North-East

ब्राजिलका सेना, नौसेना र हवाई सेनाका प्रमुखहरुको एकसाथ राजीनामा

ब्राजिलका सेना, नौसेना र हवाई सेनाका प्रमुखहरुको एकसाथ राजीनामा

ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनुभएको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उहाँहरुले राजीनामा दिनुभएको छ ।राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक सङ्कट जेलिरहेका यस अवस्थामा पुनः सेनातर्फका तीन ओटा उच्च पदबाट राजिनामा आएको समाचार जनाइएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य हुनु भएको थियो । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिनुभएको भोलिपल्टै सेना,…
Read More
कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओको प्रतिवेदन सार्वजनिक

कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओको प्रतिवेदन सार्वजनिक

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको उत्पत्तिबारे अहिले नै निष्कर्षमा पुग्ने बेला नभएको बताएका छन् । मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको उत्पत्तिबारे अझै गहन अध्ययन आवश्यक रहेको बताएका हुन् । 'कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएको हो/होइन भन्ने कुराको निष्कर्षमा पुग्न अझै गहन अध्ययन आवश्यक छ,' उनले भने ।महानिर्देशक गेहब्रेयससले भने, ' चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको हो भन्ने कुरा सत्य हुने सम्भावना निकै कम रहेको छ । बिना गहन अध्ययन यसका बारेमा केही भन्नु ठीक हुँदैन ।' उनले अगाडि भने, ‘यो रिपोर्ट महत्वपूर्ण छ तर यो अन्त्य होइन । हामीले भाइरसको…
Read More
दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध

दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताउनुभएको हो ।उहाँले मंगलबार राति गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी गराउनुभएको हो । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ । यसैकारणले मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ । इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि…
Read More
दिल्लीमा आयोजित ताइक्वान्डो प्रतियोगितामा जलपाईगुडी खेलाडीहरूले गोल्ड जलपाईगुडी जिते।

दिल्लीमा आयोजित ताइक्वान्डो प्रतियोगितामा जलपाईगुडी खेलाडीहरूले गोल्ड जलपाईगुडी जिते।

जलपाईगुडीको खेलाडीहरूले राष्ट्रिय स्तरमा आयोजित ताइक्वान्डो प्रतियोगितामा विजयी भएर सम्पूर्ण राज्यको नाम कमाएका छन्। पश्चिम बंगालको पंद्रह जना खेलाडीले राजधानी दिल्लीमा आयोजित ताइक्वान्डो प्रतियोगितामा भाग लिएका थिए। ती मध्ये सात खेलाडी जलपाईगुडीको दादा भाई कोचिंग सेन्टरका हुन्। यो राष्ट्रिय स्तरको प्रतियोगिता १ को देखि २१ मार्चसम्म दिल्लीमा आयोजित थियो। प्रतियोगितामा पश्चिम बंगालको १ जना खेलाडीले भाग लिएका थिए। पाँच खेलाडीले स्वर्ण र कांस्य पदक जितेका थिए। पश्चिम बंगालका कनिष्ठ खेलाडीमध्ये दादाभाई कोचिंग सेन्टरका विद्यार्थीले स्वर्ण पदक जितेका थिए। दादा भाई कोचिंग सेन्टरका सचिव तपन बनर्जीले खेलाडीको सफलताप्रति खुशी व्यक्त गरे।
Read More
ब्रजिलका सेना, नौसैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा

ब्रजिलका सेना, नौसैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा

राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक सङ्कट जेलिरहेका बेला ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्। राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ। सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न बोल्सोनारु बाध्य भएका थिए। कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ। दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारुले क्वारन्टीनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन्। जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव कोरोनाभाइरसको भन्दा पनि नराम्रो हुने उनको तर्क रहिआएको छ। कोरोनाभाइरसका कारण उत्पन्न स्थितिलाई लिएर "हल्ला बन्द गर्न" पनि बोल्सोनारुले आफ्ना नागरिकलाई भन्ने गरेका छन्। ब्रजिलमा…
Read More
त्रिपुरामा ८० किमी लामो राष्ट्रिय राजमार्ग खण्ड

