North-East

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना सङ्क्रमण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना सङ्क्रमण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा सङ्क्रमणको पुष्टि भएको बताउनुभएको छ ।६८ वर्षीय प्रधानमन्त्री खान हाल “आबासमै अलग्गिएर बस्नुभएको” स्वास्थ्य मन्त्री फैसल सुल्तानले ट्वीटरमा साझा गर्नुभएको छ । राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान समेत रहनुभएका इमरान खान सन् २०१८ को अगष्टमा चुनाब जितेर प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । दुई दिन अघि मात्रै उहाँले कोभिड १९ विरुद्धको खोप लगाउनुभएको बीबीसीले उल्लेख गरेको छ।महामारीमा पाकिस्तानमा छ लाख २३ हजार १३५ जना सङ्क्रमित भएका छन् । १३ हजार ७९९ जना सङ्क्रमितको मृत्यु भएको छ ।
Read More

चन्दले भने– जुन र घामको भेट हुँदो रहेछ

काठमाडौँ — नेकपाका महासचिव नेत्रविक्रम चन्दले तीन बुँदे सहमतिपत्र कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै महासचिव चन्दले सहमतिपत्रमा प्रतिबद्ध रहेको बताएका हुन् । ‘तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौं । यसलाई पालना गर्छौं । दृढतापूर्वक भन्छौं यहाँ कसैले पनि आशंका या विभिन्न ढंगले उत्तेजनात्मक कुर्तक गर्न जरुरी छैन,’ चन्दले भने । नेपाली समाज रुपान्तरण प्रक्रियामा अगाडि बढेको भन्दै चन्दले सरकारसँगको सहमतिलाई जुन र घामको भेटसँग तुलना गरे । ‘एउटा गीत छ, यो कस्तो प्रेम भयो जुन र घामको जसो कहिल्यै भेट नहुने’ भने जस्तो । जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइन्छ । हामी त्यस्तैत्यस्तै हुन थालेको जस्तो मान्छेले…
Read More
जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प

जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प

जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मियागी प्रान्तमा शनिबार भूकम्प गएपछि स्थानीय अधिकारीहरुले सुनामीको चेताबनी जारी गरेका छन् ।भूकम्प गए लगत्तै करीब एक मिटरमाथिको सुनामीको तरङ्ग उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । अधिकारीहरुले तात्कालै कुनै क्षतिको बिवरण आइनसकेको जनाएका छन् । भूकम्पपछि करीब दुई सय घरमा विद्युत आपूर्ति बन्द भएको छ ।जापानको मौसम विभागले स्थानीय समयानुसार साँझ छ बजेर नौ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको उल्लेख गरेको छ । मियागी क्षेत्रमा रहेको सागरको ६० किलोमिटर गहिराइ भूकम्पको केन्द्र मापन गरिएको जनाइएको छ । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा मियागी प्रान्तकै सेन्डै शहरमा भूकम्प जाँदा करीब…
Read More
आइसल्यान्डमा ज्वालामुखी विस्फोट

आइसल्यान्डमा ज्वालामुखी विस्फोट

आइसल्यान्डमा ज्वालामुखी विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइसल्यान्डको राजधानी रिक्याभिकको दक्षिण पश्चिममा रहेको रेकानस प्रायद्वीपमा शुक्रबार ज्वालामुखी विस्फोट भएको हो ।  ज्वालामुखी विस्फोटका कारण ५ सयदेखि ७ सय मिटरसम्म लामो धाँजा फाटेको आइसल्यान्डको मौसम विभागले जनाएको छ ।ज्वालामुखी विस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटरको दूरीमा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । आइसल्यान्डको मौसम विभागका अनुसार रेकानसमा यसअघि करिब ८ सय वर्षअघि ज्वालामुखी विस्फोट भएको थियो । पछिल्ला तीन हप्तामा आइसल्यान्डमा ४० हजारभन्दा बढी भूकम्प गइसकेको छ । ज्वालामुखी विस्फोटबाट तत्काल नजिकका बस्तीमा रहेका मानिस र भौतिक संरचनामा क्षति नपुग्ने पनि आइसल्यान्डका अधिकारीले बताएका छन् । यो…
Read More
अमेरिकी रक्षामन्त्रीको भारत भ्रमण : स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड

