जनाको मृत्यु भएको छ । बिहीबार बिहानसम्म भारतमा कोरोनाले…
Read More

कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै : योगेश भट्टराई

काठमाडौँ — नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले कर्णाली प्रदेश सरकारप्रतिको समर्थन कायम रहेको बताएका छन् ।  ललितपुरमा बुधबारदेखि सुरु (खनाल-नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलाबारे ब्रिफिङ गर्न आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अहिलेसम्म समर्थन फिर्ता नभएको प्रस्ट पारेका हुन् । 'कर्णाली प्रदेशमा एमाले र माओवादीको सरकार छ । त्यो सरकारप्रतिको समर्थन अहिलेसम्म कायम रहेको छ ।' कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही छन् । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा दलको…
Read More

‘महिलालाई टेबलमा राखेर मात्र हुँदैन, लिडरको रुपमा अगाडि बढाउनुपर्छ’

काठमाडौँ — प्रसूति गृह तथा परोपकार अस्पतालकी निर्देशक डा. संगीता मिश्राले महामारीका बेला निजी अस्पतालले बिरामी भर्ना नलिँदा सरकारी अस्पतालले सेवा दिएको बताएकी छिन् ।  कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिक पत्रिकाले आयोजना गरेको कार्यक्रम 'निर्भीक नारी'को 'महामारीमा नारी' सत्रमा बोल्दै उनले भनिन्, 'महामारीका बेला कोसी तथा प्रसूति गृहमा काम गर्ने मौका मिल्यो । उदयपुर हटस्पट भइरहेको बेला पनि प्रसूति गृहले बिरामी भर्ना लिइ उपचार सेवा दिएको छ ।' उनले महामारीका बेला नै कोसी अस्पतालको पहिलो महिला मेडिकल सुपरिटेन्डेट बन्ने मौका पाउँदा १० दिनमै कोभिड अस्पतालको नयाँ सेटअप सुरु गरी सेवा दिएको अनुभव बाँडिन् । महामारीमा महिला र पुरुषलाई फरक व्यवहार गरिएको उनको भनाइ…
Read More
कक्षा १२ का विद्यार्थी हराइरहेकी, आमा सहयोगको लागि पुलिस स्टेशन पुग्नुभयो

कक्षा १२ का विद्यार्थी हराइरहेकी, आमा सहयोगको लागि पुलिस स्टेशन पुग्नुभयो

हराएको छोरीको खोजीका लागि एउटी आमाले पुलिसलाई सम्पर्क गरिन। घटना पश्चिम बंगालको जलपाईगुडी जिल्लाको हो। जानकारीका अनुसार, जलपाईगुडी नगरपालिकाको सात नम्बर वार्डको भाटिया बिल्डिंग क्षेत्रमा बस्ने १२ कक्षाका विद्यार्थी शीशा कामती ११ मार्च दिउँसो घर छोडेर गए। १७ वर्षीया शीशा कामतीले जलपाईगुडी सोनाली बालिका उच्च विद्यालयमा अध्ययन गर्छिन्, शीशाको आमा रिन्के कामतीले भने कि उनको बेपत्ता भएपछि उनलाई विभिन्न स्थानमा खोजी गरिएको थियो तर अहिलेसम्म कुनै सबुत् भेटिएन। जे होस्, उसले जलपाईगुडी कोतवाली पुलिस स्टेशनमा हराएको व्यक्तिको गुनासो दर्ता गरेको छ र प्रहरीको सहयोगको लागि बिन्ती गरेको छ। साथै, उनले भने कि उनकी छोरी मोबाइलमा बढी समय व्यस्त रहन्छिन्। यसका…
Read More
मालदा: घर निर्माणको विवादमा एकै परिवारका चार जना घाइते

मालदा: घर निर्माणको विवादमा एकै परिवारका चार जना घाइते

घर बनाउने बारेमा विवादमा छिमेकीहरूले आक्रमण गरे र एकै परिवारका चार सदस्यलाई घाइते बनाए। बुधवार बिहान माल्दा जिल्लाको रतुवा पुलिस स्टेशनको चन्दपुरको रुहिमा क्षेत्रमा भएको घटनापछि उक्त क्षेत्रमा ठूलो तनाव छ। घाइतेहरुलाई मालदा मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। प्रहरी स्रोतका अनुसार घाइतेहरुको नाम दुलाल शेख (४५), अब्दुल खलिक (५५), हरत अली (१८ ) र सुरिया खातुन (१२) रहेको छ। अर्कोतर्फ, सबै आक्रमणकारीहरूलाई कांग्रेस कार्यकर्ताका रूपमा वर्णन गरिएको छ। पीडित परिवारको तर्फबाट निजामुल मियाँ, मुस्तफा शेख र तिनका साथीहरू विरुद्ध रत्तु प्रहरी चौकीमा लिखित रिपोर्ट् दर्ता गरिएको छ। आक्रमणमा घाइते दुलाल शेखले भने कि उनीहरूले घर बनाउनको लागि उनीहरूको जमिनबाट…
Read More
फिलिपिन्समा कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

फिलिपिन्समा कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा अनुमतिमा लगाइएको समाचारमा जनाइएको छ ।सरकारले मंगलबार राति सो सूचना जारी गरेको छ । उक्त सूचनामा विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने बताइएको छ । यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिनेछ । सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि एक कार्यदल बनाइएको छ ।सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन…
Read More