31
Mar
दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताउनुभएको हो ।उहाँले मंगलबार राति गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी गराउनुभएको हो । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ । यसैकारणले मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ । इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि…
