North-East

कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार, दश जनाको मृत्यु

कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार, दश जनाको मृत्यु

एक जना बन्दूकधारीले अमेरिकाको कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार गरेपछि दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकृतसमेत छन् ।अमेरिकाकै एटलान्टा क्षेत्रमा गोली हानी आठ जनाको हत्या गरिएको घटना सेलाउन नपाउँदै कोलाराडोको किंग सूपर्स स्टोरमा अन्धाधुन्ध गोली प्रहारमा दश जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । गोली प्रहार गरेको आरापमा एक जना आशंकित पक्राउ गरिएको छ । सीएनएनका अनुसार बौल्डरका प्रहरी प्रमुख मैरिस हेरोल्डले एकजना आशंकित पक्राउ गरिए पनि कुन प्रकारको हतियार प्रयोग भएको तथा घटनाको कारणबारे खुलाउनुभएन ।
Read More
दक्षिण कोरियाली राष्ट्रपतिले एस्ट्राजेनिकाको खोप लगाउनुभयो

दक्षिण कोरियाली राष्ट्रपतिले एस्ट्राजेनिकाको खोप लगाउनुभयो

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउनुभएको दक्षिण कोरियाली राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उहाँले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाउनुभएको हो । उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो ।सो खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखापरेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो । तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा सो भने सो खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो ।राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर सो खोप लगाउनुभएको यहाँका टेलिभिजनहरुले देखाएका सो समाचारमा जनाइएको छ ।राष्ट्रपति…
Read More
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघ्यो

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।सोही अवधिमा ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये तीन लाख ४५ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै छन् भने कुल एक करोड ११ लाख ८१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् ।भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ८०…
Read More
इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव

इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव

इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ ।चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् । इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उहाँले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गर्नुभएको छैन । उहाँमाथिका…
Read More
कोरोना भाइरस: मैले किन कोभिडसँग लड्दाको जोखिमपूर्ण क्षण सार्वजनिक गर्ने निर्णय गरेँ

कोरोना भाइरस: मैले किन कोभिडसँग लड्दाको जोखिमपूर्ण क्षण सार्वजनिक गर्ने निर्णय गरेँ

गत वर्ष सेप्टेम्बरमा ब्रजिलकी ३८ वर्षीया दन्त चिकित्सक र्‍याकेल ट्रिभिजी कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना भइन्। नियमित व्यायाम गर्ने र पुरानो रोग नभएका कारण उनलाई लागेको थियो कि उनलाई कोभिडले धेरै खराब गर्दैन। तर उनको अवस्था बिग्रँदै गयो। "कसैले पनि कहिल्यै सोचेको थिएन कि कोभिडका कारण यस्तो खालको जटिलता आउँछ। मेरो स्वास्थ्य राम्रो थियो र स्वस्थ रहन्थेँ।" "तर कोरोनाभाइरसले फरक तरिकाले असर गर्छ। यो रोग एकदमै जटिल हो," कोरोनाभाइरसले उनको फोक्सोमा नराम्रोसँग असर गरेको थियो। एउटा निजी अस्पतालमा उनी भर्ना भइन् जहाँ उनलाई सघन उपचार कक्ष आईसीयूमा राखियो र श्वासप्रश्वास सहज बनाउन मुखमा नली हालियो। आईसीयूमा राखिएको दोस्रो दिन…
Read More
यमन द्वन्द्व: साउदी अरेबियाले अघि सार्‍यो शान्ति योजना

यमन द्वन्द्व: साउदी अरेबियाले अघि सार्‍यो शान्ति योजना

यमनमा भएको झण्डै छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाले एउटा नयाँ शान्ति योजना प्रस्ताव गरेको छ। उसले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ। यो प्रस्तावमा राजनीतिक वार्ता सुरु गर्न र महत्त्वपूर्ण हवाई तथा जलमार्ग पुन: खोल्ने विषय पनि समेटिएको छ। यमन सरकार र संयुक्त राष्ट्रसंघले यो योजनाको स्वागत गरेका छन्। यो प्रस्तावको घोषणा साउदी राजधानी रियादमा विदेशमन्त्री फैसल बिन फरहानले गरेका हुन्। उनले यमनको ठूलो भूभागलाई नियन्त्रणमा लिएको हुथीहरूलाई यो प्रस्ताव स्वीकार गर्न आह्वान पनि गरे। उनले हुथीहरूले स्वीकार गर्ने बितिक्कै युद्धविराम कार्यान्वयनमा जाने पनि बताए।…
Read More

