01
Apr
भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ ।ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल राज्यको सत्तारुढ त्रिणमूल कङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुबीच ठाउँठाउँमा झडप भएका छन् ।राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उहाँको दल भारतीय जनता पार्टी र पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ ।बङ्गालको नन्दीग्राम शहरमा खासगरी दुबै पक्षबीच कडा प्रतिस्पर्धा छ, र यहाँको वातावरण पनि निकै तनाबग्रस्त छ । प्रधानमन्त्री मोदीकी कट्टर…
