North-East

भारतमा कोरोना भाइरस संक्रमण बढ्नु र सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले नेपाल जोखिममा छ ।

भारतमा कोरोना भाइरस संक्रमण बढ्नु र सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले नेपाल जोखिममा छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमितको संख्या हो । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै नेपालले पनि उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । उनले कोरोना संक्रमणको पहिलो लहरका बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएको र विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेसिस्टेन्ट (एन्टिबायोटिक थेग्न सक्ने, एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएको बताउँछन् । डा. सुवेदीले कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिहरूमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा…
Read More
पश्चिम बंगाल समेत चार राज्य र एक केन्द्रशासित प्रदेशका लागि विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ ।

पश्चिम बंगाल समेत चार राज्य र एक केन्द्रशासित प्रदेशका लागि विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ ।

चुनावको मिति घोषणा भएसँगै आचारसंहिता लागू भएको छ । राजनीतिक दल मतदाताहरूलाई लोभ्याउने प्रयास गर्न थालेका छन् । केन्द्रशासित प्रदेश पुडुचेरीमा गरिएको मतसर्वेक्षण्मा भाजपा नेतृत्वको एनडीएले ४६ प्रतिशत मत पाउने देखिएको छ भने कांग्रेस गठबन्धनले ३६ प्रतिशत पाउन सक्छ । सीटको आधारमा हेर्दा एनडीएले १७ देखि २१ अनि कांग्रेस गठबन्धनले ८ देखि १२ सीट पाउन सक्छ 
Read More
भारतको पश्चिम बंगालमा जारी विधानसभाको निर्वाचनका क्रममा भएको चुनावी हिंसा

भारतको पश्चिम बंगालमा जारी विधानसभाको निर्वाचनका क्रममा भएको चुनावी हिंसा

 तृणमूल काँग्रेस र भारतीय जनता पार्टीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ। गोली चल्दा १८ वर्षका आनन्द बर्मनको मृत्यु भएको बताइएको छ। हाल पश्चिम बंगालको पाँच जिल्लामा ४४ सिटको लागि चौथो चरणको निर्वाचन भइरहेको हो। कुचबिहार जिल्लाको शीतलकुची इलाकामा सुरक्षाकर्मीले गोली चलाउँदा अन्य चारको पनि मृत्यु भएको छ। अधिकारीहरुका अनुसार चुनावी सुरक्षाको लागि खटेमा सुरक्षाकर्मीको बन्दुक खोस्ने प्रयास हुँदा गोली चलाइएको हो।
Read More
ब्रिटेनका राजकुमार फिलिपको निधन

ब्रिटेनका राजकुमार फिलिपको निधन

बकिङ्घम दरबारले राजकुमार फिलिप, द ड्यूक अफ एडिनबराको ९९ वर्षको उमेरमा देहान्त भएको घोषणा शुक्रवार गरेपछि विश्वका नेताहरूले ब्रिटिश राजपरिवारप्रति समवेदना प्रकट गरेका छन्। स्वीडनदेखि भारत र न्यूजील्यान्डसम्मका राजाहरू, राष्ट्रप्रमुखहरू, पूर्व र वर्तमान प्रधानमन्त्रीहरूले राजकुमारप्रति सम्मान व्यक्त गरिरहेका छन्। ड्यूक अफ एडिनबरा महारानीका सयौँ विदेश भ्रमणमा साथ रहन्थे। ड्यूकको पूर्व र वर्तमान युरोपेली शाही परिवारसँग रगतको नाता थियो र ती परिवारका कैयौँ सदस्यहरूले समवेदना प्रकट गरिरहेका छन्।
Read More
ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ

ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ

ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको…
Read More
भारतमा नयाँ कोरोना भाइरस सङ्क्रमण पहिलाको भन्दा बढी हानिकारक रहेको चिकित्सकहरूले बताइएका छन्

भारतमा नयाँ कोरोना भाइरस सङ्क्रमण पहिलाको भन्दा बढी हानिकारक रहेको चिकित्सकहरूले बताइएका छन्

चिकित्सकका अनुसार पछिल्लो केही दिनदेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्याबाट सो कुुरा पुष्टि हुने बताउँछन् ।तर, चिकित्सकले यसको पछाडि अन्य धेरै कारणह पनि देखाएका छन् । भारतस्थित लोकनायक अस्पतालका एमडी डा. सुरेशकुमारका अनुसार यस पटक कोरोनाबाट सङ्क्रमित हुनेमा अधिकतम् युवा, बच्चा र गर्भवती महिला छन् ।डा. सुरेशले नयाँ कोरोना भाइरत पहिलाभन्दा धेरै छिटो फैलिरहेको बताए । गत हप्ता २० जना सङ्क्रमित अस्पतात भर्ना भएको मा अहिले यो सङ्ख्या १७० पुगेको छ भने अस्पतालमा श्ययाको सङ्ख्याको माग बढ्दै गएको छ ।आजतकसँग कुरा गर्दै लोकनायक अस्पतालका एमडी डा. सुरेशले पहिला कोरोना सङ्क्रमित भएका व्यक्तिभन्दा धेरैजसो वृद्धवृद्धा थिए । तर, नयाँ कोरोना भाइरसबाट सङ्क्रमित…
Read More
बालीलाई अत्यधिक चिसोबाट जोगाउन फ्रान्सका कृषकद्वारा मैनबत्ती प्रयोग

