07
Apr
भाकपा माओवादीका दण्डकारण्य स्पेसल जोनल कमिटीका प्रवक्ता विकल्पका नाममा सार्वजनिक विज्ञप्तिमा सरकारसँग वार्ताको प्रस्ताव गरिएको छ । माओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिजापुर आक्रमणमा २४ जना सुरक्षाकर्मीको ज्यान गएको छ । २१ जवान घाइते भएका छन् । १ जना प्रहरी जवान हाम्रो हिरासतमा रहेका छन् । यो झडपमा पीएलजीका ४ जना जवानको पनि मृत्यु भएको छ । यस घटनामा हामी सरकारसँग कुरा गर्न तयार छौँ । सरकारले मध्यस्थकर्ताको घोषणा गर्न सक्नेछ । कुराकानीपछि हामीले सुरक्षाकर्मीलाई रिहा गर्नेछौँ ।’ माओवादीले प्रेस विज्ञप्तिमा प्रहरी आफूहरुको शत्रु नभएको र झडपमा मारिएका सुरक्षाकर्मीको परिवारप्रति दु:ख प्रकट गरेको उल्लेख छ । माओवादीले छत्तीसगढको सुकमा र बिजापुर जिल्लामा गृहमन्त्री अमित शाहको योजनामा २ हजारभन्दा बढी…