२८ वर्षअघि बम्बईको कोठीमा महिला बेचेको आरोपमा पक्राउ

काठमाडौँ — प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले २८ वर्षअघिको महिला बेचबिखनको घटनामा भक्तपुरको सुडालबाट रामशरण पण्डितलाई पक्राउ गरेको छ । २०४९ सालतिर ठमेल क्षेत्रमा होटल तथा लजका निम्ती गाडी चलाउने रामशरणले त्यतिबेला बालाजु क्षेत्रका २० वर्षमुनिका दुई युवतीलाई बम्बईको कोठीमा ३५ हजार भारुमा बेचेको अभियोग छ । हिराको अवैध ओसारपसारको काममा लगाइदिने र एक पटक हिरा लुकाइछिपाई हिराको सिमापार गराएबापत ६ हजार भारु पाइने प्रलोभनमा पारेर उनले ती युवतीलाई बम्बई पुर्‍याएका थिए । बाध्यात्मक रुपमा यौन गतिविधिमा परेकी किशोरीले ६ महिनापछि एक पंजाबी मुलका ग्राहकमार्फत काठमाडौंमा रहेका आफ्ना मामालाई आफ्नो अवस्था बताएर पत्रचार गर्न सफल भएकी थिइन् । युवतीका मामाले पत्र पाएलगत्तै भारतीय प्रहरीमार्फत…
Read More

२४ घण्टामा नेपालमा थपिए १५० कोरोना संक्रमित, ३ को मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ । पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ । हालसम्म देशभर २२ लाख ४० हजार ९ सय…
Read More
मनोज वाजपेयी, धनुष र कंगनालाई भारतको नेसनल अवार्ड

मनोज वाजपेयी, धनुष र कंगनालाई भारतको नेसनल अवार्ड

हरेक वर्ष प्रदान गरिने भारतको नेसनल फिल्म अवार्डमा यस वर्ष हिन्दी फिल्मका कलाकार मनोज वाजपेयी र तमिल फिल्मका कलाकार धनुषले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । वाजपेयीलाई 'भोंसले' र धनुषलाई 'असुरन' फिल्मका लागि उत्कृष्ट ठहर्‍याइएको हो । अभिनेत्रीमा भने हिन्दी फिल्म 'मणिकर्णिका' र 'पंगा'का लागि कंगना रनावत उत्कृष्ट घोषित भइन् । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको फिल्म 'छिछोरे' उत्कृष्ट हिन्दी फिल्म घोषित भयो । अवार्ड घोषणा गत मे महिनामा नै गर्ने तयारी थियो । तर कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो । तमिल फिल्म 'सुपर डिलक्स'का लागि विजय सेतुपतीले सहअभिनेता र 'तास्कन्द फाइल्स' का लागि पल्लवी जोशीले सहअभिनेत्रीको अवार्ड पाइन् । प्रियदर्शनले निर्देशन गरेको मलयाली फिल्म 'मरक्कर लायन…
Read More
युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ ।पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्ध लगाइएका छन् । अधिकांश पसल बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ । कोभिड–१९ फैलिन नदिने भन्दै सरकारहरुले लगाएका प्रतिबन्धको विरोधमा युरोपका विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन् । जर्मनीको कासेल शहरमा क्रुद्ध प्रदर्शनकारीको ठूलो समूह सडकमा आएको थियो । प्रहरी र प्रदर्शनकारीबीच त्यहाँ झडप पनि भएको छ । यसबाहेक लिस्टल, स्वीट्जरल्यान्ड…
Read More