बालीलाई अत्यधिक चिसोबाट जोगाउन फ्रान्सका कृषकद्वारा मैनबत्ती प्रयोग

फ्रान्सका कृषकहरुले आफ्नो बालीलाई अत्यधिक ठण्डीबाट बचाउन मैनबत्ती, धुनी र हेलिकप्टरको प्रयोग गरेका छन् । गत हप्ता २५ डिग्रीसम्म तापक्रम पुगेको फ्रान्समा आइतबारदेखि केहि क्षेत्रमा शून्यबाटपनि पाँच डिग्रीसम्म तापक्रम झरेपछि फलफूल र तरकारीलाई व्यापक क्षति पुगेको छ । एक्कासी हिउँ र बरफ परेर तापक्रम तल झरेपछि अंगुर खेती, बगैंचा र अन्य बालीनाली जोगाउन हेलिकप्टर र मैनबत्ती प्रयोग गरेका हुन् । फ्रान्सले अचानक अत्यधिक ठण्डीको सामाना गर्नुपरेपछि किसानहरूलाई आफ्नो बाली बर्बाद हुनबाट जोगाउन र घातक शीतमा सहज विकल्पहरू दिन दबाब परेको हो । ढिलोगरि आएको तुसारोले अंगुरबारी, बगैंचा र अन्य सागसब्जीलाई हानी पुर्‍याउने खतरा बढेपछि किसानहरुले तापक्रम अचानक झर्ने समस्याको समाधान गर्न विभिन्न प्रकारको…
Read More
सेरम इन्स्टिच्युटलाई खोप उत्पादनमा रकम अभाव : सीईओ पूनावाला

सेरम इन्स्टिच्युटलाई खोप उत्पादनमा रकम अभाव : सीईओ पूनावाला

भारतमा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) आदर पूनावालाले भारत सरका समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन् । खोप उत्पादनमा सेरम इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो । भारतले भारतमै कोभिड-१९ का बिरामीको संख्या ह्वात्तै बढेपछि गत महिना एस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो । प्रमुख कार्यकारी पूनावालाले भारतीय सञ्‍चारमाध्यम एनडीटीभीलाई दिएको अन्तर्वार्तामा सेरमका खोपको माग विश्वभर रहेको तर अहिले भारतमै आपूर्ति गर्नु परेको बताए । सीईओ पूनावालाले कम्पनीलाई आफ्नो क्षमता बढाउन ४० करोड ८० लाख अमेरिकी डलर थप…
Read More
भारतीय कम्युनिस्ट पार्टी माओवादीले आफ्नो कब्जामा रहेका सुरक्षाकर्मीको रिहाइका लागि सरकारसँग वार्ताको प्रस्ताव गरेको छ

भारतीय कम्युनिस्ट पार्टी माओवादीले आफ्नो कब्जामा रहेका सुरक्षाकर्मीको रिहाइका लागि सरकारसँग वार्ताको प्रस्ताव गरेको छ

भाकपा माओवादीका दण्डकारण्य स्पेसल जोनल कमिटीका प्रवक्ता विकल्पका नाममा सार्वजनिक विज्ञप्तिमा सरकारसँग वार्ताको प्रस्ताव गरिएको छ । माओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिजापुर आक्रमणमा २४ जना सुरक्षाकर्मीको ज्यान गएको छ । २१ जवान घाइते भएका छन् । १ जना प्रहरी जवान हाम्रो हिरासतमा रहेका छन् । यो झडपमा पीएलजीका ४ जना जवानको पनि मृत्यु भएको छ । यस घटनामा हामी सरकारसँग कुरा गर्न तयार छौँ । सरकारले मध्यस्थकर्ताको घोषणा गर्न सक्नेछ । कुराकानीपछि हामीले सुरक्षाकर्मीलाई रिहा गर्नेछौँ ।’ माओवादीले प्रेस विज्ञप्तिमा प्रहरी आफूहरुको शत्रु नभएको र झडपमा मारिएका सुरक्षाकर्मीको परिवारप्रति दु:ख प्रकट गरेको उल्लेख छ । माओवादीले छत्तीसगढको सुकमा र बिजापुर जिल्लामा गृहमन्त्री अमित शाहको योजनामा २ हजारभन्दा बढी…
Read More
कोरोना महामारीका बाबजुद विश्व अर्थतन्त्रमा व्यापक सुधार आउने आईएमफ ले पूर्वानुमान गरेको छ

कोरोना महामारीका बाबजुद विश्व अर्थतन्त्रमा व्यापक सुधार आउने आईएमफ ले पूर्वानुमान गरेको छ

कोरोनाले थला परेको बेलायत, अमेरिका र अन्य पश्चिमा मुलुकको अर्थतन्त्र आकलन गरिएभन्दा राम्रो हुने आईएमफको पूर्वानुमान छ । आईएमफले गत जनवरीमा महिनामा गरेको बेलायत र विश्व अर्थतन्त्रसम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो । आईएमफको अर्धवार्षिक वर्ल्ड इकोनोमिक आउटलुक(डब्लूईओ) मा कोरोना भाइरसविरुद्धको खोप अभियान, चुनौतीका बीच व्यवसायको निरन्तरता र अमेरिकामा कोरोनाको प्रभावबाट माथि उठ्न जो बाइडेनले छुट्याएको १.४ ट्रिलियन अमेरिकी डलरको प्याकेजका कारण विश्व अर्थतन्त्रममा व्यापक सुधार हुने बताइएको छ । आईएमएफले २०२१ मा विश्व अर्थतन्त्र ६ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि अक्टोबरमा आईएमफले सन् २०२१ मा ५.२ र सन् २०२२ मा ४.२ प्रतिशतले विश्व अर्थतन्त्र वृद्धि…
Read More