अमेरिकी रक्षामन्त्रीको भारत भ्रमण : स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड

भारत र अमेरिकाले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रमा जोड दिएका छन् । भारत भ्रमणमा रहेका अमेरिकाका रक्षामन्त्री लायड अस्टिन र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीचको भेटमा दुवै पक्षले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड दिएका हुन् । अस्टिन र सिंहबीच सैन्य र रक्षा साझेदारीलाई थप फराकिलो गर्दै जाने समझदारी पनि बनेको छ ।  तीन दिने भारत भ्रमणका क्रममा दोस्रो दिन शनिबार अस्टिन र भारतीय समकक्षी सिंहबीच एक घन्टा लामो भेटवार्ता भएको थियो । दुई देशका उच्च अधिकारीसहितको उक्त भेट विशेषगरी सैन्य साझेदारी विस्तार र हिन्द–प्रशान्त रणनीति, सैन्य साझेदारी र चीनका विषयमा केन्द्रित रहेको बताइएको छ । ‘बैठक निकै बृहत् र…
Read More

शान्तिपूर्ण राजनीतिमा फर्कियो चन्द समूह

सहमतिपत्रमा उल्लेख नभएका विषयमा विवाद देखिए संवादबाटै समाधान गर्ने प्रतिबद्धताएउटै निर्णयले जनताको मन जित्नुभयो : ओलीअब जनमतबाटै लक्ष्य हासिल गर्नेछौँ : चन्द राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित समारोहमा सरकार र चन्द समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमतिमा दुई पक्षबीच देशको राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, चन्द समूहले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, जेलमा रहेका उसका नेता–कार्यकर्ता रिहा, गतिविधिमा प्रतिबन्ध फुकुवा र मुद्दा खारेज गर्ने सहमति भएको हो । सबैको चासो रहेको चन्द समूहसँग भएका भनिएका हतियारबारे भने सहमतिपत्र मौन छ । सहमतिपत्रपछिको सम्बोधनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव चन्दले यसबारे केही उल्लेख गरेनन् । सहमतिपत्रमा उल्लेख…
Read More
नेपाल की सत्तारूढ़ पार्टी CPN-UML के धड़ों में बढ़ा टकराव, PM ओली की चिंता बढ़ीं

नेपाल की सत्तारूढ़ पार्टी CPN-UML के धड़ों में बढ़ा टकराव, PM ओली की चिंता बढ़ीं

नेपाल के प्रधानमंत्री केपी शर्मा ओली ने पार्टी में अपने प्रतिद्वंद्वी धड़े की बुधवार को शुरू हो रही राष्ट्रीय सभा में भाग लेने वालों के खिलाफ अनुशासनात्मक कार्रवाई करने की चेतावनी दी है, जिसके बाद सत्तारूढ़ सीपीएन-यूएमएल टूटने के कगार पर नजर आ रही है। द हिमालयन टाइम्स के अनुसार, माधव कुमार नेपाल और झाला नाथ खनाल के नेतृत्व वाले कम्युनिस्ट पार्टी ऑफ नेपाल-यूएमएल में ओली के प्रतिद्वंद्वी धड़े ने दो दिवसीय राष्ट्रीय काडर सभा आयोजित की है, जिसमें पार्टी की सभी शाखाओं के करीब 2,000 नेता और काडर के भाग लेने की संभावना है। ओली के नेतृत्व वाले धड़े ने नेपाल-खनाल धड़े…
Read More
भारतमा एकैदिन ४० हजार संक्रमित थपिए

भारतमा एकैदिन ४० हजार संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् । गत बुधबार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार ७२६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताको नै सबभन्दा बढी हो । भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या एक करोड १५ लाख १४ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल संक्रमितमध्ये दुई लाख ७१ हजार २८२ जना अहिले पनि संक्रमित अवस्थामै  छन् भने कुल…
Read More
तिब्बतमा ६.१ म्याग्निच्युडको भूकम्प

तिब्बतमा ६.१ म्याग्निच्युडको भूकम्प

चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६ः१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २:४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराइमा रहेको थियो ।उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
Read More
सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनुभएको छ । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नुभएको छ । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति हुनुभएको हो । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बन्नुभएको हो ।हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिनुभएको छ । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्नुहुनेछ । सो अवधि सन् २०२५ सम्म रहनेछ ।पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो…
Read More