07
Apr
कोरोनाले थला परेको बेलायत, अमेरिका र अन्य पश्चिमा मुलुकको अर्थतन्त्र आकलन गरिएभन्दा राम्रो हुने आईएमफको पूर्वानुमान छ । आईएमफले गत जनवरीमा महिनामा गरेको बेलायत र विश्व अर्थतन्त्रसम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो । आईएमफको अर्धवार्षिक वर्ल्ड इकोनोमिक आउटलुक(डब्लूईओ) मा कोरोना भाइरसविरुद्धको खोप अभियान, चुनौतीका बीच व्यवसायको निरन्तरता र अमेरिकामा कोरोनाको प्रभावबाट माथि उठ्न जो बाइडेनले छुट्याएको १.४ ट्रिलियन अमेरिकी डलरको प्याकेजका कारण विश्व अर्थतन्त्रममा व्यापक सुधार हुने बताइएको छ । आईएमएफले २०२१ मा विश्व अर्थतन्त्र ६ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि अक्टोबरमा आईएमफले सन् २०२१ मा ५.२ र सन् २०२२ मा ४.२ प्रतिशतले विश्व अर्थतन्त्र वृद्धि…
