06
Apr
भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो । आगामी ३० अप्रिलसम्मका लागि कर्फ्यु जारी गरिएको हो । विगत केही सातायता दिल्लीलगायत प्रमुख सहरहरुमा संक्रमण तीव्र बन्दै गएको छ । दिल्लीमा सोमबार मात्र ३ हजार ५४८ संक्रमित थपिएका थिए । र, १५ जनाको संक्रमणका कारण ज्यान गएको छ । शुक्रबार मात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्काल लकडाउन वा कर्फ्यु लगाउने योजना नरहेको बताएका थिए । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । र, संक्रमणको पहिलो लहर यसअघिको भन्दा दुई गुणाले बढिरहेको…