त्रिपुरामा ८० किमी लामो राष्ट्रिय राजमार्ग खण्ड

एनएच २०८  का लागि कैलाशहर देखि खोवाई सम्मको ८० किलोमीटरको राष्ट्रिय राजमार्ग खण्डको लागि फाउंडेशन स्टोन लगाउने समारोह जापान इंटरनेशनल कोऑपरेशन एजेंसी (जेआईसीए) को मार्फत नॉर्थ ईस्ट रोड नेटवर्क कनेक्टिविटी इम्प्रूवमेंट प्रोजेक्ट चरण ४ लाई वित्त पोषित गरेर वरचुवलि आयोजित गरियो। यो कार्यक्रम माननीय प्रधान मंत्री श्री नरेंद्र मोदी त्रिपुरा को माननीय राज्यपाल श्री रमेश बैस सर्बानंद, र अन्य भारतीय गणमान्य व्यक्तिहरु को उपस्थिति मा आयोजित गरियो । एनएच २०८ कैलाशहर देखि खोवाई तकको राष्ट्रीय राजमार्ग नेशनल हाईवे इंफ्रास्ट्रक्चर डेवलपमेंट कारपोरेशन (एनएचआईडीसीएल) द्वारा भारत सरकार जापान सरकारको आर्थिक सहयोग १४९२६ मिलियन जेपीवाई (लगभग ९८२ करोड़ भारतीय रुपया)  को साथ रीजनल…
Read More
इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुग्नुभएको छ । उहाँहरु सोमबार इराक पुग्नुभएको बताइएको छ । उहाँहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नुहुनेछ । उहाँहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ ।इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरुको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उहाँहरु त्यसतर्फ लाग्नुभएको तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।सोमबार यी तीन देशका विदेशमन्त्रीहरुको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरु क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो । सो…
Read More
म्यान्‍मारमा सैनिक ‘कु’पछि ५ सय प्रदर्शनकारी मारिए

म्यान्‍मारमा सैनिक ‘कु’पछि ५ सय प्रदर्शनकारी मारिए

म्यान्‍मारमा सेनाले फेब्रुअरी १ मा ‘कु’ मार्फत शासन हातमा लिएपछि भएको विरोध प्रदर्शनमा ५ सय जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सैनिक ‘कु’ पनि सुरक्षाकर्मीले विरोध प्रदर्शनमा बर्बर दमन गर्दै आएको छ । चैत १४ गते एकै दिन सेनाको गोली लागेर म्यानमारमा कम्तीमा ११४ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । सोमबार पनि १४ जना सर्वसाधारण सेनाको गोली लागेर मारिएका छन् । शनिबार जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले सहरमा सुरक्षाकर्मीले दमन गरेको हो । यसैबीच म्यानमारका नागरिकले सैनिक सरकारविरुद्ध भद्र…
Read More
चीनले खोपको ‘बुस्टर डोज’ बनाउने

चीनले खोपको ‘बुस्टर डोज’ बनाउने

चीनले कोरोना भाइरसविरूद्ध उत्पादित भेरोसेल खोपको प्रभावकारिता करिब ६ महिना भएकाले यसको सुरक्षा क्षमता वृद्धिका लागि अध्ययन गरिरहेको जनाएको छ । आइतबार चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले यस्तो जानकारी दिएका हुन् । ‘चिनियाँ खोपको सुरक्षा प्रभाव ६ महिनाभन्दा बढीसम्म छ,’ उनले भने । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप भेरोसेल सोमबार मात्रै नेपाल आइपुगेको छ । यो खोप सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरेको हो । चीनमा पनि १० करोड डोज खोप प्रयोगमा आइसकेका बेला चिनियाँ अधिकारीले एन्टिबडीको स्तरबाट खोपको प्रभाव लगभग ६ महिनाभन्दाबढी रहेको बताएका हुन् । ‘एन्टिबडी नै स्वास्थ्य सुरक्षाको सूचकांक हुन सक्दैन…
Read More
स्वेजमा धस्सिएको जहाज निकालियो

स्वेजमा धस्सिएको जहाज निकालियो

 इजिप्टको स्वेज नहरमा धस्सिएको जापानी स्वामित्वमा रहेको मालवाहक पानीजहाज ‘एभेर गिभेन’लाई आंशिक रूपमा निकाल्न सफलता प्राप्त भएको छ । चार सय मिटर लामो र २० हजार टन वजनको विशाल जहाज एसियाबाट युरोपका लागि सामान लिएर जाँदै गरेको अवस्थामा अड्किएको थियो । लामो समयसम्मको अथक प्रयासपछि आंशिक रूपमा मुख्य जलमार्गतर्फ तैराउन प्राविधिकहरू सफल भएको स्वेज क्यानल अथोरिटिले जनाएको छ । यद्यपि अझै पूर्ण रूपमा सफल भने नभइसकेकाले उत्सव मनाउने समय नभइसकेको अथोरिटीको भनाइ छ ।बोस्कालिज वेस्टमिनिस्टरका प्रमुख कार्यकारी अधिकृत पिटर वेर्डस्कीका अनुसार पानीजहाजको स्टिम अझै धेरै अड्किएको छ । पछाडिका भाग सजिलै पानीमा तैरिए पनि अघिल्लो भाग भने निकाल्न बढी नै…
Read More